कुवेतमा नेपाली कामदार र नेपाल सरकारको दायित्व


बिक्रम थापा, कुवेत   

झण्डै ३ दशकदेखी नेपाली कामदारले आफ्नो कार्यथलो बनाएको कुवेतमा कुनै यकिन तथ्याङ्क  नभए पनि लगभग ४० हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिएको छ । अझै पनि नेपालको राजनैतिक अस्थिरता र खिचातानीले गर्दा बिदेशिने नेपालीहरुको संख्या भनें उकालो लाग्ने नै स्थितिमा छ । राम्रो कमाइको लागि खाडी राष्टहरु अग्र सूचिमा नरहे पनि सानो तर बिशाल पेट्रोलको खानीयुक्त कुवेतमा अहिलेको स्थितीसम्म आइपुग्दा भने नेपाली कामदारहरुको रोजगरीको सुनिश्चितता र आय केही सन्तोषजनक स्थितिमा नै रहेको आभाष हुन्छ ।

 कुनै समयमा नेपालीलाई सेक्युरिटी गार्ड र घरेलु कामदार मात्र भएको देश भनेर परिचय बनाएको नेपालीहरुले अहिलेको अवस्थामा भनें नेपाली समाजको केही नगन्य कामदारहरुले ठुला कम्पनिहरुमा आफ्नो प्रभुत्व जमाएर क्रमिक रुपमा नेपाललाई एउटा प्रचुर सम्भावना बोकेका र सिपमुलक कार्यदक्षता भएको राष्ट्रको रुपमा नेपाललाई चिनाउने प्रयास गरिरहेका छन । यो कार्यलाई अझ छिटो भन्दा छिटो सम्बन्धित ठाँउसम्म पुर्याउन भर्खरै मात्र स्थापना भएको नेपाली राजदूतावास कुवेतले दिएको बिशेष चासोले भने पक्कै पनि अधिकांश नेपाली कामदारलाई थप उर्जा दिने काम गरिरहेको छ भन्दा अत्युक्ती नहोला ।

कुवेतमा नेपाली कामदारको स्थिति: 
 भिसा नं. २० (खदामा/घरेलु कामदार) सहि तथ्याङ्क किटानीका साथ उल्लेख गर्न नसकिए पनि कुवेतमा झण्डै ४० हजारको हाराहारीमा रहेका नेपालीहरुको बाहुल्यता भनें कुवेतीको घरमा घरेलु कामदारको रुपमा कार्यरत महिलाहरुले लिएका छन । निकै लामो समयदेखी नेपाल सरकारले कुवेतमा नेपाली महिलालाई रोजगारीको लागि प्रतिबन्ध लगाए पनि भारतको बिभिन्न बिमानस्थल हुँदै कुवेत आइपुगेकाको संख्या भनें दिनानुदिन बढ्दो छ । स्मरण रहोस सन् १९९८ मा कानी शेर्पाले कुवेतमा आत्महत्या गरे पछी तत्कालिन श्री ५ को सरकारले आश्वासित गरेको खाडी राष्ट्रमा रहेका र जाने महिलाहरु सम्बन्धी श्रम बिधेयक भनें १२ वर्ष पुरा हुँदा सम्म कुन कुनामा च्यापिएर बसेको छ ? कुनै सम्बन्धीत सरकारी निकाय सँग समेत यसको ठोस उत्तर छैन ।

भिसा नं. १८ (वर्क परमिट भिसा)
कम्पनीको स्पोंसरशिपमा काम गर्ने अधिकांश कामदारको कामको प्रकृतिहरुमा क्लिनर, सेक्युरिटी गार्ड, वयर हाउस, होटल, ड्राईभर, सपिङ्ग कम्प्लेक्स, ब्युटी पार्लर आदी पर्दछन । मासिक आम्दानीको सालाखाला हिसाब गर्ने हो भनें अझै पनि नेपालीहरुको बाहुल्यता रहेको राष्ट्रहरु मलेसिया, कतार, साउदी अरब आदी मुलुक भन्दा कुवेतको कमाईलाई सन्तोषजनक रुपले नै हेर्नुपर्दछ ।
 
नेपाली कामदारका प्रमुख समस्याहरु:
आफ्नो आर्थिक स्थितिलाई केही सवल पार्ने र परिवारलाई समेत खुशी र सुखी राख्ने मनशायले बिदेशिएका अन्य नेपाली सरह कुवेतमा रहेका नेपालीहरुको उदेश्य पनि भिन्न किसिमको पक्कै नहुन सक्छ । तर पनि रोजगार दाताले सम्झौता पत्रमा तोके बमोजिमको शर्तनामा पालना नगरी दिनाले र अन्य बिबिध कारणले गर्दा पनि कुवेतमा अझै ७५% भन्दा बढी नेपाली कुनै न कुनै समस्याको भुमरिमा रुमल्लीई रहेका छन । बिशेषगरी कुवेतीको घरमा खादामाको रुपमा कार्यरत अधिकांश नेपाली महिलाहरुको समस्या भनेको नै तद्कारो रुपमा देखिएको छ । तोकिएको समयमा तलब नपाउनु, भाषाको कठिनाइले गर्दा कुवेतीको कटु बचन सुन्न, सहन वाध्य हुनु र कहिले काँही त हातपात समेत कुवेती मालिक मालिक्नीबाट भईरहेको उदाहरण प्रशस्त मात्रमा भेटिन्छन ।

यिनै यावत समस्याका कारण शारीरिक र मानसिक पिडा सहन नसकी आफु काम गर्ने घरबाट रातारात भागेर सडकमै रात बिताउन वाध्य साथै लुकिछिपी इण्डियन, फिलिपिनीको घरमा खाना बनाउने, बच्चा हेर्ने, कपडा धुने जस्ता काम गर्ने वाध्य भएको पाईन्छ । कतिपय अवस्थामा त घरबाट भागेका वा भगाईएका नेपाली महिला कामदारहरुलाई बिभिन्न अन्य मुलुकका नागरिकबाट राम्रो काम लगाइदिने प्रलोभन देखाइ यौन शोषण गर्ने र जबर्जस्ती देहब्यापार सम्म गर्न लगाइएका थुप्रै उदाहरणहरु अझै पनि भेटिन्छन् । कतिपय अवस्थामा यसरी काम गर्ने घरबाट भागेर वर्षौसम्म लुकिछिपी जीवन गुजारा गरिरहेका कामदारहरु कुवेत सरकारको नियमावली बमोजिम अवैध (इलिगल) ठहरिन्छन् । सहि अर्थमा भन्ने हो भनें बिगत ५/६ महिना पहिला स्थापना भएको नेपाली राजदूतावास कुवेतको प्रमुख चासो र कार्यक्षेत्र भन्नु नै यसरी इलिगल रहेका नेपालीहरुको संख्या पहिचान गरी तिनका यावत समस्याहरुको निराकरण गर्नु नै रहेको छ । र यसको लागि नेपाली समाज कुवेतमा नाम चलेका ४/५ वटा सँघ-संस्थाले खेलेको भूमिकाको पनि प्रशंसा नगरि रहन सकिंदैन । समग्रमा भन्नु पर्दा नेपाली राजदूतावासले कुवेतको प्रमुख प्राथमिकता भित्र रहेको घरेलु महिला कामदारको समस्या प्रति पुनारावलोकनको रफ्तार हेर्दा अबको २/३ वर्ष भित्रमा लगभग यि समस्याहरुको निराकरण हुने कुरामा आशावादी हुन सकिन्छ ।

समस्या समाधानका उपायहरु (नेपाल सरकारको दायित्व):
भनिन्छ रोग लाग्नु भन्दा अगावै रोगबाट बच्ने उपाय अपनाउनु नै राम्रो । कुवेतमा क्रमिक रुपमा घटेका एकपछी अर्को घटनाहरुको बिश्लेषण नेपाल सरकारले पटक-पटक गरेता पनि त्यसको सही कार्यान्वयन सम्बन्धित निकायबाट पालना नहुँदा यो एउटा समस्यालाई निराकरण तर्फ लैजानु भन्दा पनि आलटाल गर्ने खेल मात्र भईरहेको छ । दिन प्रतिदिन नेपाली महिलाहरु कुवेत भित्रिई रहेको स्थिती हेर्ने हो भनें नेपाल सरकारले महिला कामदारहरुलाई कुवेतको लागि लगाएको प्रतिबन्ध केबल एउटा कागजमा पुरा गरेको औपचारिकता जस्तो मात्र देखिन्छ । ९५% भन्दा बढी घरेलु महिला कामदारहरु भारतका बिभिन्न बिमानस्थल हुँदै कुवेत आउने गर्दछन । हुन त यो स्थितिको ’boutमा नेपाल सरकारलाई कुनै जानकारी नभएको भनें पक्कै होइन । तर बारम्बार परिवर्तन भईरहने सरकार र सत्ता प्राप्तिका लागि सधैं लडिरहने हाम्रो अग्रज निती निर्माता राजनीतिक पार्टीहरुले यो समस्यालाई हेर्ने फुर्सद अहिले सम्म पाउन सकेका छैनन् । 

अत: आफुले कार्यान्वयन गरेको नीति माथी स्पष्ट अवलोकन त त्यसको रेखदेख गर्न नसक्ने सरकारले कमसेकम वास्तविक यथार्थको धरातलमा उभिएर बरु अझ यसलाई समयसाक्षेप परिवर्तित गरी खाडी राष्ट्र बिशेष गरी कुवेत आउने कामदार प्रति स्पष्ट नियम साथै त्यसको क्रमिक रुपमा सुधार गरी बैदेशिक रोजगारीको लागि आउने कामदारको पेशालाई थप मर्यादित र उनिहरुको रोजगारको सुनिश्चित टेवा पुर्याउने खालको सिपमुलक आधारभूत तालिम र त्यसको सम्भाब्यता माथि छिटो भन्दा छिटो पहल गरि यो पेशालाई ब्यबस्थित बनाउने तर्फ कहिले हाम्रा नयाँ नेपालका नेताहरुको ध्यानाकर्षण हुने हो ? यो नै सबै जानी-नजानी बिदेशमा आएका नेपालीहरुको एउटै सवाल नेपाल सरकार प्रति रहि रहने छ ।
 
सम्पादक (०१ सेप्टेम्बर २०१०)

Advertisements

8 responses to “कुवेतमा नेपाली कामदार र नेपाल सरकारको दायित्व

  1. this is great..i like..yo kuwaitma vayeko main problem haru nai yestai hun…hope chha nepali workers ko ajha ramro sthiti hos……..ajha ramro ta khadama visa aaunele lai ta 100kd salary ko agreement garanu parne pahal garnu parchha embassyle…

  2. Wyo great pleasure to read this news for me and I will add thanks for Kuwait Nepal com.

  3. Firstly, I would like thanks to all Kuwaitnepal .com Teams.
    I want to say that We have capacity to eradication all . But we are looking only people who have to help us. And we are sham to call NEPALESE Why ? All are reason, Our Government & people [ Who is looking ]

  4. in whichever cuntrys……..nepalease peoples…….they din’t get pried of hard works why ?why only nepalease peoples are suffering?why does peoples has helpless ???because of govermant loose.there is no s olution without goodgoverment…….anyways we hope and pray of god as soon as it will be as a before beautyfull and freedom nepal.and we requiest to nepalease embassytoo. please you should take nassasary action about…thanks

  5. हम्ब्रो कुवैत बासि नेपाली को लागि नियम हरु लागु गरेको चाही बिल्कुल ठिक छैन ,स्पोन्सर चेन्ज गर्दा कुन राष्ट्र मुलुक ले यस्तो कानुन बनको छ, माथि सबै उल्लेखित गरे को छ हम्ब्रो राजदुत बास किन कानमा रुइ हलेरो चुप बसेको छ, के ४० हजार नेपाली को जिम्वर लिएर रोजगारी स्केल बिब्यस्था हरेक सुबिधा हरु दिलैनु पर्ने मा…. भएर नबस्नु बेइजती नहोनु अनुरोध छ ………..?

  6. सर्ब प्रथम त धन्यवाद नेपाली यम्ब्बसीलाई ४० हजार नेपाली काम्दार भएको यो सानो कुवेटमा मात्र सिक्युरिटी गार्ड,किलिनर,वेटर,लेबर,हाउसमेड र ड्राइभर मात्र काम्दार देखिन्छ। यदी सकिन्छ भने नेपाली यम्ब्बसीले नर्स,डक्टर र ईन्जिनियरहरुको पनि कोटा मागेमा हाम्रो देशकोपनी सोभा बद्थ्यो कि?

  7. patrakar ani editor vayko dherai pa6i tapaiko news padhna paiyo badhai6 thapa sirlai for good article

  8. Bibek Khanal (???)

    Thank you for your comment, ani aajkal Agility ko halkhabar ke cha ne. Ajhai pani net banda bhayako chaina !!!
    Talk to you in phone later.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.