Daily Archives: 01/09/2010

रेखाले हराइन् हीराको औँठी


 हिफाजत बनाउँदा मोतीको औँठी हराएकी रेखाले अहिले हीराको औँठी हराउनुलाई कसले चोर्‍यो मेरो मन पनि हिट हुने पूर्वसंकेत ठानेकी छिन् 
काठमाडौं/ नायिका रेखा थापाले हीराको औँठी हराएकी छिन् । उनले आफ्नो देब्रे हातको साइँली औँलामा लगाउने गरेको हीराको औँठी सोमबार दिउँसो खुसी फिल्मको सुटिङका क्रममा सुन्दरीजलमा बगेको हो । तीन महिनाअघि ४५ हजार रुपैयाँमा किनेको सो औँठी बगेपछि आफू निराश भएको उनले बताइन् । ‘सट दिइरहेकी थिएँ । कसोकसो गर्दा आँैठी फुत्किएर बगिहाल्यो,’ उनले भनिन्, ‘बर्खामासको नदीमा औँठी कता बग्यो, देखिँदै देखिएन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

अब एक लाख मै टेस्टट्युब बेबी!


दीपक दाहाल, काठमाडौ, भदौ १६- टेस्ट्युबमा भ्रुणको विकासगरी महिलाको पाठेघरमा राखेर बच्चा जन्माउने प्रविधि (आइभिएफ) अब सरकारी अस्पतालमा समेत सुरू हुनेभएको छ। निजी क्षेत्रमा टेस्ट्युब प्रविधिबाट बच्चा जन्माउन सुरू गरिएको ६ वर्षपछि परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यस्तो सेवा सुरु गर्न लागिएको हो। अस्पतालको ५१ औँ वार्षिक उत्सवको अवसर पारेर आज सो सेवा’bout घोषणा गरिँदैछ। पढ्नेक्रम जारी राख्नुहोस्

‘अहिले जनताको सेवामा लागेका छौं’ – हिमानी


नागरिकन्युजकर्मी रमेश खतिवडाले पूर्व युवराज्ञी हिमानी शाह दोलखा गएदेखि उनको गतिविधि नियाले। उनले त्यहीँ शाहसँग छोटो कुराकानी समेत गरे। प्रस्तुत छ कुराकानीको अंश: पढ्नेक्रम जारी राख्नुहोस्

रञ्जु र सुशीला छानिए


चीनको गोन्जाउमा हुने १६ औ. एसियाडका लागि सुटिङतर्फ मंगलबार छनोट भएपछि तस्बिर खिचाउँदै अस्मित राई(बायाँ) र चानिस राई (दायाँ) । तस्विरः सुन्दर श्रेष्ठकाठमाडौ, भाद्र १६ – एघारौं दक्षिण एसियाली खेलमा उसुतर्फको कास्य विजेता राधादेवी राईको १६ औं एसियाडमा सहभागिता जनाउने सपना पूरा नहुने भएको छ । चीनको गोन्जाउमा हुने १६ औं एसियाली खेलका लागि भएको जुडोको अन्तिम छनोटमा नेपाल प्रहरीकी राधालाई आफ्नै संस्थाकी सुशीला अधिकारीले पराजित गरेकी हुन् । महिला ५२ केजीमुनिका लागि स्पर्धा गर्दै गरेकी राधाले श्रीलंकामा भएको १० औं सागमा पनि पदक जितेकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

विचित्र विश्व


गुजुल्टे कपालको शान

अमेरिकी फुटबल स्टार ट्रोय पोलामालुको जगल्टे कपालको दस लाख अमेरिकी डलरमा बिमा गरिएको छ । हेड एन्ड सोल्डर्स स्याम्पु उत्पादन गर्ने कम्पनी प्रोक्टर एन्ड ग्याम्बलले उनका गुजुल्टा परेका केश राशिलाई एन्टिड्यान्ड्रफ ब्रान्डका रूपमा प्रयोग गर्न उक्त धनराशिबराबरको बिमा पोलिसी किनेको हो । कम्पनीले सोमबार जारी गरेको प्रेस-विज्ञप्तिका अनुसार यसले लोयडस् अफ लन्डन पोलिसी नामक बिमा कम्पनीको पोलिसी किनेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

चक्रव्युहबाट देशलाई मुक्त गर्न २० गतेभित्र ठोस निर्णय


prachanda int१६ भाद्र, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चक्रव्युहबाट देशलाई मुक्त गर्न २० गतेसम्म माओवादीले ठोस निर्णय गर्ने बताउनु भएको छ । संसदीय मामिला पत्रकार समाजसँग आफ्नै निवास नयाँबजारमा बुधबार विहान भएको भेटमा प्रचण्डले २० गतेभित्र माओवादीले ठोस निर्णय लिएर गतिरोध अन्त्यको प्रयास गर्ने बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्