– राजु गुरुङ
एक दिन, शहरका एक धनी मान्छेले आफ्नो छोरालाई गाउघर तिरका मान्छे कस्ता हुन्छन, उनीहरुको रहन-सहन र दिन चर्याहरु कस्तो हुन्छ भनेर देखाउन, बुझाउन भनेर गाउतिर लिएर गएछ र उनिहरुले २ दिन २ रात एउटा गरीब किसानको घरमा बिताए छन । उनिहरु फर्किने क्रममा बुवाले छोरालाई सोधेछन, छोरा कस्तो लाग्यो त गाउघर? अनी तिम्रो यात्रा कस्तो भयो त?
छोरा: “एकदमै राम्रो बुवा।” बुबा: “तिमीले देख्यौ गरीब मान्छेहरु कसरी बस्दो रहेछन?” छोरा: “अ बुवा”। “तेसो भए तिमीले यो यात्रा बाट के सिकेउ त”? बुवाले छोरालाई भन्यो, छोरा: “मैले देखे हामीसँग २ वटा कुकुर छ तर उनिहरु सँग ४ वटा थियो”। हामी सँग भएको पुल बगैचाको बिचसम्म मात्र जान्छ तर उनिहरुसँग भएको पुलको अन्तको कुन सिमानै थिएन। हामीसँग कृतिम चिजहरु छन भने उनिहरुसँग रातमा तारा देखिने ठाउँ छ। हामीसँग बस्नको लागि सानो जमिन को टुक्रा छ भने उनिहरुसँग आँखाले नभ्याउने खेत छ। हामी खाना किनेर खान्छौ भने उनिहरु खाना उब्जाएर अरुलाई खुवाउछन। हामीले आफुलाई बाचाउन दिवाल लगाएकोछौ भने उनिहरुलाई प्रकृतिले सुरक्षा गरेको छ। यतिकैमा बुवा शब्द बिहिन भयो…….। फेरी छोराले अरु थप्यो, “धन्यवाद बुवा हामी कती गरीब छौ भनेर मलाई देखाइदिएकोमा।“
Posted by: Raju Gurung