Daily Archives: 30/08/2010

सभासद्हरुको दानापानी बन्द गर्दिम् न!


– ब्यास, अमेरिकाबाट –

प्रधानमंत्री चुनाव पाँचौ पटक असफल । प्रचण्ड र पौडेल फेरि पराजित । यी हुन मिडियाका खबर । दुई ठाउँबाट चुनाव जितेका प्रचण्डलाई पटके हरुवा भन्न भ्याए मिडियाले । भूतपर्व भैसकेका राजा र युवराजले जनताले चाहेमा राजतंत्र फेरि ब्युतने टिप्पणी गर्न पाए यसै मौकामा । छिमेकका भैयाले सहमतिका लागि भन्दै आफ्ना विशेष दूत पठाउन पनि भ्याए । अमेरिका, चीन, बेलायतले पनि सहमतिको सरकार नेपाललाई आवश्यक भएको उपदेश दिन भ्याए । यसै दौरान, ओलि र खनालको राम्रै दोहरी चल्यो एमालेमा । बाबुराम र प्रचण्डको ठाक ठूक पनि बजारमा सुनिन थाल्यो । यी खबरहरु हामीलाई कुनै नौलो भएन अब । कुरा अब के भने के यो चुनाव काठमाडौंको फोहर वागमतिमा बगे झै अविरल बगिरहन्छ त ? के सभासद्हरुले तलब भत्ता सुविधा यत्तिकै विना सित्ति खाईरहन्छन् त ? के माधव नेपालले सत्ता सित्तै चपाई राख्छन् त ? पढ्नेक्रम जारी राख्नुहोस्

६० वर्षे वृद्धलाई १० वर्ष कैद


बारा, भाद्र १४ -जिल्ला अदालतले बाराको बबुआईन ८ लक्ष्मणवा टोल निवासी ६० वर्षिय एक वृद्धलाई ज्यान मार्ने उद्योग मुद्धामा १० वर्षको कैद सँजाय तोकेको छ । बारा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलाशले स्थानिय वृद्ध वासुदेव यादवलाई उक्त कैद सजाय तोकेको हो । यादव समेतले स्थानिय मोसाफिरप्रसाद यादवकी डेढ वर्षिया छोरी प्रतिमा कुमारीलाई २०६६ पुस १९ गते टाउकोमा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले उनलाई १० वर्ष कैद सजाय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाँचेर नागरिकको सेवा गर्न चाहान्छु, मलाई बचाउनुहोस् -भक्ति गुरुङ


पुरु जोशी, कोरिया

मृगौला रोगी पीडित भक्ति गुरुङको सहयोगार्थ कोरियाबाट पनि पहल गरिने । “बाँचेर नागरिकको सेवा गर्न चाहान्छु मलाई बचाउनुस्” यो भनाइ मृगौला रोगले ग्रसित महिला भक्ति गुरुङको हो ।

बिगत ६ बर्षदेखि नागरिकको स्वास्थ्य सेवामा सेवारत पोखरा ८ बगालेटोल निवासी २९ बर्षीया नर्स भक्ति गुरुङ नर्स मात्र नभई गत भाद्रदेखि पतञ्जली योग समिति कास्कीकी योग प्रशिक्षक पनि हुनुहुन्छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली मिडियाको आपत्तिप्रति ‘भारतीय दूतावास आश्चर्यचकित’


image

नयाँ पत्रिका, काठमाडौं, १३ भदौ । कूटनीतिक मर्यादा नाघेर नेपाली मिडियामाथि आक्षेप लगाउने भारतीय दूतावासले तीन दिनमा दोस्रो विज्ञप्ति निकालेको छ । पूरक विज्ञप्तिमा दूतावासले सफाइ दिन खोजे पनि गोलमटोल रूपमा नेपाली मिडियामाथिको आक्षेप फिर्ता लिएको छैन ।   पढ्नेक्रम जारी राख्नुहोस्

नायिका सञ्चिताको घरमा चोरी


काठमाण्डौ, भाद्र १३, नायिका सञ्चिता लुईटेलको घरमा चोरी भएको छ ।  बिहान साढे ११ बजेदेखि २:३० बजेको समयमा ट्याक्सीमा आएका लुटेराहरूको एक समूहले घरको माथिल्लो तलामा पसी १६ तोला सुन र २० हजार नगद चोरी गरेको महानगरीय प्रहरी प्रभाग गौशालाले फिल्मीखबरलाई जानकारी दियो ।

पुरानो बानेश्वरको बत्तिसपुतलीस्थित बिजय चोकमा रहेको नायिकाको घरमा उनकी आमा र बहिनी बस्दै आएका छन् भने नायिका सञ्चिता नायक निखिल उप्रेतीसँग मुम्बईमा बस्दै आएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

१८ नं. भिसा अन्तर्गतका कामदारहरुको लागि नेपाली राजदूतावास कुवेतको जरुरी सूचना


Posted by: Jay Ale