Daily Archives: 29/08/2010

राष्ट्रपतिद्वारा चाँडो सहमति गर्न नेताहरुलाई आग्रह


दुई महिनासम्म नयाँ प्रधानमन्त्री चुन्न नसकेपछि राष्ट्रपति रामवरण यादवद्वारा शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरुसंग सामूहिक भेट गरेका थिए।

नयाँ सरकार गठनमा ढिलाई भएकोमा देश र जनताले दुख पाएको चिन्ता उनले राखेको उनका सल्लाहकारले बताएका छन्। “निकास चाँडो निकाल्नुपर्छ। देश र जनताले दुख पाउनु हुँदैन भन्ने राष्ट्रपतिको भनाई थियो,” राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

गौतमबुद्ध विमानस्थल खतराको सूचीमा


नागरिक उड्डयन प्राधिकरणको लापरबाहीका कारण भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा दुर्घटनाको सम्भावना अत्यधिक बढेको छ । विमानस्थलको धावनमार्गका दायाँ–बायाँ, एप्रोन र ट्याक्सी–वे ’round बढिरहेको खर र अन्य बोटबिरुवाका बुट्यान बढ्दै जाँदा दुर्घटनाको खतरा बढेको हो । विमानस्थलभित्र बढिरहेका खरलगायत अन्य बुट्यानहरूमा नीलगाई, बनेल, स्याललगायतका वन्यजन्तु लुकेर बस्ने र  हवाईजहाज उडान र अवतरण गर्ने समयमा अचानक धावनमार्गमा आउने गरेकाले जुनसुकै बेला पनि दुर्घटना निम्तिन सक्ने यात्रुहरू बताउँछन् ।
विमानस्थल प्रशासनले खर र बुटाहरू नहटाउँदा विमानचालकहरूले जोखिम मोलेर जहाज उडाउने र अवतरण गर्ने गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

२०६७ सालको साढेचार महिनामा नेपालको राजनीति र नेपाली समाज कुबेत


नबराज पन्थी “पिडित”   

२०६७ सालको महिनाहरु बित्ने क्रम भर्खर साँढे ४महिना पुग नपुग भएकोछ । यति छोटो समयमा नेपालको राजनीति मात्र होईन कुबेतमा कार्यरत नेपाली संघसस्थाको गतिबिधी आन्तरिक बिबाद चरम बिन्दुमा पुगेकोछ । नेपालमा नयाँ संबिधान जारिहोस शान्ति सुरक्ष। कायम होस भनि नयाँ साल २०६७को सुरुवात संगै पौने ३ करोण नेपालीहरु गाउका कुनाकप्चा, झुपडी,  मजदुर, कीसान, पेशाकर्मी, बुद्दिजिबि, ब्यबसायी ,कर्मचारी, पत्रकार, समाजसेबी. राजनितिक कार्यकता देखि  राजधानी हुँदै देश बिदेशमा रहेका नेपालीहरुले शुभकामना प्रकट गरे  भने कुबेतमा भर्खरै दुताबास खोली काम शुरुवात हुँदा नेपालीहरुको समश्या समाधान पीडितहरुको उद्दार नेपालीहरुको हकहितको लागि दुताबासलाई शुभकामना यहाँका ४० हजार नेपाली संघ सस्था बुद्दिजिबी समाजसेबी पेशाकर्मी पत्रकार सबैले ब्यक्त  गरे । पढ्नेक्रम जारी राख्नुहोस्

दक्षिण कोरियाका लागि भाषा परीक्षामा सामेल हुन नपाएपछि परीक्षार्थीहरु आक्रोशित


दक्षिण कोरियामा वैदेशिक रोजगारीका क्रममा परिक्षाका लागि आएका दुइ सयभन्दा बढी परिर्क्षीर्थीहरु परिक्षा दिनबाट बन्चित भएका छन् ।  परिक्षार्थीले आफुहरुले तोकिएको समयसिमा भित्र आइपुग्दा पनि भाषा परिक्षा दिनबाट बञ्चित गरेको गुनासो गरेका छन् ।

उनिहरुले भाषा परिक्षाको लागि पन्ध्रहजार रुपयाँ सम्मको खर्च गरिसकेकोले परिक्षा दिने बातावरण निर्माण गर्न सरोकारवाला संग माग गरेका छन् । 

पढ्नेक्रम जारी राख्नुहोस्

पाकिस्तानमा बाढीबाट बिस्थापित करिब सत्तरी हजार बालबालिकाको प्रदुषित पानीबाट हुने रोगका कारण मृत्यु हुनसक्ने राष्ट्रसंघको चेतावनी


संयुक्त राष्ट्रसंघले पाकिस्तानमा आएको शताब्दीकै भीषण बाढीबाट  विस्थापित करिव सत्तरी हजार बालबालिका प्रदुषित पानीका कारण लाग्ने रोगबाट मृत्यु हुन सक्ने चेतावनी दिएको छ । पाकिस्तानमा एक महिनादेखिको बाढीका कारण हालसम्म एक करोड सत्तरी लाख मानिस प्रभावित भएका छन् ।

बाढीबाट प्रभावित असी लाख मानिसलाई खाद्य र वासस्थान जस्ता आकस्मिक सहयोग आवश्यक रहेको राष्ट्रसंघले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कठघरामा इन्टरनेटका महारथी


internetएजेन्सी, माइक्रोसफ्टका सहसंस्थापक पांलजी ऐलैनले पेटेन्ट कानुनको उल्लंघनको दावी गर्दै इन्टरनेट दुनियाँका कयौ ठुला कम्पनी जस्तो कि गुगल, एप्पल र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् । ऐलैनका अनुसार यी कम्पनीहरु आफ्नो नाफाका लागि जुन तरिका अपनाइरहेका छन् त्यसमा ऐलैनको एकाधिकार छ ।

सन् १९९० मा ऐलैनले इन्टरनेट र सूचना प्रविधिको क्षेत्रमा अनुसन्धानका लागि लिएको एक ‘इन्टरभल रिसर्च’ नामक एउटा प्रयोगशाला बनाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्