Daily Archives: 27/08/2010

‘सावधानी नअपनाए खाता रित्तो हुन्छ’


प्रकाश शाह
एटीएम (अटोमेटिक टेलर मेसिन) लाई चाहेको समयमा पैसा झिक्न मिल्ने भएकाले कतिपयले ‘एनिटाइम मनी’ पनि भन्ने गरेका छन् । पैसा झिक्न सजिलो पनि हुने भएकाले यसको प्रयोग दिनानुदिन बढ्दै पनि गएको छ । तर, विद्युतीय कारोबार गर्दा अपनाउनुपर्ने सामान्य जानकारी नहुँदा ठूलो नोक्सानी व्यहोर्नुपर्ने जानकारहरू बताउँछन् । बैंकबाट सर्वसाधारणले रकम छिटोछरितो र सहज ढंगले पाउन् भन्ने उद्देश्यले सञ्चालित एटीएम सेवाले सबैलाई सुविधामात्र दिएको छैन । “पैसा झिक्ने कार्यका लागि एटीएम प्रयोग गर्दा सावधानी अपनाइएन भने भएभरको रकम छिनभरमा चोरी हुनसक्छ,” प्रमाणीकरण कार्यालयका नियन्त्रक राजनराज पन्त बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्टेन एयरको हेलिकोप्टर दुर्घटनाबाट बच्यो


मनोज पौडेल,

कपिलवस्तु , भाद्र ११ – माउण्टेन एयरको हेलिकोप्टर कपिलवस्तुको बाणगंगा गाविस पिपरास्थित जनता उच्च मावि पछाडि आपतकालिन अवतरण गरेको छ । ९ एन-एडीई कल साईन भएको उक्त हेलिकोप्टरलाई दिउँसो साढे ३ बजे अवतरण गरेको थियो । सुर्खेतबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर मौसम खराब भए पछि अगाडि बढ्न नसकेपछि अवतरण गरी सुरक्षित भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका उपरीक्षक राजेन्द्र अधिकारीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तत: एमआरपी छपाई ओवर्थरलाई नै / सम्झौतामा हस्ताक्षर


अनिल गिरी,

काठमाडौ, भाद्र ११ – लामो समयदेखि विवादमा रहेको मेसिन रिडेवल पासपोर्ट (एमआरपी) को छपाइ सम्बन्धी सम्झौतमा हस्ताक्षर भएको छ । शुक्रबार साँझा करिव पौने ६ बजे परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्ट र फ्रान्सेली कम्पनी ओबर्थरका एशिया बजार निर्देशक फ्लोरिन प्याकलिनले एमआरपी छपाई सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्