Daily Archives: 26/08/2010

Kuwait raises salary of Nepali migrant workers


The government of Kuwait has raised the salary of Nepali workers who have been working in very low wages for a long time as per the request by the government of Nepal, Karobar Daily reported. The embassy of Nepal based in Kuwait took upon itself  the task of lobbying for the increase in salary and other benefits for Nepali workers after they complained of not getting appreciable salary compared to their work and working period. पढ्नेक्रम जारी राख्नुहोस्

मलेशियामा जंग बहादुर थापा मगर सुतेको सुतै भए


योगेन्द्र योगेन, मलेशिया

बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा ३ वर्ष अगाडी ललितपुरस्थित लक्की मेनपावरबाट मलेशिया प्रवेश गरेका जंग बहादुर थापा मगर मलेशिया नेगरी सेम्बिलानस्थित युनाइटेड मोर कम्पनीमा कार्यरत थिए । सधै झैँ आफ्नो काम सकि कोठामा आएर नुहाई धुवाई गरी क्यान्टिनमा सबै साथीहरुसँग खाना खाएर कोठामा गई रातको ११ बजे सम्म टि. भी. हेरेर आफ्नो कोठामा सुत्न गएका थापा मगरको रातको करिब ३ बजेतिर एक्कासी उनको अनौठो किसिमको आवाज ३ पल्ट आयो । पढ्नेक्रम जारी राख्नुहोस्

NRNA साउदीको साउदीवासी नेपाली जनमानसलाई भ्रममा नपर्न अनुरोध


आदरनीय नेपाली जन समुदाय साउदी अरब,

तपाईको मनोरञ्जन, पीडितको उद्धार भन्ने नाराका साथ साउदी अरबमा घरेलु कामदारका रूपमा आएर पीडित र असहाय बन्ने नेपाली महीलाहरूको उद्धारमा सहयोग पुर्याउन आगामी ईद (सेप्टेम्बर १०, ११, १२) मा एनआरएनए साउदी अरबले एनआरएनए बहराइनसंग समेत सहकार्य गर्दै संयुक्त रूपमा सांस्कृतिक कार्यक्रम गर्न लागेको र हाल उक्त कार्यक्रमको प्रचार प्रसार र टिकट बिक्री बितरण तिब्र रूपमा अघि बढिरहंदा, साउदी अरबको नेपाली जनमानसमा यस कार्यक्रमका सन्दर्भमा केही भ्रम तथा आशंकाहरू पैदा गर्ने कोशिस पनि देखिएकोले हामी ती भ्रमहरूमा नपर्न र कार्यक्रम’bout यस प्रकार प्रष्ट भइदिनुहुन सम्पुर्ण नेपाली जन समुदायलाई अनुरोध गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

लोकप्रिय खेलाडीहरुको मनोनयन सार्वजनिक


काठमाडौँ, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बजाज पल्सर स्पोर्टस् अवार्डअन्तर्गत लोकपि्रय खेलाडीको मनोनयन सोमबार सार्वजनिक गरेको छ । फुटबलका दुईसहित सात खेलाडी मनोनयनमा रहेका छन् । फुटबलका सन्तोष साहुखल र जमुना गुरुङ, तेक्वान्दोकी आयशा शाक्य, उसुका आङबाबु लामा, एथलेटिक्सका राजेन्द्र भण्डारी, गल्फका रूपक आचार्य तथा क्रिकेट खेलाडी शरद भेष्वाकर लोकपि्रय विधाको मनोनयनमा परेका छन् । पल्सर लोकपि्रय खेलाडीको विजेता एसएमएस भोटिङका आधारमा हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

गोर्खा सैनिकको कमाई ग्रामीण पर्यटनमा


पाल्पा, ९ भदौ
पाल्पा कचलका भद्रबहादुर बगालेले आफूले भारतीय गोर्खा सैनिकमा जागिरे रहेका बेला कमाएको रुपैयाँको अहिले सदुपयोग गरेका छन् । त्यो पनि आफू जन्मेको कचल गाउँमा पाहुना घर बनाएर । यो पाहुना घरले ग्रामीण पर्यटनको प्रचार–प्रसार गरेको छ । बुटवलदेखि उत्तर–पश्चिम तथा तानसेनदेखि दक्षिण–पश्चिममा पर्ने कचल गाविसमा पुग्नेहरू जो कोही पनि यो घर देख्दा दंग पर्छन् । त्यसो त प्रायः कचल गाविस पुग्नेहरू यो घर नगई फर्कंदैनन् । गाउँलेहरूले पनि घुम्न आएकाहरूलाई एक पटक यो घर लगेरैै छाड्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

हराएकी महिलाको खोजी सम्बन्धमा नेपाली राजदूतावास कुवेतको अत्यन्त जरुरी सूचना


सिम्पलकाभ्रे बसेरी -२, सिन्धुपाल्चोक जिल्ला घर भएकी २६९०९६० नं. को नेपाली राहदानी वाहक श्रीमती समाइ लमिनी (Sammai Lamini) २२ फेब्रुअरी २००६ मा दिल्लीबाट रोजगारीका लागि कुवेत आएकी रहिछिन् । उनी काम गर्दै गरेको स्पोन्सरको घरअबाट जुलाइ २००७ मा भागेको पुष्टि भएको छ । नीजलाई कुवेतमा कसैले देख्नुभएको भए वा नीजको ’boutमा कुनै जानकारी प्राप्त गर्नुभएमा नीजको छोरा कुमार तामाङ्गको मोबाइल नं. ६५६०२३७४, ६५६५४४२७ वा नेपाली दूतावास कुवेतको तलको ठेगानामा जानकारी गराइदिनुहुन अनुरोध गरिएको छ ।

टेलिफोन : २५२४३२५४, २५२४३२५७
फ्याक्स : २५२४३२५०
ईमेल : Kuwait@mofa.gov.np