Daily Archives: 25/08/2010

रोजगार सम्बन्धी सूचना !!


कुवेतस्थित एक साधारण कम्पनिमा केही लेवर कामदारहरुको माग भएकोले ईच्छुक जो कोहीलाई पनि तुरुन्त निम्न लिखित सम्पर्क नं. मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ । साथै कम्पनिमा निम्न बमोजिम सुविधाहरु भएको पनि जानकारी गराइन्छ ।

क) खान, बस्न  र यातायातको सुविधा कम्पनिले दिने ।
ख) तलब मासिक ६० कुवेती दिनार ।

सम्पर्क : आशिष कुँवर
फोन नं. ६५९९९११२

Posted by: Jay Ale

दमामको समुद्री टापु तारूतमा NRNA को इकाई समिति गठन


राम श्रेष्ठ, साउदी अरब

साउदी अरबको दमामको उत्तर पुर्बमास्थित कतिफ नजिकैको समुद्री टापु तारूतमा एनआरएनएको इकाई समिति गठन भएको छ । गैर आवासीय नेपाली संघप्रति बिशेष आस्था र रूची राख्ने स्थानीय नेपाली श्रमिकहरूका बिचमा गतः शुक्रबारका दिनमा एनआरएनए एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी., एनसिसी सदस्य नारन वाग्ले, प्रस्तावित क्षेत्रिय समिति कतिफका अध्यक्ष यम लिम्बु तथा क्षेत्रिय समिति दमामका सदस्य ओम प्रकाश के.सी. को बिशेष उपस्थितीमा यो समिति गठन गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वमै महँगो क्यान्सर रोगको उपचार


अमेरिकन क्यान्सर सोसाइटीले तयार पारेको प्रतिवेदनमा क्यान्सरलाई विश्वकै महँगो रोगको दर्जा दिँदै ‘आर्थिक हत्यारा’ को संज्ञा दिइएको छ । उक्त संस्थाले लामो समय लगाई तयार पारेको उक्त अनुसन्धानमूलक प्रतिवेदन यसै हप्ता चीनमा सम्पन्न हुने विश्वव्यापी क्यान्सर सम्मेलनमा प्रस्तुत गरिने कुरा बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हानिकारक हुन सक्छ खुट्टा बाउँडिने समस्या


पिँडुला बाउँडिनसाथ भुइँमा सुतेर खुट्टालाई माथितिर फर्काई पैतालामा थिच्ने गर्नुपर्छ । खुट्टालाई तन्काएर पैताला थिच्यो भने तुरुन्त आराम मिल्छ । त्यसपछि उक्त मांसपेशीवरिपरि बिस्तारै मसाज गर्नुपर्छ । पिँडुला तथा तिघ्रामा डोरी तथा कपडाले बाँध्नु सट्टा रबरको ब्यान्ड अर्थात् ब्यान्डेजले हल्का बाँध्नु उत्तम हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘सिमरा जान भन्दाभन्दै चालक काठमाडौं आउन चाहे’


काठमाडौ, भाद्र ९ – काठमाडौंबाट उडेको १५ मिनेटमै चालक दलले लुक्लाको मौसम खराब भएको जानकारी पाएको थियो जतिबेला जहाज रामेछापको उत्तरतर्फ ३५ नटिकल माइलमा पुगेको थियो ।

उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार चालकलाई काठमाडौं आउन १६ नटिकल माइल दक्षिण पुगेर राजधानी अवतरणको प्रवेश विन्दु र्‍याडियल २०२ समात्न टावरले आग्रह गरेको थियो । जहाज यन्त्रात्मक (आईएफआर) उडानमा थियो । तर जहाज त्यहाँ पुगेर दुर्घटना भयो जहाँ र्‍याडियल २०२ को विन्दु पुग्न अझै २ माइल बाँकी थियो  । पढ्नेक्रम जारी राख्नुहोस्

विमान दुर्घटनामा भेटिएका शव पहिचान गर्न चिकित्सकलाई गाह्रो


काठमाडौँ, अग्नी एअरको हिजो भएको दुर्घटनाका शव पहिचान गर्न चिकित्सकहरुलाई कठिन भइरहेको छ। दुर्घटनास्थलबाट संकलन गरिएका क्षतविक्षत शवलाई सेनाले हिजै काठमाडौँ ल्याएको थियो।  काठमाडौँ ल्याइएका शवलाई पोस्टमार्टम र डीएनए परीक्षणका लागि हिजै राति त्रिविवि शिक्षण अस्पताल लगिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्