मनोज काफ्ले ‘मनसुन’
जब निन्दरिमा नै प्रियेसीसंग भेट हुन्छ,
अनि गजबको अनुभुती हुन्छ,
जुन कल्पना सायद सबैलाई हुन्छ,
म मेरो मनको कल्पना आफ्नै तरिकाले-
एक गजल बनाएर सुनाउझैँ लाग्यो !!
पहिलो भेटमा (गजल)
पहिलो भेटमा तिमीसँग फेरी कहानी भयो
एकै नजर जुध्यो दुबैमा चिनाजानी भयो
दिन त बितेर गयो जब रातमा याद आयो
तिम्रो कल्पनामा सिरानी भाग्यमानी भयो
सपनीमा नै आँखेचार भयो अनि उनीसंग
आपसमा पलभर गजबको कुराकानी भयो
निंदरिमै चुमेउ यी मेरा नयन तिमीले
मदमस्त मन यो लाजले पानीपानी भयो
आनन्दको आभाश भो उमंग भरियो
दुइ मुटु मिल्दा स्वोर्गको जिन्दगानी भयो
मनोज काफ्ले ‘मनसुन’
कुवैत (०९ डिसेम्वर २००९)
मोबाइल नं. +९६५-९९६४६१८३
E-mail: manojmansun@yahoo.com
————————————————————————————-
याद आयो…….!!
डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
दाउरा घाँस पानी पधेरो संगै गरी हिड्दा
प्रियेसीसंग साटासाट गरेको रुमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
दिनभरि रानीबनमा लुकामारी खेल्दाखेल्दै
काहाली लाग्दो राम्चेलीभीर विशाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
विदेशको परिवेशमा रम्न सकेन मेरो मन
आफ्नै भेषभुषा आफ्नै दौरासुरुवाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
चिल्ला र महंगा बिदेशी कार जति चढेपनी
देवीस्थानको हु तु तु खेल्ने पर्खाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
मनोज काफ्ले ‘मनसुन’
कुवेत (२४ नोभेम्वर २००९)
——————————————————————————————-
प्रितको नशाले….!!
प्रितको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो
एकपल सहि खुसि त दियौ तिमीले
तिम्रा हर बात-बातमा माया बस्यो
नभेटेकै जाती बरु सुख दिन्छु भन्नेहरु
भेटेपछि दिएको घातमा माया बस्यो
कति सजिलै भुलेर गईछ्यौ तिमि भनें
भुल्न सकिन तिम्रो मातमा माया बस्यो
प्रितको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो
मनोज काफ्ले ‘मनसुन’
कुवेत, १४ नोभेम्वर २००९