होमनाथ गिरी, कुवेत
कस्तो रहेछ मेरो भाग्य अन्धकारमा जिउनु पर्ने
मायालुको याद आउँदा आँखाबाट आँसु झर्ने,
कहिल्यै पनि नभुल्नु है,
तिमीबाट टाढा भई कुवेतमा बसेपनि
खुशी रहेछ नभन्नु है दु:ख लुकाई हाँसेपनि !!
वाध्यता र विवशताले तिमीबाट टाढा हुँदा
आँखा मेरो रसाउँछ तिम्रो तस्बिर हातले छुँदा
मेरो जीवन सुम्पी सकें केबल तिम्रो नाममा
तिम्रै लागि बाँचेको छु यो कुवेतको घाममा !!!
(०१ अगष्ट २००९)