लेखें लेख रचना कति त चल्यो कलम मेरो
छैन कलमको बस्ती जहाँ अब संसार भो अँधेरो
यहि कलमले जिबित छु म यहाँ माया भरि मुटुमा
यहि कलमको भरमा जीबन शितको बिहानी यहाँ !!१!!
मेरो सामु यो सानु कलम सानैमा आइलाग्यो
त्यही कलमले लेखिदिएँ जीबन व्यथाजति आइलाग्यो
मैले सम्झे यसले के लेख्ला के गरि ठुलो भो सानु
यो रै’छ संगत गरेर हृदय खोल्ने मुठीको मानु !!२!!
कलम भए केहि चाहिन्न म कहाँ यो हृदय खोल्नलाई
तिमी भए मन सकिन्छ बुझाउन चाहियो को र बोल्नलाई
तिमी हौ मेरो जीबन- कि साथी प्यारी हातको कडी
भई हुनु ज्ञान गुण रचिकन नयाँ बुद्धिले भन्दा बढी !!३!!
मैले जाने जबदेखि बुझ्न संसारको सिमाना
यहि कलमको भरमा लेखिए उनका शुभकामना
कलमले लेख रचना रचिंदा मनै कलम भयो
कलमको कृती यहाँनिर लेखिंदा मनको मलम भयो !!४!!
मनोज काफ्ले “मनसुन”
कुवैत (१५ डिसेम्वर २००९)
——————————————————————————————–
मायाको परेली तरेर हजुरले (गजल)
जब उनको र मेरो मिलनको बेला थियो म खुसीले मगमग….!! तिमी आउने बाटो कुरी मैले तिमीलाई फुलको थुंगा लिएर बस्छु भनेको थिएँ । तर उनी त म भन्दापनि पहिले फुलको माला उनेर दोबाटोमा मेरै पर्खाइमा थिईन । जब उनीसँग भेट भयो सररर गजलका शेरहरु खनिए मेरो मनमा ……!!
मायाको परेली तरेर हजुरले
मनैभरी उमंग छरेर हजुरले
टोलाएर हेरे यी मेरा नयेन
बोलाउदा सम्बोधन गरेर हजुरले
फुलको थुंगा पहिलो भेटमा
दिनु भो बेशी झरेर हजुरले
सासैमा कुन्निके भनेझैँ लाग्यो
मलाइ अंगालोमा भरेर हजुरले
आँखामा आँखा जुधाउनुभो अनी
अझ करिव मेरो सरेर हजुरले
मनोज काफ्ले ‘मनसुन’
mansun2036@yahoo.com
कुवेत (१३ डिसेम्वर २००९)