Daily Archives: 24/08/2010

यस्तो छ विमान दुर्घटना भएको ठाउँ


अग्नी एअरको आज बिहान भएको विमान दुर्घटनाका फोटोहरु-
विमान बज्रिएर परेको खाल्डो-

घटनास्थल। हेर्नुस् विमान कसरी टुक्राटुक्रा भएको छ।

हेर्नुस् त एउटा पखेटाको भाग मात्रै चिन्न सकिने अवस्थामा छ।

Posted by: Raju Gurung

महिला बक्सिङ खेलाडी विश्व च्याम्पियनसीपमा


काठमाडौ, भाद्र ३ – पहिलोपटक नेपालका दुई महिला बक्सिङ खेलाडीले बारबाडोसमा शुक्रबारदेखि सुरु हुने छैठौँ विश्व महिला बक्सिङ च्याम्पियनसीपमा भाग लिने भएका छन् । बारबाडोस बक्सिङ तथा एमेच्योर अन्तरराष्ट्रिय बक्सिङ सङ्घको संयुक्त आयोजनामा हुने सो च्याम्पियनसीपमा शसस्त्र प्रहरी बलकी सन्जु लामा र नेपाल प्रहरीकी अनुराधा लामाले सहभागिता जनाउने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दुबईमा पनि नेपालीलाई मृत्युदण्ड


दुबई, भाद्र ८ – संयुक्त अरब इमिरेट्सको एक अदालतले एक नेपालीलाई मृत्युदण्ड सुनाएको कुरा नेपाली राजदूतावास अबुधाबीले मंगलबार अपरान्ह जारी गरेको एक प्रेस विज्ञप्तीबाट खुलासा भएको छ । यसअघि कुवेत र कतारमा नेपालीलाई मृत्युदण्ड सुनाएको खबरले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध तुल्याएकोमा अब दुबईमा पनि अर्को नेपालीको मृत्युदण्डको खवरले दुखी बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अंधेरीमै आउनु तिमी


योगेन्द्र गिरी (सँघर्ष), मलेसिया

उजाड मेरो जिन्दगीमा
हरियाली बसन्त बनि आउनु तिमी
सुनौलो बिहानीमा भेट नहोला
अंधेरी रातमा नै आउनु तिमी

बिपनीमा तिमीलाई भेट्न सकिन
सपनीमै आउनु तिमी
जिबनीभरी सँगै बाँच्ने, सँगै मर्ने
बाचा कसम खायौ किन ? पढ्नेक्रम जारी राख्नुहोस्

तिम्रो यादमा दुई अक्षर


निसा गिरी, नेपाल

बग्छ आँशु बारम्बार तिमलाई देखे सुक्छ
चाहिदैन मलाई अरु केही
मात्र तिमी आए पुग्छ,
छिनमा हाँस्ने छिनमा रुने
पिरतीको खेल
आत्म जल्ने गरी आत्तिएको
कसले बुझी देला !
तिम्रै फोटो हेर्दै रुन्छु
छैनन बुझ्ने मर्म
तड्पिएरै बाँच्नु पर्ने
कस्तो मेरो कर्म, कस्तो मेरो कर्म ??

(०७ अगष्त २०१०)

भावना


मलाई तिमीले पराई ठानेकै हौ त
साँच्चीकै म सगँ माया मारेकै हौ त
अर्काको सिन्दुर त्यो जिउमा छरेर
यो ज्यानलाई माया मारेकै हौ त
बिदेशी भूमीमा म घाईते हुँदा
अर्कै सँग सम्बन्ध गाँसेकै हौ त
तिमी बिना एक्लै सक्दिन जिउन
साँच्चीकै एक्लै पारेकै हौ त !!

दिपक बस्याल
जगत्र देवी ८ बल्पुक, स्याङ्जा
हाल : दुबई (३१ जुलाई २०१०)