Daily Archives: 23/08/2010

कतारमा गुरुङ चलचित्र प्ह्रेँस्यों(दुलही) को प्रदर्शन


बुधबल गुरुङ, कतार

अगष्ट २१, दोहा । अभियान फिल्मस प्रा.लि. पोखराको पाँचौ प्रस्तुती तमू (गुरुङ) भाषाको चलचित्र प्हे्स्यो(दुलही) कतारमा गत अगष्ट २० तारिकका दिन प्रदर्शन गरिएको छ । तमू भाषा र संस्कृतिमा आधारित निर्माण भएको यस चलचित्र हेर्न कतारबासी नेपालीहरुको बाक्लै उपस्थिती थियो ।

तमू संस्कृतिकर्मी लोकबहादुर गुरुङ र बेदबहादुर गुरुङको निर्देशनमा बनेको यस चलचित्रमा निर्माताहरु एकेन्द्र गुरुङ, दिलिपसिंह गुरुङ, सत्य घले, ओमप्रकाश गुरुङ, विजय गुरुङ, लोकबहादुर गुरुङ र बेदबहादुर गुरुङ(श्याम) रहनु भएको छ । चलचित्रमा ओम प्रकाश तमू, आकाश तमू, मिरा तमू र नविना तमू साथै अन्य कलाकारहरुले अभिनय गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

तीजका लागि कुर्ता सुरुवाल


मन्दिरा घिमिरे
मैतिदेवीकी मीना गुरङ बागबजारस्थित एक बुटिकमा आफ्नी बहिनीलाई कुर्ता सुरुवाल रोज्दै थिइन् ।  तीज नजिक आउँदै गरेकाले होला उनका आँखा राता रंगका कुर्तातर्फ केन्द्रित थिए । तीजकै मौका पारेर होला बुटिक पनि राताम्मै थियो, हरेक प्रकार र डिजाइनका कुर्ता, सुरुवाल, लेङ्गा सारीलगायतका महिला परिधानको सजावटले । एउटा रातो र बुट्टा भरेको कुर्ता सुरुवाल मन परेपछि मीनाले त्यसको मूल्य सोधिन् । तर, मूल्य सुनेर उनी छक्क परिन् । “अघिल्लो वर्षको तीजमा ठ्क्याक्कै यस्तै कुर्ता सुरुवाल जम्मा ३ हजारमा किनेको यसपाला ६ हजार !” अलि कम मूल्य पर्ने कुर्ता सुरुवालतिर आँखा लगाउँदै उनले भनिन् । पढ्नेक्रम जारी राख्नुहोस्

सपिङ सेन्टर मै भेटिने भए जनै लगाइदिने पुरोहित


काठमाडौँ,  पोहोरसम्म जनै पूर्णिमाको दिन जनै लगाउने पुरोहितहरु पशुपति वा मन्दिर ’round मात्र भेटिन्थे, यस पटक भने सपिङ सेन्टर मै पुरोहित भेटिने भएका छन्। जनै पूर्णिमाको दिनलाई लक्षित गरी कमलपोखरीस्थित सपिङ्ग मल सिटी सेन्टरले आफ्नो प्राङगणमा भोलि जनै र टीका लगाई दिनको लागि तीन जना पुरोहितहरुको (पण्डित) व्यवस्था गरेको जनाएको छ। सिटी सेन्टर एक वर्ष अगाडि स्थापना भएको सपिङ मल हो।

Posted By S.R.Paudel

आईसीसी वरियतामा नेपाल २७औं


काठमाडौं,  नेपाल अन्तर्राष्ट्रिय क्रिकेट वरियता क्रममा २७औं स्थानमा उक्लिएको छ। इटालीमा शनिबार सम्पन्न आइसिसी पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ मा तेस्रो भएपछि नेपाल दुई स्थान माथि उक्लेको हो।  गत फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन-५ जित्दै नेपाल २७औं स्थानमा उक्लिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

‘विवाह यही वर्षभित्र’


 कास्की,  नेपाली चलचित्रमा हिजो पनि आज पनि चर्चा राजेश हमालकै छ । उनको अभिनय होस् या व्यक्तिगत जीवन, सबैको चासोमा रहने गरेको छ ।’पल्टन’ चलचित्रको सुटिङ क्रममा उनी लेखनाथको वाराही स्टुडियोमा थिए । निर्माण पक्षले त्यही मेसोमा पत्रकार भेटघाटको चाँजो मिलाएको थियो । दुई दिनअघिको त्यो भेटघाटमा उनले धेरै प्रश्न विवाहसम्बन्धी नै झेल्नुपर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री चुन्न आज पाँचौँ चरणको निर्वाचन


अर्को निर्वाचन दुई सातापछि-
माधव ढुङ्गेल, काठमाडौं,  प्रधानमन्त्री चयनका लागि संसदमा आज अपराह्न पाँचौं पटक चुनाव हुँदैछ तर यसअघि तटस्थ बसेका दलहरूको अडानमा कुनै परिवर्तन देखिएको छैन। आजको चुनावमा परिणाम नआएमा अर्को निर्वाचनको तिथि भदौ १८ देखि २१ गतेको बीचमा तोक्ने संभावना छ। सभामुख नेम्वाङले अर्को तिथि तय गर्न सोमबार २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको नागरिकलाई जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्