न्युयोर्क (एपी)- ह्वाइट हाउसमा संवाददाताहरूसँगको रात्रिभोजमा मिसेल ओबामा रातो ‘बोटनेक’ गाउनमा थिइन्। त्यसमा सबैभन्दा खुसी त गाउनकै डिजाइनर नेपाली तन्नेरी भए। ‘अमेरिकी महिला कस्ती हुन्छन् भन्ने व्याख्या गर्दा म उनलाई नै सम्पूर्ण रूपमा पाउँछु,’ न्युयोर्कको फेसन डिजाइन उद्योगमा मरिमेटिरहेका प्रबल गुरुङले भने, ‘मिसलले अमेरिकी महिलाको पहिरनै फेरिदिएकी छन्।’ क्याबात्, अमेरिकी प्रथम महिलाले नेपाली तन्नेरीको जीवन पनि बदलिदिइन्। ‘उनले त्यो गाउन नलगाइदिएको भए,’ प्रबलले भने, ‘म एक अर्को तन्नेरी डिजाइनरमै खुम्चने थिए”।
नेपालबाट धेरैअघि बिदेसिएका प्रबलको अमेरिकी सपना सावित भयो यसै वर्ष। गत हिउ”दमा उनले सफलताको पहिलो स्वाद चाखे, जब उनले सम्पादक, बिक्रेता तथा शैलीकारलाई आफ्नो नमुना प्रस्तुतिले मख्ख पारे। ‘१० वर्ष संघर्ष गरेको बल्ल फल मिल्न थालेको छ,’ उनले भने।
आउने महिना ‘न्युयोर्क फेसन सप्ताह’मा प्रबल अझै चर्चित हुनेछन्। यसलाई फेसन पत्रिकाहरूले स्याबासी दिइसकेका छन्। प्रसिद्ध व्यक्तिहरूले उनको डिजाइनबाट आफ्नो शरीर सजाउने चाहना प्रकट गरिसकेका छन्।
वर्षौंअघि नेपाल छाडेर भारत पुग्दा प्रबल सामान्य प्रशिक्षार्थी थिए। त्यहा”बाट अस्ट्रेलिया लागे अनि शैलीकारहरूलाई सघाउ”दै लन्डन। संसार काटेर पहिलोपल्ट न्युयोर्क ओर्लिए अनि डिजाइन कक्षामा बस्न थाले।
प्रबल आफ्नो उमेर खुलाउ”दैनन्, भन्छन्, ‘युवै छु। ‘ उनलाई भाग्यमा विश्वास छैन। ‘अवसर र कडा मेहनत भाग्य बन्न पुग्छन्,’ उनले भने।
सिंगापुरमा जन्मेर नेपालमा हुर्केबढेका प्रबलले सानैदेखि महिला पहिरन र सौन्दर्यमा चाख जगाए। उनी आमालाई सा”झ बाहिर निस्कनेबेला रंगीचंगी पहिरनमा सजिएको नियालेर हेर्थे। ‘विश्वव्यापी सत्य हो- सबै महिला राम्री देखिन चाहन्छन्,’ उनले थपे, ‘मेरो डिजाइनको थिम नै सधैं त्यही हुन्छ।’ पुरुष भने उनलाई त्यति रूचिकर लाग्दैन रे।
शो-रूमको लगानी आफैं गर्न र धान्न नसक्नेका लागि अमेरिकी फेसन डिजाइनरहरूको एउटा परिषद्ले जुटाएको एउटा कार्यक्रममातहत ‘गार्मेन्ट डिस्ट्रिक’मा उनको अफिस छ। उनी अहिले भोग फेसन फन्ड प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेका छन्। त्यसबाट उनलाई दुई लाख डलरको अनुदान हात पर्न सक्छ।
‘यी तन्नेरीमा विवेक र प्रतिभा छ,’ विश्व प्रसिद्ध फेसन पत्रिका ‘भोग’का समाचार निर्देशक मार्क होल्गेटले भने, ‘कपडा कसरी बनाउने उनलाई राम्ररी थाहा छ र उनी सा”च्चै सुन्दर डिजाइन गर्छन्।’
होल्गेटका भनाइमा प्रबल तरुनी र परिपक्व महिलाका लागि डिजाइन गर्न सक्छन्, फरक पुस्ताहरूलाई आकर्षित गर्न सक्ने गूण महŒवपूर्ण हो। उनको जीवनको एउटा महŒवपूर्ण फड्को अभिनेत्री जोई साल्दानाले सम्भव तुल्याइदिएकी थिइन्।
साल्दानाले हलिउड चलचित्र ‘स्टार ट्रेक’को प्रवर्द्धन गर्दा रातो कार्पेटमा लगाएको पहिरन ‘वुमन्स वेर डेली’को मुखपृष्ठमा छापिएको थियो। ‘त्यही”बाट त मलाई फोन आउन थालेको हो,’ उनले भने।
Posted by: Raju Gurung
good, well done prabal.
very good and thank you so much prabal nepal ko name rakha ko ma
good balss you
thanks a lot prabal for ur concern for ur hard work keep it uppppppppppppppppppppp
Michel Obama