Daily Archives: 22/08/2010

ओबामा पत्नी मिसेलको गाउन डिजाइनमा नेपाली तन्नेरी


न्युयोर्क (एपी)- ह्वाइट हाउसमा संवाददाताहरूसँगको रात्रिभोजमा मिसेल ओबामा रातो ‘बोटनेक’ गाउनमा थिइन्। त्यसमा सबैभन्दा खुसी त गाउनकै डिजाइनर नेपाली तन्नेरी भए। ‘अमेरिकी महिला कस्ती हुन्छन् भन्ने व्याख्या गर्दा म उनलाई नै सम्पूर्ण रूपमा पाउँछु,’ न्युयोर्कको फेसन डिजाइन उद्योगमा मरिमेटिरहेका प्रबल गुरुङले भने, ‘मिसलले अमेरिकी महिलाको पहिरनै फेरिदिएकी छन्।’ क्याबात्, अमेरिकी प्रथम महिलाले नेपाली तन्नेरीको जीवन पनि बदलिदिइन्। ‘उनले त्यो गाउन नलगाइदिएको भए,’ प्रबलले भने, ‘म एक अर्को तन्नेरी डिजाइनरमै खुम्चने थिए”।

पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिलाई प्यारो सरकारी अस्पताल


                     
 काठमाडौ,  ठूल्ठूला नेता र उच्च सरकारी कर्मचारी सामान्य उपचार गर्न विदेश पुग्छन् । देशमै उपचार गराइहाले पनि महँगा निजी अस्पताल रोज्छन् । तर, हेरौं राष्ट्रपतिलाई जो जहिल्यै देशका सरकारी अस्पतालको उपचार रुचाउँछन् । 

राष्ट्रपति डा. रामवरण यादवले शनिबार वीर अस्पतालमा दाँतको उपचार गराए । बिहान ९ बजेतिर पुगेका राष्ट्रपतिको दुई घन्टा उपचार गरियो । पढ्नेक्रम जारी राख्नुहोस्

अक्टोपस पाउललाई एम्बेसडर बनाइयो


लन्डन,  दक्षिण अफ्रिकी विश्वकप २०१० दौरान भविष्यवाणी मिलाएर तहल्का मच्चाएको अक्टोपस पाउल २०१८ को विश्वकप आयोजना गर्ने इङ्ल्यान्डको दाबीका लागि एम्बेसडर बनेको अधिकारीहरूले शुक्रबार बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

डुङ्गा पल्टिएर अलपत्रपरेकाहरुको हेलिकप्टरबाट उद्धारको तयारी


सुर्खेत, कर्णाली नदीमा डुङ्गा पल्टिंदा दुई जना पौडेर टापुमा बसेका छन् । आइतबार विहान सात वजे सर्वसाधारणलाई डुङ्गा तारेका जनक राजी र मानबहादुर शाही डुङ्गा पल्टेपछि पौडेर टापुमा बसेका हुन् । तारेर र्फकदै गरेका दुई जना सुर्खेतको लगाम गाविस-९ मा पर्ने कणर्ाली नदीमा सर्वसाधारणलाई तारेर र्फकने क्रममा डुङ्गा पल्टिएपछि उनीहरु पौडेर नदीको टापुमा बसेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक नरेशमान श्रेष्ठले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

वेश्यवृत्तिलाई पेसाको मान्यता


prostitute_brothelबीबीसी, बंगलादेशको निर्वाचन आयोगले नयाँ बनाइने मतदाता परिचयपत्रमा वेश्यवृत्तिलाई पनि व्यवसायको दर्जा दिन भनेको छ । यसका लागि अभियान चलाउने समूह र संगठनहरुले निर्वाचन आयोगको यो पहलको स्वागत गरेका छन् । उनीहरुका अनुसार कार्यालय र सार्वजनिक स्थानहरुमा यौनकर्मीहरुलाई जुन प्रकारको व्यवहारको सामना गर्नु पर्दथ्यो यसमा अब कमी आउनेछ । पढ्नेक्रम जारी राख्नुहोस्