Daily Archives: 21/08/2010

लण्डनमा भारत सरकार बिरोधी प्रदर्शन


Ram Kumar Shrestha, UK

लण्डन । ढिलो गरी प्राप्त समाचार अनुसार भारतको ६३ औं स्वतन्त्रता दिवस मनाइरहेकै बेला उस्को लण्डनस्थित हाइ कमिशन अगाडि बिशाल बिरोध प्रदर्शन मनाएको छ । १५ अगस्टका दिन भएको उक्त प्रदर्शनमा करीब एक हजारको उपस्थिति थियो । पढ्नेक्रम जारी राख्नुहोस्

भदौ १५ र कुवेत, इराकमा रुमलियको जिन्दगी !


बालकृष्ण घिमिरे, टुकुचा ७ काभ्रे, हाल: KGL कुवेत

इराकको आतंककारी समुहले २०६१ साल भदौ १५ गते बिहान रोजगारिको सिलसिलामा भौतारिदै इराक पुगेका १२ जना नेपालीहरुको अत्यन्तै पाष्बिक तवरले हत्या गरेको भिडियो सार्वजानिक गरेको थियो | आतंककारीहरुको भनाइ अनुसार अमेरिकन सेनालाई सघाउन इराक आएकाले नेपालीहरुको हत्या गर्नु परेको कुरा त्यो बेला सार्वजानिक गरेका थिय | त्यो दु:खद घटना बाट सिङो मुलुक स्तब्ध्द भएको थियो र लाखौं नेपालीको आक्रोसले कडोरौको धनजन क्षेती हुन पुगेको थियो | पढ्नेक्रम जारी राख्नुहोस्

आईसीसी विश्व क्रिकेट लिग (डिभिजन-४) सेसनमा नेपाल तेस्रो


राजु गुरुङ्ग, कुवेत

इटालीमा सन्चालन भईरहेको आईसीसी विश्व क्रिकेट लिग (डिभिजन-४) मा नेपालले तान्जानियालाई पराजित गरी आईसीसी विश्व क्रिकेट लिग (डिभिजन-४) सेसनमा तेस्रो भएको छ । तेस्रो स्थानको लागि आज भएको खेलमा तान्जानियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो भने ३९.३ ओवरमा पुरै विकेट गुमाइ जम्मा ७३ रन को योगफल मात्र जोडेको थियो ।

आज तान्जानियालाई रोक्ने क्रममा नेपाली बलरहरुले ठुलो भूमिका खेले । शक्ती गौचन ३, बसन्त रेग्मी र अमृत भट्टराई २/२ साथै राहुल विश्वाकर्मा, बिनोद दास र मेहबुव आलमले १/१ विकेट लिएका थिए भने नेपालको इनिङमा साबिकको ओपनरद्रय अनिल मन्डल र महेश छेत्री क्रिजमा उत्रेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

लिबियामा ९ सय नेपाली कामदारले तलब पाएनन्


होम कार्की, काठमाडौ, भाद्र ५ – अफ्रिकी मुलुक लिबियामा एक कोरियाली कम्पनीमा कार्यरत ९ सय नेपाली कामदारले तलब नपाएपछि ५ दिनदेखि काम गर्न छाडेका छन् । लिबियाको डेर्नास्थित वन कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ती कामदारले दुई महिना तलब नपाएपछि काम नगरेका हुन् । उनीहरू ‘डेर्ना हाउजिङ प्रोजेक्ट’ मा कार्यरत थिए । आफूहरूलाई तुरुन्त तलब दिन र स्वदेश फिर्ता गर्न उनीहरूले अनुरोध गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतको साक्षात्कार कार्यक्रम सम्पन्न


बिक्रम थापा, कुवेत

२० अगष्त २०१०, कुवेतको मालियास्थित National Evangelical Church (NECK) मा NRNA कुवेतको संयोजकत्वमा एक साक्षात्कार कार्यक्रम सम्पन्न भयो । NRNA कुवेतका उपाध्यक्ष श्री धर्मराज गिरीले संचालन गर्नु भएको उक्त साक्षात्कार कार्यक्रमको सभापतित्व NRNA NCC  कुवेतका अध्यक्ष श्री राजेन्द्र तमाङ्गले गर्नु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

अफगानिस्तानमा डेढसय भन्दा बढी नेपाली पक्राउ


काठमाडौं, भदौ ४ । अफगानी राष्ट्रपति हमिद कारजाईले विदेशी सुरक्षा गार्डलाई चार महिनाभित्र मुलुक छाड्न उर्दी जारी गरेकै बेला त्यहाँ डेढ सयभन्दा बढी नेपाली पक्राउ परेका छन्। रेस्टुराँ, क्याफे र गैर सुरक्षा संस्थामा कार्यरत नेपाली पक्राउ परेका हुन्।
स्वदेशीलाई रोजगारी दिलाउने र देशको सुरक्षा आफ्नै नागरिकका काँधमा सुम्पने योजनाअनुरूप कारजाईले मंगलबार यस्तो आदेश दिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्