Daily Archives: 20/08/2010

नेपालद्वारा कायमन ७ विकेटले पराजित


भाद्र ४ – इटालीमा भइरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन- ४ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले कायमन द्वीपलाई ७ विकेटले पराजित गरेको छ । ७० रनको लक्ष्य पाएको नेपालले ३ विकेटको क्षतिमा लक्ष्य पार गरेको हो । टस जिटेर व्याटिङ रोजेको कायमन द्वीपले ३९ दशमलव ५ ओभरमा सवै खेलाडी गुमाउँदै ६९ रन जोडेको हो । यो विजयसँगै नेपाल डिभिजन- ४ मा कायमै रहेको छ । डिभिजन- ४ को समूह विजेता अमेरिका र उपविजेता इटाली डिभिजन- ३ मा उक्लिएको छ । तेश्रो स्थानमा रहेको नेपाल र तान्जानिया डिभिजन- ४ मा कायमै रहे भने कायमन द्वीप र अर्जेन्टिना तल झरेका छन् ।

भारतीय, फिलिपिनो र चिनियाँसँग भिड्दै नेपाली


निर्मल श्रेष्ठ, भाद्र  -स्वदेशमा ‘मिस नेपाल’ र बेलायतमा ‘मिस युके नेपाल’ को तरखर भइरहेका बेला फेसनकै लागि संसारमा प्रसिद्धि कमाएको सहर हङकङका युवा कसरी पछाडि पर्न सक्थे र ? यहाँ पनि रोल मोडल छनोटका लागि मिस्टर/मिस टयालेन्ट हन्ट इन्टरनेसनलको चहलपहल सुरु भएको छ । पाँच वर्षदेखि हुँदै आएको मिस टयालेन्ट हन्टको यो संस्करणमा, नामैबाट प्रस्ट छ, युवती मात्रै सहभागी छैनन् । न त नेपाली समुदायका मात्र प्रतिस्पर्धी छन् । यसपटक नेपालीले भारतीय, फिलिपिनो र स्थानीय चिनियाँहरूसँग टक्कर गर्दै छन् । प्रतियोगितामा १५ वर्षदेखि २२ वर्षसम्मका ९ युवक र ९ युवती छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भयो रमितै रमिता


सुव्रत आचार्य,

साउन ३० गते, आइतबार बिहानका अखबारहरूमा प्रकाशित एउटा खबरले नेपालको मोडलिङ क्षेत्रमा सनसनी मच्चायो । यसैपनि बेइज्जतिको भुमरीमा घुमिरहेको मोडलिङ क्षेत्रलाई त्यो खबरले बदनामीकै खाडलमा जाक्न खोजेको पाइयो । खबर पढेर मोडलिङसँग आबद्ध कतिपयलाई चिनेजानेकाहरूले लोप्पा ख्वाउन मात्र बाँकी राखे । वास्तवमै त्यो खबर मोडलिङ पेसामा आबद्ध सम्पूर्ण संघ, संस्था तथा व्यक्तिहरूलाई झकझकाउने किसिमकै थियो । मोडल रूपमा केही चर्चा बटुलेकी रमिता भण्डारी तथा उनकी साथी मोडललाई विदेशमा केटी बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको समाचारले मोडलिङ पेशामा आबद्ध एजेन्सी तथा व्यक्तिहरू चकित भए ।

पढ्नेक्रम जारी राख्नुहोस्

सुन मूल्य फेरि उच्च विन्दुमा


अन्तर्राष्ट्रिय बजारमा भन्दा २ हजार बढी

योगेश खतिवडा,

काठमाडौ, भाद्र ४ – बैकहरूले सुन दिन छाडेको भन्दै सुनचाँदी व्यवसायीले स्थानीय सुनको भाउ अन्तर्राष्ट्रिय बजारको दाँजोमा तोलामा २ हजार रुपैयाँ बढी निर्धारण गरेका छन् । यसले तीज, दसैं र तिहारजस्ता चाडपर्वमा सुन किन्ने ग्राहक मारमा परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको सम्भावना लगभग समाप्त


नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण मानिएको खेलमा बिहीबार अमेरिकाले बाजी मारेको छ । इटालीमा भइरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ मा नेपाल ५५ रनले चुक्यो । हारसँगै नेपालको डिभिजन-३ मा उक्लने सम्भावना लगभग समाप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्