Daily Archives: 19/08/2010

नेपाल बिरुद्ध अमेरिका (लाईभ अपडेट)


इटाली, आईसीसी विश्व क्रिकेट लिग (डिभिजन-४) अन्तर्गत आज नेपाल  अमेरिका सँग भिडदै छ। टस जितेर  ब्याटिङ रोजेको अमेरिकाले आफ्नो इनिङमा ८ विकेट गुमाइ नेपाललाई २०४ को लक्ष्य दिएको छ। अमेरिकालाई रोक्ने क्रममा नेपाली बलर अमृत भट्टराईले २, बसन्त रेग्मीले २, शरद भेस्वकरले २, बिनोद दासले १, राहुल विश्वकर्माले १ विकेट लिएका थिए। अहिले नेपालले ब्याटिङ गर्दै।

नोट: ताजा अपडेट हेर्नको लागि कृपया पेज लाई रेफ्रेश गरी रहनु होला, धन्यवाद!!!

Nepal Innings (Target: 204 runs from 50 overs) 

Run : 148                          Over : 49.3                         Wicket : 10       

आवस्यक रन रेट : 112                               बर्तमान रन रेट : 2.98              

*अनिल मन्डल र महेश छेत्री द्वारा नेपालको ओपेनिङ

* Anil Mandal catch out (0) Sakti in

* Sakti catch out (1) Parash Khadka in

* Mahesh catch out (15) Sharad in

* Sharad catch out (1) Gyanandra in

* Parash out (44) Pradeep Airee in 

* Pradeep Airee catch out (2) Basanta Regmi in

* Gyanandra catch out (34) Binod Das in

* Binod Das catch out (6) Rahul in

* Basanta Regmi catch out (11) Amrit Bhattarai

* Amrit Bhattarai catch out (6)

* Rahul (11) not out.

USA won by 55 runs

– Updated by: Raju Gurung

 

समाजकल्याण परिषद्मा अनियमितता पदाधिकारीलाई कारबाही गर्न सिफारिस


काठमाडौँ,  समाज कल्याण परिषद्मा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै उच्चस्तरीय छानबिन समितिले परिषद्का पदाधिकारीउपर कारबाही गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । परिषद्को अनियमितता जाँचबुझ गर्न गठित तीन सदस्यीय उच्चस्तरीय छानबिन समितिले नेपाल सरकारलाई प्रतिवेदन बुझाउँदै परिषद्का उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य-सचिवलाई कारबाही गर्न सिफारिस गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

क्याम्पस प्रमुख र शिक्षाध्यक्षबीचको वार्ता सकारात्मक


काठमाडौं,  शिक्षण शुल्क वृद्धि’bout एकरुपता कायम नभएको भन्दै संयुक्त राजीनामा दिएका उपत्यकाका दस क्याम्पसका प्रमुखले बुधबार त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सूर्यलाल अमात्यसँग छलफल गरेका छन्। उपत्यकाका क्याम्पस प्रमुख र शिक्षुध्यक्षबीच भएको छलफलमा शिक्षाध्यक्ष अमात्यले अन्तिम निर्णय आफूले नगर्ने भन्दै उपकुलपति रजिष्ट्रार र आफू एक ठाउँमा बसी छलफल गर्ने बतँएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

जिल्ला प्रहरी कार्यलय अगाडी वकिलमाथी गोली प्रहार


चितवन,  जिल्लाप्रहरी कार्यलय चितवन अगाडी विहीबार बिहान १० बजे अधिबक्ता पदम दाहालमाथि गोली प्रहार गरिएको छ । अधिवत्ता दाहाल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।  गोली प्रहार लगत्तै आक्रमणकारी मध्येका एक पर्सा जिल्ला बस्ने २९ बर्षीय दिलबहादुर लामाले हतियार सहित प्रहरी समक्ष आत्मसर्मपर्ण गरेका थिए । तीनवटा कालो पल्सर मोटरसाईकलमा आएका ६ जनाको समूहले उनीमाथी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

यौन व्यवसायीका लागि परिचयपत्र माग


नेपालगन्ज, नेपालगञ्जका होटल व्यवसायी तथा यौन व्यापारमा संलग्न महिलाहरूले यौन व्यवसायीका लागि परिचयपत्रको माग गरेका छन्। होटेललाई यौन व्यवसायीले ‘सम्पर्क स्थल’ बनाएको भन्दै प्रहरीले ग्राहकका लागि परिचय पत्रको व्यवस्था गर्न भनेपछि उनीहरूले यस्ता माग गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

अफगानिस्तानबाट नेपाली कामदार हटाइने


काठमाडौं, भदौ ३ – चार महिनाभित्र सुरक्षा गार्डमा कार्यरत नेपालीले अफगानिस्तान छाड्नुपर्ने भएको छ। यसै वर्षको अन्त्यसम्ममा युद्धग्रस्त मुलुकबाट नेपाली सुरक्षा कामदार हटाइने राष्ट्रपति हमिद कारजाईले घोषणा गरेका छन्। १५ देखि २० हजार नेपालीहरु यो निर्णयबाट प्रभावित हुने अनुमान गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्