Daily Archives: 18/08/2010

नेपाल बिरुद्ध अर्जेन्टिना क्रीकेट(लाईभ अपडेट)


इटाली, आईसीसी विश्व क्रिकेट लिग (डिभिजन-४) अन्तर्गत आज नेपाल अर्जेन्टिना सँग खेल्दै छ। टस जितेर  ब्याटिङ रोजेको अर्जेन्टिनाले आफ्नो इनिङमा ८ विकेट गुमाइ नेपाललाई १९४ को लक्ष्य दिएको छ। अहिले नेपालले ब्याटिङ गर्दै।

Nepal Innings (Taget: 194 runs from 50 Overs)

Runs:  194

Overs: 32.4

Wicket:  2

* Anil Mandal got half century

* Parash Khadka got half century

1) Mahesh (36) out Pradeep in

2) Anil (60) out Parash in

*Parash Khadka (53) not out

*Pradeep (38) not out

Nepal won by 8 wickets

यस जितका साथै नेपाल आईसीसी विश्व क्रिकेट लिग (डिभिजन-४) अन्तर्गत सहभागी ६ राष्ट्र बिच ४ अँकका साथ दोस्रो स्थानमा रहेको छ। अब नेपाल भोली बिहीबार अमेरिका सँग खेल्नेछ।

Updated by: Raju Gurung

Black Berry अब नेपालमा


भाद्र २ – निजी क्षेत्रको पहिलो दुरसचार सेवा प्रदायक कम्पनी स्पाइस नेपाल (एनसेल) ले नेपालमा ब्ल्याकबेरी सेवा भित्राएको छ । एनसेलले ल्याएको यस सेटको मुल्य ४९ हजार ९ सय ९९ (भ्याट सहित) रुपैया पर्छ । शुरुमै सेटको पुरै मुल्य बुझाउनु पर्छ । कम्पनीले ‘ब्ल्याकबेरी बोल्ड ९७००’ मोडलको सेट ल्याएको हो । त्यसपछि ब्ल्याकबेरीको सेवा प्रयोग गरे बापत मासिक ‘विआईएस’ सेवा प्रयोगकर्ताले १ हजार रुपैया र ‘विईएस’ उपभोक्ताले १ हजार ५ सय रुपैया बुझाउनु पर्छ । विआईएस भनेको सर्वसाधारणले लिने सुविधा हो भने विईएस भनेको कर्पोरेट उपभोक्ताले लिने सेवा हो पढ्नेक्रम जारी राख्नुहोस्

जनमतसंग्रह उत्तम विकल्प


 पूर्वयुवराज पारससँग नयाँ पत्रिका सहकर्मी भुवन शर्माले लिएको विशेष अन्तर्वार्ता
अहिलेको राजनीतिबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यो मेरोभन्दा पनि नेपाली जनताको कुरा हो । नेपाली जनता अहिलेको राजनीतिप्रति सन्तुष्ट छन् भने म पनि सन्तुष्ट छु । जनता खुसी छन् भने म पनि खुसी छु । राजनीति जनताका लागि गर्ने हो र यसले जनतालाई सन्तुष्ट बनाउनुपर्छ । त्यसैले यो जनतालाई सोध्ने प्रश्न हो । पढ्नेक्रम जारी राख्नुहोस्

राजाको फोटो भएका नोट एक वर्षपछि नचल्ने


 काठमाडौ,  राजाको फोटो भएका र अन्य झुत्रा नोट सञ्चय गरिराख्नुभएको छ भने यसै वर्ष साट्नुहोला । अन्यथा राष्ट्र बैंकले सुरु गरेको सफा नोट नीतिअन्तर्गत २०६८ सालदेखि त्यस्ता नोट बजारमा चल्ने छैनन् । सफा नोट नीतिअन्तर्गत २०६७ भित्र यस्ता नोट बैंकमा बुझाई नयाँ नोट लिइसक्नुपर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

बुटवलमा छ्यापछ्याप्ती यौनजोडी


 यौन व्यापार केन्द्रका रुपमा चर्चित भइरहेको बुटवलमा प्रहरीले पक्राउ गरेका केही यौनजोडीका कथा चाखलाग्दा छन् । विदेशमा रहेका श्रीमान्ले पठाएको पैसा पुर्‍याउन आएका श्रीमान्कै साथीसँग सल्किएकी महिला हुन् या घरमा साथीको दिदीको बिहेमा जान्छु भनेर यौन व्यापार गर्न बुटवल जाने किशोरी, यी सबै उदाहरणले एउटै कुरा संकेत गरेका छन्- यौन व्यापार र खुला यौन क्रियाकलाप केन्द्र बनिरहेको छ बुटवल । प्रहरी नायव उपरीक्षक दानबहादुर कार्की इलाका प्रहरी कार्यालय, बुटवल पढ्नेक्रम जारी राख्नुहोस्

बन्दले मुलुकको विभिन्न भाग प्रभावित


दाङ,  संघीय लोकतान्त्रिक पार्टीले आव्हान गरेको आमहड्तालका कारण बुधबार बिहानैदेखि थरुहट क्षेत्रका दाङ लगायत पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा यातायातका साधन चलेका छैनन् । उद्योग कलकारखाना, शिक्षणसंस्था र बजार पनि पूर्णरुपमा ठप्प रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्