Daily Archives: 17/08/2010

नेपाल तान्जानियासँग पराजित


नेपाल आईसीसी विश्व क्रिकेट लिग (डिभिजन-४) मा तान्जानियासँग पराजित भएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले तान्जानियालाई ४७.3 ओवरमा मात्र ११७ रन मै रोकेको थियो जस्मा राहुल बिकले सर्बाधिक ५ विकेट लिन सफल भएका थिए। ११८ रन को लक्ष्यलाई सजिलै समेटने आत्मबिश्वासका साथ ब्याटिङ गर्न उत्रेको नेपाली टीम सुरुवात देखी नै फितलो प्रदर्सन गर्न पुगे। टीमका ओपेनर अनिल मन्डल र मेहबुव आलम दुबै जनाले खाता खोल्नै सकेनन भने ज्ञानेन्द्र मल्ल र पारस खड्काको साझेदारीले नेपाली टीम लाई केही राहत दिएको थियो तर उनीहरु पनि धेरै बेर टिक्न सकेनन। त्यसपस्चात नेपाली ब्याटस म्यानहरु एक पछी अर्को गर्दै पोविलियन फर्कन वाध्य भएका थिए भने ४४.१ ओवरमा पुरै विकेट गुमाइ जम्मा १०८ रन जोडन सकेका थिए अत:नेपालले सिर्फ ९ रनले पराजय भोग्नु पर्‍यो। म्यान अफ दि म्याच एस खलिफा (तान्जानिया)भये। आजको खेलमा नेपाली टीमका ५ जना ब्याटस म्यानहरु (अनिल मन्डल, मेहबुव आलम, सरद भेस्वकर, बिनोद दास र अमृत भट्टराई) ले खाता सम्म खोल्न सकेनन। समग्रमा भन्नु पर्दा नेपाली ब्यटिङ लाइन आज पनि फितलो नै रहयो। नेपालले भोली बुधवार अर्जेन्टिनासँग खेल्नेछ।

Posted by: Raju Gurung

झापा विद्रोहका अगुवाको घरमा एकपछि अर्को पीडा / बाबुले आत्महत्या गरेको चार महिनापछि छोरा पनि झुन्डिए


रमेश समदर्शी, (बिर्तामोड),

 झापा विद्रोहका अगुवा झापा दुहागढी-५ का डिकेन्द्र डिगेन राजवंशीले एमाले पार्टी मुख्यालयमा आत्महत्या गरेको चार महिनापछि उनका छोरा शम्भु राजवंशीले पनि आत्महत्या गरेका छन्। पार्टीको बेवास्ताका कारण झापा विद्रोहका अगुवा राजवंशीले आत्महत्या गरेपछि संकटमा परेको पीडित परिवारको जिम्मेवारी सम्हाल्दै आएका शम्भुले आइतबार दिउँसो आफ्नै घरभित्र झुन्डिएर आत्महत्या गरेका हुन्। आफ्नै पार्टीका नेताहरुको रुखो व्यवहार सहन नसकेपछि झापा विद्रोहका अगुवा राजवंशीले गत वैशाख ४ गते शनिबार एमाले मुख्यालय बल्खुमा झुन्डिएर आत्महत्या गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

उदघाटन गरेकै दिनदेखि नेपालीहरुको बसाई शुरु


नेपाल कोरिया न्युज सम्बाददाता
अन्ततः दक्षिण कोरियामा नेपाल हाउस निर्माण भएको छ । एन आर एन कोरियाद्वारा बिगत केही बर्ष अघि देखि शुरु गरिएको अवधारणा अनुरुप
राजधानी सउलको दोङ्देमुनमा नेपाल हाउसको निर्माण गरिएको हो ।रोजगारीका लागि कोरियामा आई बेरोजगार हुन परेका वा अन्य विविध समस्याहरुका कारण अलपत्र हुन पुगेका नेपालीहरुको हितका लागि निर्माण गरिएको उक्त नेपाल हाउस यहि अगष्ट १५ का दिन एक कार्यक्रम बीच विधिवत उदघाटन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

संबिधान निर्माण र शान्ति प्रकृयाको चाहना पुरा भएको दश बर्षमा नेपाल संपन्न हुने


 रामकुमार श्रेष्ठ

देशको स्थितिलाई देखेर सबै नेपालीमा देखिएको ब्यग्रता र नेपालमा बिद्यमान अथाह प्राकृतिक, मानबीय र सांस्कृतिक श्रोतका कारण संबिधान निर्माण कार्य संपन्न भएको र शान्ति प्रकृया तार्किक निस्कर्षमा पुगेको दश बर्षमा नेपाल एउटा संपन्न मुलुक हुन सक्ने दाबी एउटा कुटनितिकभन्दा बिकाससम्बन्धी कन्सल्ट्याण्टको नाताले गर्न सक्ने कुरा वेलायतका लागि नेपाली राजदूत महामहिम डा सुरेश चन्द्र चालिसेले प्रगतिशील नेपाली समाज वेलायत पाँचौ बर्ष पुरा गरी छैटौं बर्षमा प्रबेश गरेको उपलक्षमा आयोजित एक कार्यक्रममा बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल र तान्जानिया आज भिड्ने


अभ्यास गर्दै अनिल मण्डल ।

आइसीसी काठमाडौ, भाद्र १ – नेपालले आईसीसी विश्व क्रिकेट डिभिजन-४ मा मंगलबार मेडिसिना मैदानमा तान्जानियाको सामना गर्दै छ । पहिलोपल्ट तान्जानियासँग खेल्न लागेको नेपाली टिमको आत्मविश्वास उच्च रहेको छ । आयोजक इटालीलाई आइतबार ५ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको नेपालले प्रतियोगिताको फाइनल पुग्ने टिमका रूपमा आफूलाई प्रस्तुत गरिसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाढीग्रस्त पाकिस्तानमा बान की मुन


इस्लामावाद/ पाकिस्तान भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघ प्रमुख बान की मुनले बाढी प्रभावित जनताको उद्धार सहायताका लागि पाकिस्तानलाई एक करोड अमेरिकी डलर सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । यो रकम संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन कोषबाट व्यहोरिने जनाइएको छ । अब पाकिस्तानका बाढीपीडितका लागि संयुक्त राष्ट्रसंघको सहायता राशि दुई करोड ७० लाख डलर पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्