सहरमा रेबिजको खतरा


गत साता काठमाडौँ अनामनगरमा दिनेश शर्मालाई कुकुरले टोकेपछि रेबिजविरुद्ध खोप लगाउन उनी सहिद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगे । कुकुरले शर्माको खुट्टामा टोकेपछि उनलाई रेबिजविरुद्ध पाँच खोप लगाइयो । मोटरसाइकलबाट झरेलगत्तै भुस्याहा कुकुरले टोकेपछि उनी रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेको बताए । कुकुरले टोक्दा साधारण घाउ मात्र लागे पनि भुस्याहा कुकुरले टोकेकाले सुई लगाउनुपरेको थियो ।

कोटेश्वरमा हिँडिरहेका शैलेन्द्र घिमिरेलाई पनि बुधबार कुकुरले टोकेपछि उनी खोप लगाउन टेकु पुगेका थिए । कुकुरले टोकेको ठाउँमा डाम मात्र भएको र कुनै घाउ नभएकाले उनलाई भने खोप लगाउनु परेन । भन्छन्, ‘कुकुरले टोकेपछि रेबिज लाग्छ भन्ने सुनेको थिएँ, त्यही भएर हतार-हतार सुई लगाउन आएको डाक्टरले कुकुरले टोकेको ठाउँमा घाउ नभएको र नकोतरिएकाले सुई लगाउन नपर्ने बताएपछि खुसी लाग्यो ।’

दिनेश र शैलेन्द्र मात्र होइन अहिले टेकु अस्पतालमा रेबिजविरुद्ध खोप लगाउन दैनिक डेढ सय देखि दुई सयसम्म आउने गरेका छन् । अस्पतालका फिजिसियन डा. वासुदेव पाण्डेका अनुसार राजधानीमा भुस्याहा कुकुरको संख्या बढ्दै गएपछि अस्पतालमा रेबिज सुई लगाउन आउनेको संख्या बढेको हो । उनी भन्छन्, ‘जथाभावी छाडा छाडिएका भुस्याहा कुकुर, बढ्दो सहरीकरण्ा फोहोर-मैलाको समुचित व्यवस्थापन नहुँदा रेबिजको प्रकोप बर्सेनि बढ्दो छ ।’

रेबिज लागिसकेपछि मानिसको मृत्यु हुने भएकाले यसलाई प्राण्ाघातक रोग भनिन्छ । डा. पाण्डेका अनुसार रेबिज बहुला कुकुर, बाँदर र अन्य रेबिज भाइरस भएका जनावरले टोकेमा मानिसमा सजिलै सर्ने गर्छ । साथै, लक्षण्ा देखिएका मानिसले टोकेमा वा आँखामा पर्नेगरी थुकेमा पनि रेबिज सर्छ । कुकुरले टोकेलगत्तै सुई लगाउन आउनेको भीड अस्पतालमा दैनिक बढिरहेको छ ।

अस्पतालको तथ्यांकअनुसार साता दिनमा भुस्याहा कुकुरको टोकाइबाट काठमाडाँैका एक हजारभन्दा बढी पीडित भएका छन् । अस्पताल आउनेमा अधिकांशलाई भुस्याहा कुकुरले टोकेको छ भने केहीमा मात्र घरपालुवा कुकुर र बाँदरले टोकेको पाइएको अस्पतालले जनाएको छ ।

अस्पतालको तथ्यांकअनुसार गएको महिना हजारदेखि १५ सयसम्मको हाराहारीमा रेबिज सुई लगाउने आउँथे भने साउनमा मात्र दुई हजारभन्दा बढी रेबिज सुई लगाउन आइसकेका छन् । अस्पतालमा गत वैशाखमा एक हजार एक, जेठमा हजार १२ र असारमा एक हजार ५७ ले रेविज सुई लगाएको अस्पतालले जनाएको छ ।

वषर्ात्को महिना सुरु भएलगत्तै रेबिजविरुद्ध सुई लगाउन आउनेको संख्यामा वृद्धि भइरहेको छ । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयसम्म सुई लगाउन आउने गरेको अस्पतालका मेडिकल रेकर्डर शम्भु खड्काले जानकारी दिए । उनका अनुसार रेबिज लागिसकेका भने महिनामा दुइजर्नासम्म आउने गरेका छन् । रेविजविरुद्ध सुई अस्पतालमा निःशुल्क लगाउन पाउने भएकाले पनि सुई लगाउन आउनेको भीड बढेको डा. पाण्डे बताउँछन् ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार विश्वमा वाषकिर् ६० हजार मानिसको रेबिजका कारण अकालमा ज्यान जाने गर्छ । तीमध्ये ९० प्रतिशतको हाराहारीमा एसियाका रहेका छन् । नेपालमा पनि करिब एक सयभन्दा बढीको यही रोगबाट मृत्यु हुने गर्छ । त्यसमा पनि अधिकांश सहरी क्षेत्रमा बसोबास गर्ने रहेका छन् । नेपालको ग्रमीण क्षेत्रका तुलनामा सहरी क्षेत्रमा बढी भुस्याहा कुकुर पाइने भएकाले सहरी क्षेत्रका तुलनामा ग्रामीण क्षेत्रमा रेविज समस्या कम रहेको छ ।

रेबिज के हो ?

रेबिज भनेको जनावारद्वारा मानिसमा सर्ने प्राणघातक रोग हो । यो रोगलाई हाइड्रोफोबिया पनि भन्ने गरिन्छ । यो रोग लागेपछि पानीबाट डराउने भएकाले पानीदेखि डराउने रोगसमेत भन्ने गरिन्छ । यो रेबिज भाइरसका कारण हुने रोग हो । रेबिज भाइरसले ग्रसित कुकुर, बाँदर, मुसा तथा अन्य जनावरले मानिसलाई टोकेपछि वा कोतरेपछि यो रोग लाग्ने गर्छ । रेबिज लागेपछि मानिसको केन्द्रीय स्नायु प्रण्ाालीमा असर गर्छ ।

रेबिज भाइरस मानिसको शरीरमा प्रवेश गरेपछि यसले बिस्तारै दिमागमा गएर असर पार्छ । कुकुर तथा अन्य जनावरले टोकेको ठाउँबाट दैनिक एक मिलिमिटरका दरले भाइरस मानिसको दिमागमा जाने गर्छ । दिमागमा भाइरस पुगेपछि मानिसको मृत्यु हुने गर्छ ।

नेपालमा देखिएका अधिकांश व्यक्तिमा कुकुरको टोकाइका कारण रेबिज लागेको पाइएको छ । त्यसकारण यसबाट बच्न कुकुरदेखि टाढा रहनुपर्ने चिकित्सकको सुझाव छ । कुकुर तथा रेबिज भाइरस लागेका जनावरले टोकेपछि अवस्था हेरेर तीनदेखि पाँचपटक रेबिज सुई लगाउनुपर्ने हुन्छ ।

रेबिजका लक्षण

मानिसमा रेबिज लागेको छ भने सबैभन्दा पहिले उसलाई कुकुर तथा जनावरले टोकेको ठाउँमा झमझमाउन थाल्छ । मानिसमा रुघाखोकीसहित ज्वरो आउने, टाउको दुख्ने तथा थकाइ लाग्ने समस्या देखापर्छ । रेबिज भनेको नै पानीबाट डराउने रोग भएकाले यो रोग लागेको मानिस पानीदेखि डराउने गर्छ । साथै, घाम तथा हावासँग पनि डराउन थाल्छ । रेबिजको जोखिमपूर्ण अवस्थामा भने मानिसमा प्यारालाइसिस हुने, श्वासप्रश्वासमा समस्या आउने गर्छ ।

रेबिजको रोकथाम तथा नियन्त्रण

रेबिज नियन्त्रण्ाका लागि सहरी क्षेत्रमा छाडा छाडिएका बहुला कुकुरलाई नियन्त्रण्ा गर्ने आवश्यक रहेको छ । डा. पाण्डेका अनुसार सहरमा छ्यापछ्याप्ती पाइने भुस्याहा कुकुरलाई नियन्त्रणमा नलिईकन काठमाडौँ तथा अन्य क्षेत्रमा रेबिज रोकथाम गर्न असम्भव छ । त्यस्तै, मन्दिरछेउछाउमा देखिने बाँदर नजिस्क्याउने तथा सकेसम्म बाँदरछेउछाउमै नपर्दा केही समस्या समाधान हुन सक्छ ।

घरपालुवा कुकुरलाई नियमित रेबिजविरुद्ध खोप लगाउनु, रेबिज विषयमा सबैलाई जानकार बनाउनु आवश्यक रहेको छ । रेबिजबाट बढीभन्दा बढी बच्चा प्रभावित हुने भएकाले बच्चालाई कुकुर तथा अन्य घरपालुवा जनावरछेउछाउमा सकेसम्म नराख्नु नै राम्रो हुन्छ ।

उपचार

कुकुर तथा अन्य जनावरले टोके वा कोतरेलगत्तै रेविजविरुद्ध खोप लगाइहाल्नुपर्छ । डा. पाण्डेका अनुसार कुकुर तथा जनावरले टोकेको वा कोतरेको ठाउँमा रेविजविरुद्ध खोप लगाउनुपूर्व साबुनपानीले १० मिनेटसम्म सफा गर्नुपर्छ । कुकुर तथा जनावरले टोके वा कोतरेको अवस्था हेरी मानिसलाई तीनदेखि पाँचपटकसम्म रेविविरुद्ध खोप लगाइन्छ । खोप पाखुरा तथा शरीरका अन्य भागमा लगाइने गरिन्छ । रेबिज खोप टेकु अस्पतालमा निःशुल्क लगाइने गरिएको छ । साथै, बहुला कुकुरले नै टोकेको छ र उक्त कुकुर पूर्ण रूपमा भाइरसग्रस्त हो भने त्यस्ता कुकुरले टोकेको मानिसलाई इन्डलोबिलियन दिनुपर्छ । यो भनेको त्यस्ता कुकुरले मानिसको जुन स्थानमा टोकेको छ, त्यही स्थानमा खोप लगाउनु हो ।

कुकुरले किन टोक्छ ?

कुकुरलाई नजिस्क्याईकन मानिसलाई टोक्दैन । तर कुनै पनि कार्य नगरी वा कुकुरलाई नजिस्क्याईकन कुकुरले सीधै मानिसलाई टोक्छ भने त्यो कुकुरमा रेबिज भाइरसले आक्रमण गरेको हुन सक्छ । रेबिज भाइरसले आक्रमण गरेको कुकुरले सामान्य अवस्थामा पनि मानिसलाई टोक्छ ।

भाइरस लागेका कुकुरको दिमागमा असर पर्ने भएकाले सामान्य अवस्थामाभन्दा कुकुर बढी हिंस्रक हुन्छन् र यिनीहरूले आफ्नो छेउछाउमा जे देखे पनि टोक्ने चिथोर्ने गर्छन् ।

रेबिज भाइरसले सीधै कुकुरको दिमागमा असर गर्दा कुकुर बौलाउने, र्‍याल काढिरहने, याताउता हिँडिरहने गर्छन् । यस्तो अवस्थामा कुकुरअगाडि जे छ त्यसलाई आक्रमण गर्ने भएकाले कुकुरले टोक्ने गर्छ । भाइरस लागेको कुकुरको दिमागमा रहेका भाइरस र्‍यालमा प्रशस्तै मात्रामा रहने भएकाले मानिसलाई टोक्दा रेबिज लाग्ने गर्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.