Daily Archives: 16/08/2010

Nepali maid throws baby from 7th floor


KUWAIT CITY, Aug 15: Securitymen have unraveled the mystery behind the corpse of a baby found in Farwaniya Friday.

After conducting intensive investigations, police discovered the baby belonged to a Nepalese woman, identified as Del Komari, who confessed to securitymen that she threw the baby from the seventh floor of a building immediately after giving birth. पढ्नेक्रम जारी राख्नुहोस्

सहरमा रेबिजको खतरा


गत साता काठमाडौँ अनामनगरमा दिनेश शर्मालाई कुकुरले टोकेपछि रेबिजविरुद्ध खोप लगाउन उनी सहिद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगे । कुकुरले शर्माको खुट्टामा टोकेपछि उनलाई रेबिजविरुद्ध पाँच खोप लगाइयो । मोटरसाइकलबाट झरेलगत्तै भुस्याहा कुकुरले टोकेपछि उनी रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेको बताए । कुकुरले टोक्दा साधारण घाउ मात्र लागे पनि भुस्याहा कुकुरले टोकेकाले सुई लगाउनुपरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको कमजोर दाबेदारी


काठमाडौं/ आइसिसी वल्र्ड डिभिजन-४ को दाबेदार टोली मानिएको नेपालले आइतबार इटालीलाई हराउन निकै मिहिनेत गरेको छ । ब्याट्सम्यानले पुनः एकपटक कमजोर ब्याटिङ प्रदर्शन गर्दा नेपालले ७२ रनको लक्ष्य पार गर्न पनि २५ ओभर कुर्नुपर्‍यो । इटालीलाई ७१ रनमा रोकेको नेपालले सो लक्ष्य सहजै पार गर्ने अनुमान गरिएको थियो । तर, इटालीको कसिलो तथा अनुशासित बलिङले गर्दा नेपालले चाहेकोजस्तो जित हात पार्न सकेन । पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनीमा विदेशी लगानीका ठूला होटल


माधव ढुंगाना                    
 भैरहवा , श्रावण ३१ –  पर्यटक आगमन वृद्धिसँगै लुम्बिनीमा आधुनिक होटल निर्माण बढ्न थालेको छ । पछिल्लो समयमा यहाँ होटेल तथा रेस्टुराँ खोल्न विदेशी लगानीकर्ता आकषिर्त भएका छन् । जापानी लगानीमा दुई र श्रीलंकाली लगानीमा एक होटल निर्माण भएर सञ्चालनको तयारीमा छन् । चिनियाँ लगानीमा पाँचतारे होटल थप्ने योनजासमेत रहेको व्यवसायीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

विमानस्थलमा नयाँ राडार जडान गरिने


शिला पाण्डे                    
काठमाडौ, श्रावण ३१ – आगामी फागुनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ राडर जडान हुने भएको छ । राडार जडानको तयारीका लागि अन्तर्राष्ट्रिय  नागरिक उड्डयन संगठन (आईकाओ) का दुई विज्ञको टोलीले प्रारम्भिक अध्यन गरिरहेका छन् । टोलीमा आईकाओका ‘कम्युनिकेसन नेभिगेसन सर्भिलेन्स’ र एयर ट्राफिक व्यवस्थापनका एक-एक विज्ञ रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बोकेदारीकी हिरोइन मेलिना


 बोकेदारीले निर्देशन गरेको फिल्म बस नं. १३६ मा नायिका मेलिना मानन्धर उनको जोडी बनेकी छिन्

काठमाडौं/ हास्यगायक तथा अभिनेता श्रीकृष्ण लुइँटेल बोकेदारी फिल्म निर्देशनमा पनि उत्रिएका छन् । उटपट्याङ गीत गाएर तथा बोकाको जस्तो दारी पालेर चर्चित भएका उनले टेलिशृखला त निर्देशन गरेका थिए । तर, ठूलो पर्दाको फिल्म भने पहिलोपटक निर्देशन गरेका छन् । फिल्मको नाम छ, बस नं. १३६ ।

सानो पर्दामा कमेडी सिरियलको बाढी आए पनि ठूलो पर्दामा भने कमेडी फिल्म विरलै बन्ने गर्छन् । सम्झना फिल्मस्को ब्यानरमा भूपेन्द्र लिङदेन ‘मन्त्री’ प्रस्तुतकर्ता रहेको यस फिल्मको लेखन, गीत, संगीत, निर्देशन अनि मुख्य अभिनय पनि श्रीकृष्ण आफैँले गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्