Daily Archives: 15/08/2010

शब्दाडम्बर


पत्रपत्रिका

नचाहिने शब्दको भारी वाक्यलाई कहिल्यै नबोकाउनुहोस्। त्यसले भनाइलाई बोझिलो र प्रभावहीन पार्छ:

• मैले तीन महीनाको अवधिमा १२ जनाको अन्तर्वार्ता लिएँ।
‘तीन महीना’ भनेकै अवधि हो। त्यसैले ‘तीन महीनामा’ मात्र भने पुग्छ। पढ्नेक्रम जारी राख्नुहोस्

नचल्ने ‘नि:शुल्क फोन’


केदार ओझा, काठमाडौ

श्रावण ३०  -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा नेपाल टेलिकमले एउटा नि:शुल्क सार्वजनिक टेलिफोन राखेको छ । तर त्यो टेलिफोनको ‘रिसिभर’ विगत छ महिनाभन्दा बढी समयदेखि बिग्रेको छ । नीलो ठूलो सूचना पार्टीमा ‘नेपाल टेलिकम, फ्री लोकल कल’ लेखिएको देखेर अधिकांश नेपाली यात्रुहरूले अन्तिम पटक घर र साथीहरूलाई फोन गर्ने प्रयास गर्छन्, तर असफल हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

जानकी मन्दिरका पुजारीमाथि गोली प्रहार


कान्तिपुर संवाददाता,

 जनकपुर, श्रावण ३० २०६७ -जनकपुरको जानकी मन्दिरका पुजारी नारायण दासमाथि आइतबार साँझ अपरिचित समूहले गोली प्रहार गरेका छन् । गोलीको छर्रा लागेर दास बेहोस भएका छन् ।

नजिकै प्रहरीको सुरक्षा तथा भक्तजन रहेकै बेला पुजारीमाथि गोली प्रहार गरिएको हो । मन्दिरभित्रबाट बाहिर निस्कनेक्रममा दासमाथि गोली प्रहार भएको प्रहरी प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

नेपाल इटाली सँग भिड्दै, भोली अमेरिका सँग


काठमाडौ, श्रावण ३० २०६७
इटालीमा शनिबारदेखि सुरु भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ का तीनै उद्घाटन खेल बर्षाको कारण रद्द भए । नेपाल र अमेरिका, तान्जानिया र अर्जेन्टिना तथा इटाली र कायमन द्वीपबीचको खेल बर्षाका कारण सम्भव भएनन् । नेपाल र अमेरिकाबीच पियनोरामा भएको खेल १४ ओभरसम्म मात्र सम्भव भएको थियो । अमेरिकाबाट पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले २ विकेट गुमाएर ५१ रन जोडेको थियो । नेपालका अनिल मण्डल ३८ तथा कप्तान पारस खडका १० रनमा अविजित रहे । अनिलले ४८ बलको  सामना गर्दै तीन चौका प्रहार गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

प्रबाशका आमा


अन्जु ढकाल, हाल: इजरायल

सधै झैँ म आज पनि आइसक्रिम खाने मनशाय लिएर म्याकडोना पसे |एउटा आइसक्रिम लिएर म्याकडोना बाहिर निस्के अनि आइसक्रिम खादै आवतजावत गरिरहेकका मानिसहरु हेर्न थाले|

त्यस्तै आहोरदोहोर गरिरहेका मानिसहरुका कति नजरमा म परे कतिका नजरमा परिन कति अनुहारमा मैले नजर पुर्याए त कतिका अनुहारमा मैले नजर पुर्याइन पनि|धेरै जसो मानिसहरुको छुट्टि यहि दिन पर्ने हुनाले शुक्रबार यो शहरमा कति धेरै मानिसहरु छुट्टी मनाउन आउछन त्यसको त लेखेजोखा नै छैन| पढ्नेक्रम जारी राख्नुहोस्

वेष्टर्न युनियनको परिचयात्मक कार्यक्रम (अगष्त २०१०)


१३ अगष्त २०१० का दिन, होटल एसिया-एसियामा Western Union Money Transfer ले कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुसँग एक परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । दुबई देखी आउनु भएका दुबई प्रतिनिधि लोकनाथ सुवेदीको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका केही झलकहरु फोटोमा…  पढ्नेक्रम जारी राख्नुहोस्