एक छिन हासौ !!!


१) एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर “हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन” भनेर समाचार छापेछ’, भोली पल्ट देखी त्यो सम्पादकलाई समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर फोनमा धम्की आउन थालेछ, सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ, र भोली पल्टको पत्रीकामा समाचार छापेछ “हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन”।

***  
 
२) युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुसेछ । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँ बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन, एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थालेछ । त्यो देखेर एउटी केटीले सोधेछ : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..बुढीले भनेछ : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।

***

३) शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ? राम : ३ प्रकारको सर, शिक्षक : स्याबास, अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त? राम : सर, मैले हिजो तपाईंको छोरीलाई देखेको थिए, आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।

***

४) एउटा केटीले आफ्नो दिदी सँग सोधेछन : दिदी यो दुल्हा भनेको के हो ? दिदी : दुल्हा सँग बिहा गरिन्छ, यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ । बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ? दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।

***

५) स्वास्नी : हिजो तपाईं धेरै पिएर भएर ढलमा लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

One response to “एक छिन हासौ !!!

  1. ahhahahhaha really nice jokes i like…keep continue….okay.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.