Daily Archives: 14/08/2010

Western Union Money Transfer को परिचयात्मक कार्यक्रम कुवेतमा सम्पन्न


जय आले, कुवेत

१३ अगष्त २०१० को दिन, कुवेतको मालियास्थित एसिया एसिया होटलमा Western Union Money Transfer ले कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरु सँग एक परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । दुबईबाट आउनु भएका Western Union Money Transfer का दुबई प्रतिनिधि श्री लोकनाथ सुवेदीले सो कार्यक्रमको आयोजना गर्नु भएको हो । जसमा Western Union Money Transfer कुवेतकी प्रतिनिधि मेडम भेन्जीको समेत उपस्थिती रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कुबेत आउने अधिकांशको किर्ते प्रहरी रिपोर्ट


लोकमणि राई,

काठमाडौ, श्रावण २९ २०६७  –  वैदेशिक रोजगारका लागि कुबेत गएका ९२ प्रतिशत नेपालीका प्रहरी रिपोर्ट नक्कली रहेको खुलेको छ । कुबेतका लागि नेपाली राजदूत मधुवन पौडेलले करिब ३ साताअगाडि छानबिनका लागि पठाएकामध्ये ९२ प्रतिशत रिपोर्ट नक्कली भएको प्रहरी छानबिनले देखाएको हो ।

दिल्ली र नेपालबाट अपराधिक गिरोहले बनाउने ती रिपोर्टमा लेटर हेड,छाप र हस्ताक्षर नक्कली छन् । प्रहरी रिपोर्टमा परराष्ट्रले हान्ने छाप र हस्ताक्षरसमेत नक्कली छन् । वैदेशिक रोजगारिका लागि जाने मानिसले प्रहरीको चालचलन शाखाबाट ‘पुलिस क्लिअरेन्स रिपोर्ट’ लिनुपर्छ । उक्त रिपोर्ट परराष्ट्रले प्रमाणित गर्नुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

एक छिन हासौ !!!


१) एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर “हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन” भनेर समाचार छापेछ’, भोली पल्ट देखी त्यो सम्पादकलाई समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर फोनमा धम्की आउन थालेछ, सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ, र भोली पल्टको पत्रीकामा समाचार छापेछ “हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन”।

***  
 
२) युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुसेछ । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँ बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन, एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थालेछ । त्यो देखेर एउटी केटीले सोधेछ : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..बुढीले भनेछ : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ । पढ्नेक्रम जारी राख्नुहोस्

मोबाइलको कुप्रभाव


सन् १९६० को दशकदेखि नै मोबाइल फोन तथा ताररहित प्रविधिले क्यान्सर गराउन सक्ने चर्चा विभिन्न तहमा चल्दै आएको छ । ताररहित प्रविधिले उत्पन्न गर्ने समस्याहरूमध्ये मस्तिष्कमा ट्युमरको विकासले विशेष महìव पाउने गरेको छ । युरोपियन युनियनको वातावरण संरक्षण एजेन्सीको सन् २००७ ले भनेको थियो- सेल फोन प्रविधिबाट उत्पन्न सङ्कट एस्बस्टस, धूमपान तथा पेट्रोलमा सिसाको मिसावटबाट उत्पन्न भइरहेको समस्या सरह छ । पढ्नेक्रम जारी राख्नुहोस्

पाकिस्तानका बाढीपीडितलाई एक करोड रुपियाँ बराबरको सहयोग


काठमाडौँ, साउन २८ गते
पाकिस्तानमा बाढी पहिरोका कारणले गर्दा लाखौँको सङ्ख्यामा त्यहाँका नागरिक विस्थापित भइरहेको र ठूलो परिमाणमा जनधन क्षति भएको प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारको तर्फबाट एक करोड रुपियाँ बराबरको सहायता प्रदान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

‘मार्केट’मा चलेका केही हल्ला


– दीपक

– शंकर पोखरेलजीहरू लगायतका एमाले युवा साथीहरूको तर्क आयो,- “माधव नेपालको सरकारले राजिनामा दिएर देशमा समस्या निम्तियो, राजिनामा नदिएको भए यस्तो समस्या नै आउने थिएन।राजिनामा दिनाले देशले निकास पाएन। देशले प्रधानमन्त्री पाएन। यस्तो अवस्थाको सृजना हनुको कारण नै उहाँको राजीनामा हो। आदि आदि” पढ्नेक्रम जारी राख्नुहोस्