Daily Archives: 13/08/2010

कुरागरे दिक्क, नगरे खसखस


यसो विहान चिया पसलतिर पुगेको थिए। टेवलमा बसेर चियाको चुस्कि लिईरहेका २ जना महानुभाव प्रधानमन्त्रीको निर्वाचनको ’boutमा गफ्फिईरहेका थिए। पहिलोले प्रश्न गरे–आज के होला हं? दोस्रोले करिव पांच मिनेटको राजनीतिक विष्लेशण सुनाउंदै मधेसी मोर्चा र एमालेको निर्णय परिर्वतन हुने छांट नदेखिएकाले आज पनि प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल र रामचन्द्र पौडेलमध्ये कसैले बहुमत ल्याउन नसक्ने निष्कर्ष सुनाए। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मदिराजन्य विज्ञापन प्रसारण गर्न माग


काठमाडौं, २५ साउन

नेपाली विज्ञापन संघ (आन) ले मदिराजन्य विज्ञापन प्रसारण गर्न पाउनुपर्ने माग गरेको छ । कुनै निश्चित समय तोकी विज्ञापन प्रसारण गर्न पाउनुपर्ने माग संघको छ । सरकारले ८ वर्षअघिदेखि मदिराजन्य पदार्थ तथा चुरोटको विज्ञापन विद्युतीय प्रसारणमा रोक लगाएको छ । बालबालिका तथा विद्यार्थीवर्गमा असर नपर्ने गरी रातको ९ बजेपछि मदिराजन्य विज्ञापन बजाउन माग गरिएको आनका अध्यक्ष निर्मलराज पौडेलले बताए । “प्राइम टाइम र समाचारको अवधि तथा सूचनामूलक कार्यक्रम प्रसार अवधिबाहेक रातिको समयमा बज्दा कुनै असर नपर्ने र व्यवसायी, विज्ञापन एजेन्सी तथा मिडिया सबैलाई यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले प्रसारणको माग गरिएको हो,”  पौडेलले भने । पढ्नेक्रम जारी राख्नुहोस्

यौन आचरणमा परिवर्तन


२५ देखि ३० वर्षअघि मानिसहरूको यौनआचरण एकदम भिन्न थियो । अहिले विभिन्न प्रविधिका कारण मानिसहरूले यौनको आनन्द लिन विपरीत लिंगीलाई सामुन्ने नै पाउनुपर्छ भन्ने छैन । 

अहिले विपरीत सेक्सभन्दा साइबर सेक्सले बढी चर्चा पाएको छ । यस्तो चर्चाको कारण साइबर सेक्समा रमाउनेहरूको संख्या बढ्दै जानु हो । दुई दशकअघिसम्म शून्यमा रहेका साइबर सेक्स गर्ने व्यक्तिहरूको  संख्या अहिले २ करोड ५० लाख नाघेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

व्यस्त सडकमा मानव टाउको


म्याग्दी, साउन २८। शुक्रबार दिउँसो सदरमुकाम बेनीको व्यस्त न्युरोडमा मानव टाउको भेटिएको छ। प्रत्यक्षदर्शीका अनुसार पौने ११ बजे एउटा कुकुरले शरीर नभएको टाउको ल्याएर सडकमा छाडेको थियो। अनुहार नचिनिने सो टाउको घाँटी रेटेर शरीरबाट छुट्याइएको अवस्थामा रहेको छ। सो टाउको कम्तिमा डेढ महिनाको बच्चाको भएको प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

ग्याँस लिक भएर आगलागी हुँदा माओवादी सभासद गम्भीर घाइते


काठमाडौं, साउन २८ । खाना पकाउने ग्याँस लिक भएर आगलागी हुँदा एकीकृत नेकपा माओवादीकी सभासद रामकुमारी यादव गम्भीर घाइते भएकी छिन् । ग्याँस चुहिएपछि सिलिण्डर बन्द गर्न जाँदा विहान तीन बजे तिर उनको शरिर जलेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

साउदी अरेवियामा भएको सडक दुर्घटनामा झापाका इन्द्रबहादुर राईको मृत्यु


साउदी अरेविया, २८ साउन। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका झापाका एक युवकको सडक दुर्घटनामा परी मृत्यु भएको छ।
रियादमा भएको सवारी दुर्घटनामा धुलाबारीका ३१ वर्षीय इन्द्रबहादुर राईको गत मङ्गलबार मृत्यु भएको उनका दाजु चन्द्र राईले बताउनुभयो। पढ्नेक्रम जारी राख्नुहोस्

मुस्लिम धर्म ग्रहण गरेर पूजा लामा बनिन् आम्ना फारुकी


विदुर खतिवडा,
नायिका, मोडल तथा गायिकाको परिचय बनाएकी पूजा लामाले धर्म परिवर्तन गरेकी छिन् । बुद्धिस्ट परिवारमा जन्मिएकी पूजा दुई महिनाअघि मुस्लिम भएकी हुन् । दुई महिनाअघि उनी कतार, दोहाबाट नेपाल  फर्किएकी थिइन् । अभिनय, गायन तथा मोडलिङजस्ता विविध क्षेत्रमा स्थापित पूजाले बुद्ध धर्ममा खोट देखेर धर्म परिवर्तन गरेको नभै मुस्लिम धर्मका धेरैवटा राम्रा पक्ष देखेर धर्म परिवर्तन गर्ने निर्णय लिएको  साप्ताहिकलाई बताइन् ।  

२८ वर्षीया पूजा लामा विभिन्न कारणले चर्चामा आइरहन्छिन् । प्रतिभा त छँदैछ, त्यसबाहेक अन्य स्क्यान्डलहरूले पनि पूजा लामालाई समाचारमा ल्याइरहेको हुन्छ । आत्महत्याको प्रयासदेखि सेक्स  स्क्यान्डलसम्मका घटनाले उनलाई चर्चामा ल्याएका छन्, तर सबै घटनामा स्पष्ट भएर वास्तविकता बताउन तयार हुने पूजा आफ्नो निजी जीवनको यो मोडसम्म आइपुग्दा चर्चामा आउने रुचि नभएको बताउ ँछिन् । पढ्नेक्रम जारी राख्नुहोस्

अब अश्लील साइट ब्लक


योगेश खतिवडा,

काठमाडौ, श्रावण २८ २०६७ ०९:२४ – इन्टरनेटको अश्लील साइटमा रमाउनेको संख्या अस्वाभाविक रूपमा बढेपछि सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो ।

अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता दृश्य आउने सबै प्रकारका साइट ुब्लकु गर्ने तयारी गरेको हो । मुलुकमा ४१ आईएसपी कम्पनी, नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्यवस्था लागू हुनेछ । टेलिकमले एडीएसएल र जीपीआरएस तथा एनसेलले जीपीआरएस इन्टरनेट सेवा दिँदै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्