Daily Archives: 12/08/2010

फेवाताल बचाउन मासिक एक हजार


पर्यटकीय नगरी पोखराको फेवाताल बचाउने नाममा खुलेका दर्जनौं सरकारी तथा गैरसरकारी संस्थालाई चुनौती दिँदै एक होटल व्यवसायीले मासिक १ हजार रुपैयाँ लेबी बुझाउने घोषणा गरेका छन् । पोखराको मुख्य आकर्षण फेवाताल दिनप्रतिदिन प्रदूषित र अतिक्रमित बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै लेकसाइडस्थित होटल एबीसीका सञ्चालक हरिकृष्ण पहारीले ताल संरक्षणका लागि लेबी दिने स्वेच्छिक घोषणा गरेका हुन् ।
उनले साउन १ देखि मासिक १ हजारका दरले १ वर्षको एकमुष्ट १२ हजार रुपैयाँ पश्चिमाञ्चल होटल संघमा बुझाएको बताए । यो रकम विश्व विकास बैंक बैदाम शाखाको फेवाताल संरक्षण कोषको खातामा जम्मा भएको संघले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मेलिनाको मुल्याङकनमा नेपाली हिरो


imageनेपाली हिरोमा राजेश हमाल मलाई सबभन्दा बौद्धिक र चरित्रवान लाग्छन् भने भुवन केसी अब्बल अभिनेता ।  दिलीप रायमाझी नृत्यमा पारंगत छन् । निखिल उप्रेती नम्र र शिष्ट छन् ।  

मेलिना मानन्धर, कलाकार

दुई दशकदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशील छु । यस अवधिमा करिब पाँच दर्जन फिल्ममा अभिनय गरे । अभिनयका क्रममा नयाँ, पुराना गरी दर्जनभन्दा बढी नायकसँग काम गर्ने अवसर पाएँ । मेरो पहिलो फिल्म थियो- पि्रयसी । ०४८ मा बनेको थियो, फिल्म । यसमा मेरा नायक थिए, किरणप्रताप केसी । पढ्नेक्रम जारी राख्नुहोस्

बुद्ध’bout सिर्जित बिस्वब्यापी भ्रम निवारण‏को लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र


रामकुमार श्रेष्ठ, UK

हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन भन्ने स्पस्ट भैसकेको देखिन्छ अधिकांश देशका पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएको, बुद्धको जन्म स्थान जाने भनेर बर्षेनी हजारौं पर्यटक भारतद्धारा निर्मित नक्कली लुम्बिनीमा पुर्याइएको, बिस्वका प्रतिष्ठित अन्तरराष्ट्रिय ब्लगहरुमा रिङपोछे तथा बुद्धका बिषयमा लेख्ने लेखहरुद्धारा नै पनि बुद्धलाई भारती रुपमा परिचय दिएका अनगिन्ति उदाहरणले गर्दा । कपिलबस्तु दिवस अभियान शुरु गरेपस्चात गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउनेलाई नेपाल देखाउने बनाउने, पढ्नेक्रम जारी राख्नुहोस्

इराक सम्बन्धमा नेपाली राजदूतावास कुवेतले जारी गरेको “प्रेस बिज्ञप्ती”


इराकमा काम गर्ने र काम गर्न जान चाहनु हुने नेपाली कामदारहरुको सुरक्षा एवं संरक्षण सम्बन्धमा नेपाल सरकारबाट भएका निर्णयहरु स्पष्ट पार्दै, नेपाली राजदूतावास कुवेतले आज १२ अगष्त २०१० मा एक प्रेस वक्तव्य जारी गरेको छ । नेपाली राजदूतावास कुवेतले जारी गरेको प्रेस वक्तव्य पूर्णरुपमा हेर्नको निम्ती तलको लिंकमा क्लिक गर्नुहोस् ।

Press Release_Embassy of Nepal, State of Kuwait

चुक्तै छन् युवा पुस्ता


काठमाडौ, श्रावण २७ – ठूलो संख्यामा युवा पुस्ताको राजनीतिमा प्रतिनिधित्व छ । राजनीति र अन्य क्षेत्रमा सक्रिय युवाको कमी छैन । यति हुँदा हुँदै पनि युवाले अवसर, बेरोजगारी र रचनात्मक गतिविधिलाई एजेन्डा बनाउन सकेका छैनन ।  सभाषद गगन थापाले सिर्जनात्मक ढंगले दलभित्र प्रतिनिधित्व हुन नसक्दा युवाको मुद्दा राष्ट्रिय एजेन्डामा पर्न नसकेको बताए । बरिष्ठ नेतासँग टाँसिएर राजनीति गर्नुपर्ने अवस्थाले स्वतन्त्र भूमिका खेल्न नसकिएको स्वीकारे । पढ्नेक्रम जारी राख्नुहोस्

गाडीभन्दा जहाज सस्तो


                  
 खोटाङ,  बढी खर्च लाग्ने डरले हवाईजहाजको सट्टा गाडीमा हुइँकिनेहरू धेरै छन् । खोटाङवासीका हकमा भने गाडीको भन्दा हवाईजहाजको यात्रा सस्तो पर्छ भन्दा अनौठो लाग्न सक्छ । तर वास्तविकता यही हो । राजधानी, क्षेत्रीय कार्यालय वा अञ्चल कार्यालय जानुपर्‍यो भने खोटाङवासी हवाई यात्रै रोज्छन् ।

जिल्लाको तीन विमानस्थलमध्ये लामिडाँडाबाट काठमाडौं पुग्न नेपाल वायुसेवा निगमको जहाजमा २ हजार २ सय सय रुपैयाँ लाग्छ । त्यस्तै सीता एयरको जहाजमा २ हजार ३ सय रुपैयाँ लाग्छ । दुवै जहाजबाट ३० मिनेटमा काठमाडौं पुगिन्छ । विराटनगर जानुपरे १ हजार ४ सय ९५ तिरेपछि २५ मिनेटमा पुगिन्छ ।      पढ्नेक्रम जारी राख्नुहोस्