Daily Archives: 11/08/2010

नेपाली एकता समाज मलेशियाको बैठक सम्पन्न


योगेन्द्र योगेन, मलेशिया 

निलाई नेपाली एकता समाज मलेशियाको यहि मिति ०९/०८/२०१० को दिन बैठक सम्पन्न भएको छ । आफनो कार्यक्रमलाई निरन्तरता दिंदै आएको नेपाली एकता समाजले बिभिन्न व्यक्तीहरुलाई सहयोग गर्दै आएको छ । यसै सिलसिलामा आफ्नो ३ वर्षे कार्यावधी पुरागरी नेपाल फर्कनु हुने नेपाली एकता समाजका सम्पूर्ण सदस्यहरुलाई बिदाई कार्यक्रमको आयोजना गरिने भएको छ । साथै नयाँ पदपूर्तिको लागी नयाँ कार्य समिति चयन गरीएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आपतकालीन सेवाका गाडी स्वास्थ्यमन्त्रीको परिवारद्वारा भाडाका यात्रु बोक्न प्रयोग


बारा, स्वास्थ्य सेवा विभागको ‘महामारी पूर्वतयारी तथा रेपिड रेस्पोन्सका लागि मात्र’ भनेर लेखिएको गाडी स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको परिवारले भाडाका यात्रु बोक्न प्रयोग गर्ने गरेका छन् ।

विभागको बा१झ ८३५३ नम्बरको सरकारी पिकअप भ्यान बाराका गाउँगाउँमा धुलो उडाउँदै भाडाका यात्रु बोकेर कुद्ने गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रमादान करीम(रमादानको शुभ-कामना)


केदार नाथ खरेल-खैतान

सम्पूर्ण नेपाली मुसलमान तथा गैर मुसलमान दाजु भाई तथा दिदीवहिनीहरुमा रमादान पर्वको पावन अवसरमा सु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै अल्लाह (ईश्वर)सँग कुशलताको लागि प्रार्थना गर्दछु ।

संसार भरिका मुसलमानहरुका लागि रमादान पर्वको शुभ दिन यस वर्ष २०१० अगष्त ११ बुधवारको दिन परेको छ । जब मुहम्मद सल्लल्लाहु अलैही व सल्लमलाई धर्मका खातिर दुश्मनहरुले अत्यधिक सताउन थाले पछि वहाँ र वहाँका अनुयायी समेत मक्काबाट मदिना तर्फ हिजरत(प्रस्थान) गरेर मदिना गएको दुई बर्ष पछि देखि लागु भएको हुनाले रोजा(व्रत) सन् दुई हिजरीबाट लागु गरिएको भन्ने प्रमाण इतिहासकारहरु बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

सर्पले तीन सन्तानलाई टोक्यो, पैसाको अभावले उपचार भएन र मारिए


नेपालगन्ज,सर्पको टोकाइले नेपालगन्ज नगरसँग जोडिएको कालिकागाउँमा एकै परिवारका तीन दाजुबहिनीको मृत्यु भएको छ। एउटै ओच्छ्यानमा सुतेका १२ वर्षीय राजेश खटिक, नौ वर्षीया उषा र सात वर्षीया मनीषालाई मंगलबार बिहान ३ बजे सर्पले टोकेको थियो। छोराछोरीलाई उपचारका लागि अस्पताल पुर्‍याउन पूर्व कमैया दुःखीराम खटिकसँग रिक्सा भाडा पनि थिएन। घरमा एक रुपैयाँ पनि नभएकाले चिनेको पल्लो गाउँको एक रिक्सावालाको घरमा सर्पले टोकेका तीन सन्तानलाई हिँडाउँदै लगेका थिए।
पढ्नेक्रम जारी राख्नुहोस्

कन्यादानकी कन्या


आफूले गरेको कामको प्रतिक्रिया जान्ने हतार जसलाई पनि हुन्छ । तर, नवनायिका कञ्चन रेग्मीले भने चाहेर पनि आफ्नो कामको प्रारम्भिक तारिफ सुन्न पाइनन् । ‘काम त गरेँ तर दर्शकको प्रतिक्रिया सुन्ने हुटहुटी रहिरह्यो मनमा,’ हाल मोफसलका हलमा प्रदर्शनरत शोभित बस्नेतको कन्यादान फिल्मबाट नायिका बनेकी कञ्चनले भनिन्, ‘फिल्म हिट भएको खबर अस्टे्रलियामै सुनेँ । कति वेला काठमाडौं पुगौँ भयो । तर, आफूले चाहेकोजस्तो कहाँ हुदो रहेछ र ?’

केही महिनाअघिदेखि अस्टे्रलियामा रहेकी कञ्चन आफू नायिका भएको पहिलो फिल्म कन्यादानको रिपोर्ट बुझ्न र दर्शकमाझ साक्षात्कार गर्न सोमबार नेपाल फर्किएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुलेखानीको मर्मत सकियो, आजदेखि नियमित विद्युत उत्पादन शुरु


 हेटौंडा,  मकवानपुरको कुलेखानी जलविद्युत आयोजनामा बुधबारदेखि नियमित विद्युत उत्पादन शुरु भएको छ। डेढ महिना लगाएर कुलेखानी पहिलो र दोस्रोको पुरै मर्मत सकिएपछि बुधबारबाट नियमित उत्पादन शुरु भएको हो। कुलेखानी दोस्रो ३० वर्ष पछि पहिलोपटक मर्मत गरिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्