काठमाडौं, उतर अफ्रिकी मुलुक अल्जेरियामा झन्डै तीन हजार नेपाली कामदारको माग आएको छ। अल्जेरियामा भौतिक पूर्वाधारको क्षेत्रमा काम गरिरहेको कोरियाली स्वामित्वको डेउ कम्पनी अन्तर्गतको ‘ओन’ भन्ने संस्थामा एसओएस म्यानपावरले कामदारको माग ल्याएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/08/2010
मोहियानी हक लिन जिउँदै आमाको मृत्युदर्ता प्रमाणपत्र
सप्तरी, तीन दशक अघिदेखि बाबुले उपभोग गर्दै आएको जग्गा मोहियानी हक लिन सप्तरीका एक छोराले आफ्नी जिउँदो आमालाई मरेको भनी गाविस कार्यालयबाट नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएको पाइएको छ । जिल्लाको प्रसवनी-६ का सत्यनारायण मण्डलले आफ्नी ८३ वषर्ीया आमा खुदनीदेवी मण्डलको मृत्यु भएको भनी ५ असोज ०६५ मै गाविस कार्यालयबाट नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएको तथ्य खुलेको हो ।
सत्यनारायणका स्र्वीगय बुबा छोटकैन मण्डलले प्रसवनी-६ की भवानीदेवी चौधरीको जग्गा उपभोग गर्दै आएका थिए । त्यसकै मोहियानी हक लिने मनसायले आमा मरेको भनी उनले नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएको जिल्ला भूमिसुधार कार्यालय सप्तरीले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
पौडेलद्वारा प्रधानमन्त्रीसँग एमालेको समर्थन माग
२५ साउन, काठमाडौं । प्रधानमन्त्रीका प्रत्यासी एवम् नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले नेकपा एमालेका बरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री माधबकुमार नेपाललाई मंगलबार विहान भेट गरी भोली बस्ने एमाले केन्द्रीय समिति बैठकबाट आफ्नो पक्षमा निर्णय गराइदिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान भएको भेटवार्तामा पौडेलले पाँचौ चरणको प्रधानमन्त्री चुनावमा आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
मलेसियामा २० कैदी भागेपछि बिदेशी राख्ने जेलको सुरक्षा कडा
क्वालालम्पुर । मलेसियाले अबैध बिदेशी कामदारलाई राख्ने गरिएका १३ वटा जेलमा सुरक्षा ब्यबस्था थप सुदृढ र कडा पार्ने भएको छ । उपगृहमन्त्री ली ची लियोङलाई उदृत गर्दै मलेसियन समाचारपत्र द स्टारले छापेको समाचारमा भनिएको छ- अबदेखि सवै बन्दीगृहको ब्यबस्थापन अध्यागमन बिभाग, जेल बिभाग र रेलाले संयुक्तरुपमा गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
केटाको पनि उमेर नसोध्नू “भुवन केसी”
“केटीको उमेर र केटाको कमाइ कहिल्यै नसोध्नू !” यो मान्यतालाई अभिनेता भुवन केसी यसरी सच्याउँछन्, “केटाको पनि उमेर नसोध्नू ।” उनी आफ्नो कमाइलाई र्छलङ्ग पारिदिन तयार छन् तर उमेर’bout मुख खोल्न चाहन्नन् । उमेर सोधिहालेमा रेडिमेड जवाफ पस्कने गर्छन्, “तपाईलाई जति लाग्छ त्यति नै ।”
चलचित्र साइनो को सुटिङमा डेनीले उनलाई भनेका थिए रे, “यु आर टु गुड !” उनले अभिनय गरेर मात्र ताली पाएका छैनन् । उनको पुरुष व्यक्तित्वको प्रशंसा गर्दै चलचित्र समीक्षक डा. प्रदीप भट्टराई भन्छन्, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सर्पको डसाईबाट एकै परिवारका तीनको मृत्यु
बाँकेको इन्द्रपुर गाविस-६ मा आज सर्पको डसाईबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति घरमा सुतिरहेका बेला सर्पले डसेपछि विरामी भएका उनीहरुको उपचारका क्रममा बिहान मृत्यु भएको हो । बिहान चार बजेतिर सर्पको टोकाईबाट विरामी भएका उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा इन्द्रपुरका तुलसीराम खटिकका राकेश, ९ वर्षका उषा र ७ वर्षका मनिषा रहेका छन् ।
Posted in समाचार