Daily Archives: 08/08/2010

रुँदै शरण माग्न आईन नेपाली महिला माउण्ट एभरेष्ट क्लवको बैठकमा


जय आले, कुवेत

०६ अगष्त २०१० । कुवेतको मुर्गाफस्थित सोल्टी नेपाली रेष्टुरेन्टमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको मासिक बैठक चलिरहेको बेला अचानक एउटी अधबैंसे नेपाली महिला रुँदै र अतालिंदै आईन र भनिन् मलाई बचाउनुहोस्, म मर्ने भएं मेरो उद्वार गर्नुहोस् ।

क्लवका अधिकांश सदस्यहरु उपस्थित रहेको उक्त बैठकमा ति महिला प्रवेश गरेपश्चात एकछिन त सबै अलमलै परे । केहीक्षणपछी शान्तवना दिंदै क्लवका उपाध्यक्ष धर्मराज गिरी र महिला सदस्य गंगा संग्रौलाले सोधपुछ गर्न शुरु गर्नु भयो । सोधपुछको क्रममा उनले आफ्नो विवरण सहित भाग्नुको कारण खुलस्त पारिन । पढ्नेक्रम जारी राख्नुहोस्

बिजया दशमीको अवसरमा लालीगुराँस साँस्कृतीक परिवारले कुवेतमा साँस्कृतीक कार्यक्रम गर्ने


मनोज काफ्ले (मनसुन) 

कुवैत सिटी, ७ अगस्त । भर्खरै मात्र कुवैतमा स्थापना भएको साँस्कृतीक संस्था  लालीगुराँस साँस्कृतीक परिवारले नेपालीहरुको महान पर्व विजया दशमीको सुखद उपलक्ष्यमा साँस्कृतीक कार्यक्रम गर्ने भएको छ । सो कुरा अगष्त ६ तारिखको दिन कुवैतको अलकबीर पार्कमा संस्थाका अध्यक्ष श्री बि. बि. मल्लको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो ।

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा प्रत्यक्ष दोहारीका साथमा नेपालका ख्याती प्राप्त कलाकारहरु तथा मिठो सुरिलो स्वर खारिएका कलाकारहरु क्रमश: पढ्नेक्रम जारी राख्नुहोस्

विकास र पूजा उपाधि रक्षा गर्न सफल


काठमाडौँ,  विकास श्रेष्ठ र पूजा श्रेष्ठ शनिबार ३४औँ राष्ट्रिय ब्याड्मिन्टन प्रतियोगितामा उपाधि रक्षा गर्न सफल भएका छन् । नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी विकास पहिलो सेट हारेर पनि रत्नजित तामाङलाई २१-२३, २१-१९ र २१-१९ ले हराउन सफल भए । यी दुईबीचको प्रतिस्पर्धात्मक खेल ५० मिनेटसम्म चलेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीले प्रति सांसद २ करोडमा खरिद गरेको ओलीको आरोप


काठमाडौँ, साउन २२ । नेकपा एमाले नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीय निर्वाचनमा सभासद् किनबेच गरेको आरोप लगाउनुभएको छ । नेकपा (एमाले) इचङ्गुनारायण गाउँ कमिटीद्वारा आज आयोजित एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थीको सम्मान कार्यक्रममा उहाँले आफूलाई सर्वहारा पार्टी भन्ने माओवादीले सभासद् किनबेच गरेर पूँजीवादी व्यवहार प्रस्तुत गरेको आरोप लगाउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

जापानमा नेपाली कामदारको जीवन झन् कष्टकर बन्दै


japanटोकियो । आर्थिक मन्दीका कारण रोजगारीका लागि जापानमा रहेका नेपालीहरुको दैनिक जीवन थप कष्टकर बन्न पुगेका छन् ।

आफ़्नै नागरिकहरुका लागि पनि रोजगारी समस्या जिवितै रहेको जापानमा संसारका बिभिन्न मुलुकका बिदेशीहरुले रोजगारी गर्दै आएका छन् । त्यसमध्य नेपालीको सँख्या नगण्य नै मानिए पनि पछिल्लो समयमा कामदार नेपालीहरुको जीवन थप कष्टकर बन्दै गईरहेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बिहेसिहे नगरे नि हुन्छ भन्नुहुन्थ्यो बालेः कोमल ओली


komal-oliगोजीमा गाँठ भा’को मनमा आँट भा’को पुरुष फेला नपरेपछि गायिका कोमल वली अझैँ पोइल जान पाएकी छैनन् । बिहे गर्ने उमेर त उहिल्यै भइसकेको हो तर शिवजीले नै नजुराई दिएपछि के गर्ने ?

शिवजीको बदमासीका कारणले बिहे गर्न नपाएको बताउने कोमललाई प्रेम प्रस्ताव राख्नेको कुनै कमी छैन । तर खोजेको जस्तो उनले पाउन सकेकी छैनन् ।

गोजीमा गाठ भा’को मनमा आँट भा’को मान्छे फेला नपरेकै हो ?

त्यसै भन्नुपर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्