लडाकू भर्ती प्रकरण / सेना परिचालन गरी रोक्छौं


काठमाडौं, नेकपा माओवादी ले लडाकू भर्ना खोल्ने बताइरहँदा रक्षामन्त्री विद्या भण्डारीले लडाकू भर्ना खोलिए सुरक्षाफौज परिचालन गरेर सो प्रक्रिया रोक्ने बताउनुभएको छ। लडाकू शिविरमा भर्ना खोले राजनीतिक तथा कानुनी समस्या आउने भएकाले सरकारले कानुनको पालना गर्ने मन्त्री भण्डारीले आफ्नै निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। उहाँले भन्नुभयो- नेपाली सेनाको नयाँ भर्ना नभई नियमित प्रक्रियाअन्तर्गत खोलेको हो। तर माओवादीले अन्मिनले प्रमाणित गरेका र निश्चित संख्याका लडाकू मात्रै शिविरमा रहेकाले भर्ना खोल्न पाउँदैन।

एउटा राजनीतिक पार्टीले सेना भर्ना गर्न पाउँदैन। माओवादीले सेना भर्ना गर्ने हो भने गम्भीर राजनीतिक र कानुनी समस्या आउँछ। संविधानविपरीत सैन्य भर्ना खोले कानुन परिचालित हुन्छ’ -मन्त्री भण्डारीको भनाइ थियो। रिक्त रहेको पदका लागि नेपाली सेनाले सैन्य भर्ना खोलेपछि माओवादीले पनि क्यान्टोनमेन्टमा लडाकू भर्ना खोल्ने बताएको थियो। रक्षा मन्त्रालयले लगत्तै विज्ञप्ति जारी गरेर तीव्र आपत्ति प्रकट गरेको थियो।

नेपाली सेना राष्ट्रिय सेना भएकाले नियमित प्रकि्रयालाई रोक्न नमिल्ने उहाँको भनाइ छ। शान्तिप्रक्रियापछि नेपाली सेनाले पाँचौंपटक भर्ना खोलेको हो। तर यसमा नयाँ संख्या नथपिएको र रिक्त रहेको पदपूर्ति गर्न लागिएको उहाँले बताउनुभयो। लडाकूलाई समायोजन वा पुनःस्थापना गर्ने प्रक्रिया अघि बढिरहँदा माओवादीको यस्तो निर्णयले शान्तिप्रक्रिया झन् जटिल बनेको सरकारी अधिकारीहरुको भनाइ छ।

यो अवस्थामा समायोजन वा पुनः स्थापना हुन नसक्ने पनि उहाँको भनाइ छ। ९५ हजारबाट नबढ्ने गरी नेपाली सेनाको लोकतान्त्रीकरण गर्ने भनिएको बेला एउटा नागरिक पार्टीले सैनिक भर्ना खोल्ने निर्णय गर्नुले देशलाई जटिलतातर्फ मोडेको भण्डारीले बताउनुभयो।

नेपाली सेनाको भर्नाप्रकि्रयामा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अन्मिन ले कुनै टिप्पणी गर्न पाउँदैन। यो उसको क्षेत्राधिकारभित्र पर्दैन र उसलाई आफ्नो क्षेत्राधिकारभित्र बस्न उहाँले आग्रह गर्नुभयो।

पछिल्लो पटक नेपाली सेनाले ३ हजार ४ सय ६४ रिक्त पदका लागि नयाँ भर्ना खोलेको थियो। यसपछि माओवादीका सातैवटा डिभिजनमा पनि लडाकू भर्ना खोल्न लागेको माओवादी सेनाका कमान्डर चन्द्रप्रकाश खनाल (बलदेव) ले बताउनुभयो।

माओवादीको यस्तो प्रक्रियाले नेपाल तथा अन्तर्राष्ट्रियस्तरमा समेत गम्भीर आपत्ति जनाइएको छ। यसले नेपालको शान्तिप्रक्रिया बिथोल्ने विभिन्न कूटनीतिज्ञले बताएका छन्।

Source: नेस

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.