‘दूतावासबाट ज्यान मार्ने धम्की आयो’


कान्तिपुर संवाददाता, काठमाडौ

  • आधारहीन र गैरजिम्मेवार आरोपलाई जवाफ दिएर महत्त्व दिँदैनौं: भारतीय दूतावास
श्रावण २१ -माओवादी केन्द्रीय सदस्य एवं सभासद् रामकुमार शर्माले भारतीय दवावका कारण प्रधानमन्त्री निर्वाचनको परिणाम निस्कन नसकेको आरोप लगाउँदै आफुलाई भारतीय दुतावासबाट ज्यान मार्ने धम्कीसमेत आएको दावी गरेका छन् ।

प्रधानमन्त्री चयनका लागि सदनमा चौथो पटक मतदान गरेर बाहिरिंदै गर्दा संविधानसभा परिसरमा उनले आफुलाई धम्की दिने भारतीय दुतावासका अधिकारीको नाम र टेलिफोन नम्बर समेत सार्वजनिक गरेका हुन् ।

शुक्रबारमात्र आफुलाई दुतावासका अधिकारीले चार पटक फोन गरी अपहरण गर्ने, हत्या गर्ने र भारतीय केन्द्रीय विद्यालयमा अध्ययनरत उनकी छोरीलाई त्यहाँबाट निस्काशन गर्नेसम्मको धम्की दिएको दावी गरे । उनले यस्तो आरोप लगाइरहँदा आफ्नो मोबाइलमा रिसिभ नम्बर देखाएका थिए ।

‘दूताबासको काउन्सिलर दासले मलाई १२ बजे मोवाइल नम्वर ९८५११०७००५ बाट स्पष्ट रुपमा ज्यान मार्ने, अपहरण गर्ने धम्की दिनुभयो,’ उनले भने- ‘मलाई भारतीय राजदूत र त्यहाँको काउन्सुलर लगायतले ‘तपाई मधेशको मान्छे, व्रिदोह गरेर जानु भयो, त्यहीं भएर भाडभौलो मच्चिएको छ, तपाई पुर्नविचार गर्नुहोस् भनेर हिजो अलि कुटनैतिक भाषामा फोन आएको थियो । तर आज धम्कीको भाषामा पुनः फोन आयो ।’

संविधानसभा निर्वाचनमा महोत्तरी-४ मा तमलोपाबाट निर्वाचित सभासद् शर्मा केही समय अघि माओवादी प्रवेश गरेका थिए । उनी अध्यक्ष दाहालको पक्षमा मधेसी सभासद्को समर्थन जुटाउन विशेष सक्रिय छन् । ‘म माओवादीको केन्द्रीय सदस्य रहेको ब्यक्ति समेतलाई यसरी नाङ्गो रुपमा राजदूताबासले गुण्डागर्दीको भाषामा जसरी व्यवहार गरेको छ, यसले प्रष्ट हुन्छ नेपालका पार्टी कति सुरक्षित छन’ उनले भने-  ‘यहाँका सभासद्हरु कति प्रेसरमा होलान् । सरकार बन्न किन सकीरहेको छैन भन्ने यसले प्रष्ट हुन्छ ।’

उनले घटना’bout पार्टी अध्यक्ष र पदाधिकारी जानकारी गराएको र सार्वजनिक गर्नुपर्छ भन्ने ठानेर सार्बजनिक गरेको बताए ।

भारतीय दुतावासकी प्रबक्ता अपुर्वा श्रीवास्तबले भने आरोप ‘आधारहिन र गैरजिम्मेवार’ रहेको बताइन् । ‘भारतीय दुतावास यस्तो आधारहिन र गैरजिम्मेवार आरोपलाई जबाफ दिएर महत्व दिन चाहँदैनौं’ उनले इकान्तिपुरसंग भनिन् ।

सभासदलाई तमलोपाको स्पष्टिकरण

तराई मधेश लोकतान्त्रिक पार्टिले सभासद शर्मासंग पार्टिको नीति विपरित अर्को पार्टी प्रवेश गरेको भन्दै शुक्रबार स्पष्टीकरण माग गरेको छ । पार्टी अनुशासन समिति संयोजक डा. विजयकुमार सिंहले जारी गरेको विज्ञप्ती अनुसार महोत्तरी- ४ बाट निर्वाचित सभासद् शर्मा अर्को पार्टीमा प्रवेश गरेकोले साधारण सदस्यतावाट किन निष्कासित नगर्ने भनी तीन दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिइएको छ । शर्मा तमलोपाका सहमहामन्त्री समेत रहेका थिए । उनले तमलोपा परित्याग गरी गत वर्ष माओवादीमा प्रवेश गरेका थिए । उनी माओवादीका केन्द्रिय सदस्य हुन् । पार्टी सदस्यबाट निश्कासन गरेपनि निर्वाचित सभासद्को पद नजाने प्रावधान छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.