Daily Archives: 07/08/2010

शकुन्तला/निहिता हिरासतमुक्त


काठमाडौं, अदालतको अवहेलना गरेको भनी आरोप लागेका अधिवक्ता शकुन्तला थापा र उनकी छोरी निहिता विश्वासलाई सर्वोच्च अदालत बार एसोसिएसनको जमानतमा बिहीबार हिरासतमुक्त गरिएको छ। अधिवक्ता थापा र छोरी निहितालाई अदालतको अपहेलना गरेको आरोपमा बुधबार प्रहरी हिरासतमा पठाइएको थियो। नेपाल बार र सर्वोच्च बारले ती आमाछोरीलाई रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न आग्रह गरेपछि लिखित रुपमा जमानत बस्न न्यायाधीशहरु बलराम केसी र रामकुमारप्रसाद शाहको इजलासले ती बारलाई आग्रह गरेको थियो। पछि सर्वोच्च बारले आज शुक्रबार बिहान १० बजे ती आमाछोरीलाई उपस्थित गराउने लिखित बचन दिएपछि अभियुक्तलाई रिहा गरिएको हो। यसैबीच निहिताले बयानका क्रममा माफी मागेकी छिन्। उनले आफ्नो कमजोर मानसिकताले गर्दा अवहेलनाको मुद्दासम्म पुगेको बताउँदै आफूले बोलेको कुरालाई लिएर माफी मागेको बयान कागजमा उल्लेख गरेकी छिन्। पढ्नेक्रम जारी राख्नुहोस्

लडाकू भर्ती प्रकरण / सेना परिचालन गरी रोक्छौं


काठमाडौं, नेकपा माओवादी ले लडाकू भर्ना खोल्ने बताइरहँदा रक्षामन्त्री विद्या भण्डारीले लडाकू भर्ना खोलिए सुरक्षाफौज परिचालन गरेर सो प्रक्रिया रोक्ने बताउनुभएको छ। लडाकू शिविरमा भर्ना खोले राजनीतिक तथा कानुनी समस्या आउने भएकाले सरकारले कानुनको पालना गर्ने मन्त्री भण्डारीले आफ्नै निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। उहाँले भन्नुभयो- नेपाली सेनाको नयाँ भर्ना नभई नियमित प्रक्रियाअन्तर्गत खोलेको हो। तर माओवादीले अन्मिनले प्रमाणित गरेका र निश्चित संख्याका लडाकू मात्रै शिविरमा रहेकाले भर्ना खोल्न पाउँदैन। पढ्नेक्रम जारी राख्नुहोस्

बेडरुमबाहिर राख्नुपर्छ तनाव


रोजिन शाक्य, दिनको ठूलो हिस्सा घरबाहिर व्यतीत हुने र केही समय घरेलु व्यस्तताबीच गुज्रने भएकाले दम्पतीबीच आपसी संवादका लागि कमै अवसर प्राप्त हुन्छ । यसका कारण कामकाजी दम्पतीको जीवनमा यौनको महत्त्व र भूमिका कम हुँदै गएको छ ।

वैवाहिक सम्बन्धमा यौनको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यस्तो परिस्थिति उत्पन्न हुन लागेको छ भने समय छँदै सचेत हुनु आवश्यक छ । पढ्नेक्रम जारी राख्नुहोस्

विरामी कुरुवाद्वारा अस्पतालको तलाबाट फालहानेर आत्महत्या


कास्की, श्रावण २२ – एक बिरामी कुरुवाले  शनिबार बिहान अस्पतालको तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । बागलुङको तंग्राम गाविस घर भएका तुलबहादुर पुनले पोखराको फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालबाट फाल हानेर आत्महत्या गरेका हुन । उनले अस्पतालको तेस्रो तलबाट फाल हानेको प्रहरीले जनाएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

‘दूतावासबाट ज्यान मार्ने धम्की आयो’


कान्तिपुर संवाददाता, काठमाडौ

  • आधारहीन र गैरजिम्मेवार आरोपलाई जवाफ दिएर महत्त्व दिँदैनौं: भारतीय दूतावास
श्रावण २१ -माओवादी केन्द्रीय सदस्य एवं सभासद् रामकुमार शर्माले भारतीय दवावका कारण प्रधानमन्त्री निर्वाचनको परिणाम निस्कन नसकेको आरोप लगाउँदै आफुलाई भारतीय दुतावासबाट ज्यान मार्ने धम्कीसमेत आएको दावी गरेका छन् ।

प्रधानमन्त्री चयनका लागि सदनमा चौथो पटक मतदान गरेर बाहिरिंदै गर्दा संविधानसभा परिसरमा उनले आफुलाई धम्की दिने भारतीय दुतावासका अधिकारीको नाम र टेलिफोन नम्बर समेत सार्वजनिक गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

माछाको तेलले स्तन क्यान्सरबाट बचाउँछ


imageमहिलाले दैनिक माछाको तेल खाने गरेमा स्नत क्यान्सरबाट बच्न सक्नेछन् । माछाको तेल सधैं खानेमा भन्दा नखाने महिलामा स्तन क्यान्सर खतरा बढी रहेको एक अनुसन्धानले पत्ता लगाएको छ । 

अमेरिकाका अनुसन्धानकर्ताहरूले ६ वर्षसम्म विभिन्न स्थानका ३५ हजारभन्दा बढी महिलामाथि गरेको अध्ययनका आधारमा सो कुरा पत्ता लगाएका हुन् । माछाको तेलमा पाइने ओमेगा-३ नामक तेलीय एसिडले स्तन क्यान्सरबाट बचाउन सक्ने कुरा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको पढ्नेक्रम जारी राख्नुहोस्