Daily Archives: 06/08/2010

कर्पोरेट


 
बुद्धको भदौदेखि भुटानमा नियमित उडान

काठमाडौ,  बुद्ध एयरले ७  भदौदेखि ‘बी १९०० डी’द्वारा काठमाडौं-पारो नियमित उडान सुरु गर्ने जनाएको छ । कम्पनीले हरेक साता सोमबार, मंगलबार, बिहीबार र शुक्रबार गरी ४ उडान गर्नेछ । काठमाडौं-पारो उडानअवधि बिहान १० बजेबाट १ घन्टाको हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

‘फस्ट लभ’ फस्ट शो


काठमाडौं,  सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘फस्ट लभ’को बिहीबार राजधानीको जयनेपाल हलमा प्रिमियर गरिएको छ। शुक्रबारदेखि देशव्यापी रिलिज हुन लागेको यो फिल्मको प्रिमियरमा नेपाली फिल्मकर्मीको उत्साहजनक जमघट थियो। फिल्मको अन्य गतिविधिका त्यति देखा नपरेका हिरो आर्यन सिग्देल निर्धारित समयमै हल परिसमा देखिन्थे। ‘अरू बेला सुटिङमा व्यस्त भएकोले उपस्थित हुन सकिन। पढ्नेक्रम जारी राख्नुहोस्

माले टुक्रियो/नयाँ दलका चार सभासद्ले माओवादीलाई भोट दिने


काठमाडौ, प्रधानमन्त्री निर्वाचनको पूर्व सन्ध्यमा आएर नेकपा माले फुटेको छ । पोलिटव्यूरो सदस्य जगतबहादुर बोगटीले चार जना सभासद्सहित नेकपा माले (समाजवादी) नामक नयाँ पार्टी खोलेका छन् । पार्टी गठन लगतै मत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिने उल्लेख गरेको छ । 

जनताले सुम्पेको शान्ति र संविधान निर्माणको कार्यलाई मालेका महासचिव सीपी मैनालीले वेवास्त गरेको भन्दै उनीहरुले नयाँ पार्टी गठन गरेको केन्द्रीय कार्य समितिको नाममा जारी बिज्ञप्तिमा उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्

बागबजारतिर सबै व्यस्त


काठमाडौं/ नेपाली फिल्मकर्मीहरू सुटिङ नहुँदा अन्त नभए पनि बागबजारमा भने व्यस्त हुन्छन् । त्यहाँ कोही फिल्म बनाउने योजना सुनाउन व्यस्त हुन्छन् त कोही फलानो निर्माताले पैसा ठग्यो भन्न व्यस्त हुन्छन् । अनि कोही भने फलानोको फिल्म चेट भयो भनेर खुसी साट्नमा व्यस्त हुन्छन् ।

फिल्म निर्माणमा अप्रत्यासित रूपमा तीव्रता आएपछि नेपाली फिल्ममा काम गर्ने स्पट ब्वाई, लाइटम्यान, मेकअपम्यान, बुम म्यान, क्यामेराम्यानदेखि लिएर अभिनेता, अभिनेत्री, स्त्रिmप्ट राइटर, गायक-गायिका, संगीतकार तथा निर्देशकसमेत निकै व्यस्त छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीका दुबै प्रत्यासीलाई उमेद्‍वारी फिर्ता लिन १८ दलको आग्रह


काठमाडौं,  एमालेसहित संविधानसभामा प्रतिनिधित्व गर्ने १८ राजनीतिक दलले प्रधानमन्त्रीका दुवै प्रत्यासीलाई सहमतिको नयाँ प्रक्रियाका लागि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। प्रधानमन्त्री निर्वाचनका क्रममा देखिएको विकृत, अमर्यादित र अराजनीतिक क्रियाकलापप्रति पनि बैठकले खेद प्रकट गरेको छ। बिहीबार १८ दलको संयुक्त बैठकपछि एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा सहमतिको नयाँ प्रक्रियाका लागि दुवै उम्मेदवारलाई ढोका खोल्न आह्वान गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालका कारण भारतमा खतराः अमेरिका


 काठमाडौ,  अमेरिकाले नेपालमा जारी राजनीतिक अस्थिरताले भारतमा गम्भीर आतंकवादको खतरा रहेको चेतावनी दिएको छ । राजनीतिक गतिरोधले निकास नपाएको अवस्थामा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनका लागि सुरक्षित स्थान हुन सक्ने भन्दै अमेरिकाले दिल्लीलाई सचेत रहन भनेको हो । पढ्नेक्रम जारी राख्नुहोस्