फ्लोर क्रस विवादले मधेशी मोर्चामा विवाद, गठवन्धन टुट्न सक्ने


काठमाडौ,  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तेस्रो चरणको प्रधानमन्त्री निर्वाचनमा मधेसी जनाधिकार फोरमका सभासद्ले फ्लोरक्रस गरेको विषयमा फोरमको तीव्र आलोचना गरेको छ। फ्लोरक्रसको मुद्दालाई संसदीय परम्पराविपरीत अभ्यास ठहर गर्दै बुधबारको मोर्चा अनौपचारिक बैठकमा यस’bout गम्भीर छलफल भएको नेपाल सद्भावना पार्टीका उपाध्यक्ष एवं बैठकका प्रवक्ता लक्ष्मणलाल कर्णले बताए।

कर्णले भने, ‘फ्लोरक्रसको विषयमा गम्भीर छलफल भयो, फोरम अध्यक्षले फ्लोरक्रस गर्नेलाई अनुशासन कारबाही भएको जानकारी गराए।’

संसदीय परम्परामा फ्लोरक्रस सबै पार्टीका लागि चिन्ताको बिषय हो। माओवादीजस्तो क्रान्तिकारी पार्टीले त्यस्तो गराउनुहुदैनथ्यो।’ एक सहभागिका अनुसार बैठकमा मधेशी जनाधिकार फोरम ( लोकतान्त्रिक) का अध्यक्ष बिजय गच्छदारले फ्लोरक्रसको मुद्धालाई मोर्चाले गभिर रुपमा लिनुपर्ने माग गरेका थिए।

फोरम अध्यक्ष उपेन्द्र यादव भने बैठकमा फ्लोरक्रसको कुरै नउठेको बताउँछन्। यादवले भने, ‘बैठकमा अहिलेको राजनीतिक परिस्थिति’bout छलफल भयो। फ्लोरक्रस’bout कुनै कुरा भएन।’ यादव फ्लोरक्रस फोरमको आन्तरिक मामला मात्र भएको बताउँछन्।

फोरमका सभासद्हरूले भने आफूलाई मौखिक सोधपुछमात्र भएको बताएका छन्। फ्लोरक्रस गर्ने सभासद्मध्येका आत्मारामप्रसाद साह अध्यक्षले मौखिक सोधपुछ गरेको जानकारी दिँदै भन्छन्, ‘हामीलाई माओवादी र कांग्रेसले दिएका अवधारणामा जोसँग नजिक हुन्छ, त्यसैलाई सहयोग गर्ने भनिँदै आएको थियो, मोर्चाले माओवादीसँग नजिक भनेपछि उसैलाई मत हाल्यौँ।’

फोरमका प्रमुख सचेतक चन्द्रिकाप्रसाद यादव पार्टी अध्यक्षले प्रत्येक सभासद्लाई एक्लाएक्लै मौखिक स्पष्टीकरण लिइसकेको बताउँछन्। चन्द्रिकाले भने, ‘हाम्रा सभासद्बाट ठूलो गैरजिम्मेवारी र गैरमर्यादित काम भएको छ।’

कांग्रेस-मोर्चा थप वार्ता आज
मोर्चाले बिहीबार काग्रेससँग थप वार्ता गर्ने भएको छ। कांग्रेसले मोर्चाको अवधारणामाथि संशोधित लिखित धारणा दिने तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी बताउँछन्। त्रिपाठीले बुधबारको बैठकमा सत्ताखेलहरूप्रति मोर्चा सतर्क हुनुपर्ने’bout छलफल भएको बताए। त्रिपाठीले भने, ‘मोर्चाको अवधारणालाई मूल आधार बनाएर अघि बढ्ने कुरामा छलफल केन्द्रित भएको छ।’

माओवादीसँग शान्तिप्रक्रिया’bout कुरा नमिलेको त्रिपाठी बताउँछन्। उनी भन्छन्, ‘कांग्रेस र एमाले हामीमाथि माओवादीका लागि सहज बाटो बनाइदिएको आरोप लगाउँछन्। माओवादीले सहज बाटो पनि स्विकारेन भने उसको नियतमाथि शंका गर्नुपर्छ।’

शान्तिप्रक्रियामा मधेस पनि एउटा सरोकारवाला भएको त्रिपाठीको धारणा छ। उनले भने, ‘सेनामा मधेसीको संख्या असाध्य न्यून छ। माओवादी लडाकुमा पनि मधेसी थोरै छन्।’ माओवादी लडाकु सेनामा समायोजन हुँदैमा राष्ट्रिय सेना नबन्ने बताउँदै त्रिपाठीले भने, ‘मधेसी नभएको सेनालाई हामी राष्ट्रिय मान्दैनौँ।’

Source:Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.