एपीएफलाई टिम इभेन्ट उपाधि


काठमाडौँ,  ३४औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम इभेन्टको उपाधि एपीएफले बुधबार हात पारेको छ । दुई एकल र एक डबल्सको टिम इभेन्टमा नेपाल आर्मी एपीएफसँग २-१ ले पछि पर्‍यो । पहिलो एकलमा आर्मीकी सरादेवी तामाङले एपीएफकी पूजा श्रेष्ठलाई २१-१० र २१-८ को सोझो सेटमा हराइन् । तर दोस्रो एकलमा एपीएफकी नङसलदेवी तामाङले आर्मीकी सरस्वती श्रेष्ठलाई २१-६ र २१-११ ले हराउँदै खेल १-१ को बराबरीमा ल्याएकी थिइन् । निणर्यक डबल्समा एपीएफका पूजा/नङ्सलको जोडीले सरस्वती/सरादेवीलाई २१-९ र २१-९ ले पाखा लगाउँदै उपाधि निश्चित गर्‍यो । सुनसरी र कास्की संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।

पुरुष टिम इभेन्टको फाइनलमा एपीएफले नेपाल प्रहरीलाई प्रतिस्पर्धात्मक खेलमा ले हरायो । विकास श्रेष्ठले एपीएफका रत्नजित तामाङलाई २१-१४ र २१-१८ ले हराएर प्रहरीलाई अगाडि पारेका थिए तर एपीएफका साजनकृष्ण ताम्राकारले दोस्रो एकलमा प्रहरीका किशोर रानालाई २१-१०, १९-२१ र २१-१२ ले हराएर स्कोर बराबर गरे ।

तेस्रो एकलमा एपीएफका पङ्कज चन्दले प्रहरीका सहदेव खड्कालाई २२-२०, १४-२१ र २१-१५ ले हराए भने त्यसपछि डबल्समा प्रहरीका विकास/विवेक श्रेष्ठको जोडीले एपीएफका रत्नजित/साजनको जोडीलाई १८-२१, २३-२१ र २१-१८ ले हराएपछि उपाधि जितको निर्णय पाँचौँ खेलमा पुगेको थियो । निणर्ायक डबल्स खेलमा एपीएफका पङ्कज/इन्द्र महताको जोडीले प्रहरीका सूर्य थापा/गणेश चन्दको जोडीमाथि २३-२१ र २१-१२ को जित प्राप्त गर्‍यो ।

नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधानमा ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घद्वारा आयोजित महिला एकलमा एपीएफकी सम्झना खालिङ र मीना श्रेष्ठ, आर्मीकी सरस्वती श्रेष्ठ, काठमाडौँकी अनिता घिमिरे, सुनसरीकी शकुन्तला नेम्वाङ, भोजपुरकी हेमख्यामा राई, कास्कीकी माया गुरुङ, बाँकेकी सम्झना शर्मा तथा मोरङकी मनिषा बोहोरा पि्रक्वाटरफाइनलमा पुगेका छन् ।
 
Source:Gorkhapatra

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.