आफ्नै भाइ बन्यो दाजुको काल


     

उही घर जहाँ भाईले दाईको हत्या गरेको थियो र घट्नामा प्रयोग गरिएको खुँडा

धादिङ साउन १८, धादिङको कुम्पुर गाउँ विकास समिति वडा नम्बर ३ परेवाटार निवासी अर्जुन थपलियाले आफ्नै दाजु अमर थपलियाको हत्या गरेका छन् । कुम्पुर गाविस वडा नम्वर ३ परेवाटार निवासी २५ वर्षिय अर्जुन थपलियाले वुधवार विहान २ बजेतिर सुतिरहेको अवस्थामा आफ्नै दाजु वर्ष २८ का अमर थपलियालाई खुँडा/खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घरायसी झगडाको विषयलाई लिएर अर्जुनले दाजु अमरको हत्या गरेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । हत्यामा ४० वर्षिय आमा उमादेवी थपलियाको पनि संलग्नता हुन सक्ने प्रहरीले अनुमान गरेको छ । वुधवार विहान दाजुको शव त्रिपालमा पोको पारेर फाल्न लागेको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

इलाका प्रहरी कार्यालय गजुरीले अर्जुन थपलिया र उनकी आमा उमादेवी थपलियालाई समेत नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान शुरु गरेको छ । प्रहरीले दाजु अमरको साथमा रहेको ८० हजार रुपैयाँ रकम अर्जुनको झोलाबाट फेला परेको पनि बताएको छ । विगत ३/४ वर्षदेखि घरवाहिर रहँदै आएका अर्जुन थपलिया १५ दिन अघि मात्र घर आएका थिए । केहि वर्ष विदेशमा काम गरेर घर आएका दाजु अमर थपलियासंग ७/८ लाख रुपैयाँ रकम हुन सक्ने भएकाले रकम लिनको लागि अर्जुनले दाजुको हत्या गरेको हुन सक्ने स्थानीय केशव थपलियाले बताउनु भयो ।

प्यारालाइसिस पीडित म्रितकको बुवा

ठुलछोराको हत्यामा सान्छोरोलाई सघाएकी भनिएकी उमादेवी थपलिया

काठमाडौंमा काम गर्दै आएका अमरलाई प्यारालाइसिसबाट थला परेका बाबुको उपचार र आमाको रेखदेख गर्न गाउँले दाजुभाईहरुले दुई महिना अघि मात्र घरमा बोलाएको पनि केशवले बताउनु भयो । राती सुतिरहेको अवस्थामा टाउकोमा खुकुरी प्रहार गरि अर्जुनले दाजु अमरको हत्या गरेको र त्रिपालमा पोको पारी फाल्न समेत लागेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक माधव काफ्लेले बताउनु भयो । अजुर्नले दाजुको हत्या आफैंले गरेको र यसमा अरु कसैको संलग्नता नरहेको वयान प्रहरीलाई दिएको पनि प्रहरी निरीक्षक काफ्लेले बताउनु भयो । घटनाको थप अनुसन्धान भैरहेको पनि प्रहरी निरीक्षक काफ्लेले बताउनु भयो ।

Source: Netrawati

One response to “आफ्नै भाइ बन्यो दाजुको काल

  1. k garne yo paisa ko karan ho ki asichitko kami le ho yasto samma garne kasto vai kasto aama hola

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.