Daily Archives: 05/08/2010

विश्वकै बाठा मान्छेसित काम गर्ने हिराचन लाटो ?


मुस्ताङ जिल्लाको मार्फामा सामान्य थकाली परिवारमा जन्मेका हिराचन अहिले जापानका नेपाली मध्ये एक सफल उद्यमी छन् । एनआरएन भित्र सोझो र छलकपट केहि नजान्ने ब्यक्तिको रुपमा परिचित हिराचनलाई ‘यो हिराचन सोझो छ, केहि गर्न सक्दैन‘ भन्नेपनि निकै छन् । विश्वकै बाठा मानिने जापानीसित काम गर्ने उनी भने सोझै भन्छन्- यो हिराचन विश्वकै बाठा भनेर चिनिने जापानी सित काम गर्छ । अनि यै हिराचनचाहिँ लाटो हुन्छ ?

विश्वका ५७ देशमा फैलिएको एन आर एन भित्र थुप्रै समस्या छन् भन्ने यथार्थ उनले अन्तर्वार्ताका क्रममा पनि पटक पटक दोहोर्‍याएको ‘सामाधान गर्न सकिन्छ‘ भन्ने भनाईले बुझ्न सकिन्थ्यो । अन्तर्वार्ता भरि उनी जापानी नागरिक झैं सरल, पढ्नेक्रम जारी राख्नुहोस्

आफ्नै भाइ बन्यो दाजुको काल


     

उही घर जहाँ भाईले दाईको हत्या गरेको थियो र घट्नामा प्रयोग गरिएको खुँडा

धादिङ साउन १८, धादिङको कुम्पुर गाउँ विकास समिति वडा नम्बर ३ परेवाटार निवासी अर्जुन थपलियाले आफ्नै दाजु अमर थपलियाको हत्या गरेका छन् । कुम्पुर गाविस वडा नम्वर ३ परेवाटार निवासी २५ वर्षिय अर्जुन थपलियाले वुधवार विहान २ बजेतिर सुतिरहेको अवस्थामा आफ्नै दाजु वर्ष २८ का अमर थपलियालाई खुँडा/खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घरायसी झगडाको विषयलाई लिएर अर्जुनले दाजु अमरको हत्या गरेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

फ्लोर क्रस विवादले मधेशी मोर्चामा विवाद, गठवन्धन टुट्न सक्ने


काठमाडौ,  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तेस्रो चरणको प्रधानमन्त्री निर्वाचनमा मधेसी जनाधिकार फोरमका सभासद्ले फ्लोरक्रस गरेको विषयमा फोरमको तीव्र आलोचना गरेको छ। फ्लोरक्रसको मुद्दालाई संसदीय परम्पराविपरीत अभ्यास ठहर गर्दै बुधबारको मोर्चा अनौपचारिक बैठकमा यस’bout गम्भीर छलफल भएको नेपाल सद्भावना पार्टीका उपाध्यक्ष एवं बैठकका प्रवक्ता लक्ष्मणलाल कर्णले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

गाविस सचिवको घरमा बम विस्फोट


वीरगन्ज, अज्ञात समूहले बुधबार राति रौतहटमा गाविस सचिवको घरमा बम विस्फोट गराएको छ। मोटरसाईकलमा माआएका ३ जनाको समूहले रातको करिब १० बजेतिर पतौरा गाविसका सचिव राधाकृष्णको घरमा बम विस्फोट गराएको प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एपीएफलाई टिम इभेन्ट उपाधि


काठमाडौँ,  ३४औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम इभेन्टको उपाधि एपीएफले बुधबार हात पारेको छ । दुई एकल र एक डबल्सको टिम इभेन्टमा नेपाल आर्मी एपीएफसँग २-१ ले पछि पर्‍यो । पहिलो एकलमा आर्मीकी सरादेवी तामाङले एपीएफकी पूजा श्रेष्ठलाई २१-१० र २१-८ को सोझो सेटमा हराइन् । तर दोस्रो एकलमा एपीएफकी नङसलदेवी तामाङले आर्मीकी सरस्वती श्रेष्ठलाई २१-६ र २१-११ ले हराउँदै खेल १-१ को बराबरीमा ल्याएकी थिइन् । निणर्यक डबल्समा एपीएफका पूजा/नङ्सलको जोडीले सरस्वती/सरादेवीलाई २१-९ र २१-९ ले पाखा लगाउँदै उपाधि निश्चित गर्‍यो । सुनसरी र कास्की संयुक्त रूपमा तेस्रो स्थानमा रहे । पढ्नेक्रम जारी राख्नुहोस्

शोभराजकी पत्नी र सासुलाई थुनामा राख्न आदेश


न्यायाधीशले पैसा खाएर फ्रान्सेली कुख्यात अपराधी चार्ल्स शोभराजविरुद्ध फैसला गरेको आरोप लगाउने शोभराज पत्नी निहिता र सासू शकुन्तला थापालाई थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतको परिसरमा चार्ल्स शोभराजकी पत्नी निहिता र शकुन्तला । पढ्नेक्रम जारी राख्नुहोस्