Daily Archives: 04/08/2010

विवाह स्वर्गमा तय हुन्छ भन्ने कुरा सत्य रहेछ “मनीषा कोइराला”


मनीषा कोइरालाको नाम नेपाली समाजमा नौलो होइन । राजनीतिक परिवारमा जन्मिएकी कोइराला सुरूमा ख्याल्ख्याल्मै चलचित्र क्षेत्रमा प्रवेश गरिन् । रमाइलोका लागि विज्ञापन हुँदै चलचित्रमा अभिनय गर्न पुगेकी कोइराला अहिले आफ्नो नसानसामा यसको छाप परेको बताउँछिन् । शालीन व्यक्तित्वकी धनी कोइराला बलिउडमा राम्रै ख्याति कमाउन सफल् छिन् ।

हजुरआमा सुशीला कोइरालालाई प्रेरणा मान्ने कोइरालाले जीवनका आरोह-अवरोहलाई कुशल्तापूर्वक भोग गरेकी छिन् । चलचित्रमै जीवनको महत्वपूर्ण भाग अर्पण गरेकी मनीषाले पछिल्लो समयमा एउटा नेपाली र दुईवटा दक्षिण भारतीय चलचित्रमा अभिनय गरेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

शरण काठमाडौंमा / ‘भारतीय प्रधानमन्त्रीको विशेष दूतकोरुपमा आएँ’


काठमाडौ, श्रावण १९ – राजनीतिक परिस्थिति जटिल बन्दै गएको बेला भारतका पूर्व विदेश सचिव श्याम शरण बुधबार भारतीय सरकारको बिशेष दूतको रुपमा काठमाडौं आइपुगेका छन् । नेपाल आएलगत्तै पूर्व भारतीय राजदूत समेत रहेका शरणले आफू प्रधानमन्त्री मनमोहन सिंहको विशेष दूतकोरुपमा नेपाल आएको बताए । उनले आफू अवरुद्ध शान्ति प्रक्रिया र संविधान निर्माणमा सघाउ पुर्‍याउन आएको जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीको सैन्य भर्नाप्रति रक्षाको आपत्ति


काठमाडौ, श्रावण १९ – रक्षा मन्त्रालयले माओवादी सेनाले भर्ना खेलेकोमा गम्भीर आपत्ति जनाएको छ । नेपाली सेनाले भर्ना आह्वान गरेको भोली पल्ट मंगलबार माओवादी सेनाले पनि भर्ना खोलेको थियो । नेपाली सेनाले भर्ना खोलेको बिषयलाई लिएर राजनीतिक दल बिशेषले भर्ना खोल्ने प्रसंगले सुरक्षा व्यवस्थापनामा थप जटिलता र चुनौती ल्याउने हुँदा यस्ता विषयप्रति सरकरको गम्भीर आपत्ति रहेको छ, पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारीमा सबैभन्दा बढी धनुषावासी


काठमाडौ, श्रावण १९ -कामको खोजीमा सबैभन्दा बढी बिदेसिने जिल्लाको पहिलो स्थानमा धनुषा आएको छ ।  दुई वर्षमा सबैभन्दा बढी धनुषाबाट बिदेसिएका छन्, वैदेशिक रोजगार विभागका निर्देशक काशिनाथ मरासिनीले भने, ‘यस अवधिमा ६५ हजार ५ सय ८० धनुषावासी बाहिरिए ।

धेरै कामदार बिदेसिन प्रमुख १० जिल्लामा पूर्वाञ्चल तथा मध्यामाञ्चल विकास क्षेत्रको तराई भेगका जिल्ला छन् । यस्तै सबैभन्दा बढी बिदेसिने प्रमुख १० जिल्लाले मुलुकबाट बिदेसिने कुल कामदारको संख्यामा करिब ८० प्रतिशत हिस्सा ओगटेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

फोटोले भाग्य बदल्यो पूजानाको


कसैकसैका लागि भाग्य फोटो भएर आउँछ, यसो भनियो भने तपाइँ असहमत पनि हुन सक्नु हुन्छ । तर यदि पूजाना प्रधानको पछिल्लो प्रगति हेर्नु भयो भने यो भनाइ सोह्रैआना सही लाग्न सक्छ ।

पाँच वर्षअघि ‘हिरो’ चलचित्रबाट सिनेउद्योगमा उदाएकी यी मोडल/अभिनेत्री पछिल्ला केही समय लोकदोहोरी भिडियोमा मात्र सीमित थिइन् । लोकदोहोरी भिडियोकी सबैभन्दा व्यस्त यी बालाले एक दिन सोचिन्- ‘यसरी त भएन बा ! लोकदोहोरीमा मात्रै सीमित हुने भइयो । यसरी त कसरी जिन्दगी चल्ला !’ पढ्नेक्रम जारी राख्नुहोस्

चर्पी छैन ? नागरिकता नपाउनु होला


नेपालमा नेपालीले नागरिकता पाउन चर्पी बनाउनु पर्ने भएको छ । नेपालको सुदूरपश्चिममा अवस्थित कालिकोट जिल्लाका बासिन्दाले नागरिकता लिनका लागि घरमा चर्पी भएनभएको प्रष्टीकरण दिएपछि मात्र नागरिकता पाउने भएका हुन् । जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यअनुसार नागरिकता लिन चर्पी भए नभएको सिफारिस आवश्यक पर्ने प्रावधान राखिएको हो ।

गत वर्ष कालिकोट जिल्ला परिषद्ले पारित गरेको सरसफाइसम्बन्धी ११ बुँदे घोषणापत्रमा कर्मचारी तथा राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताको घरमा अनिवार्य चर्पी हुनुपर्ने उल्लेख गरिएको छ । सरसफाइसम्बन्धी जानकारी भएपछि हालसम्म तीनवटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्