काठमाडौं, तेस्रो चरणको प्रधानमन्त्री निर्वाचनमा पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तटस्थमा बस्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मोर्चाको बैठकले निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । संयुक्त बैठकमा कुन उम्मेदवारलाई समर्थन गर्ने विषयमा सहमति नभएपछि मोर्चा तटस्थमै बस्ने निष्कर्षमा पुगेको सदभावनाका नेता राजेन्द्र महतोले जानकारी दिए । सामूहिक विज्ञप्ती जारी गर्दै चार वटै मधेसवादी पार्टीका अध्यक्षले निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/08/2010
फेरि पनि मधेसी मोर्चा तटस्थ
Posted in समाचार
प्रधानमन्त्रीको अर्को चुनाव २० साउनमा
काठमाडौं, आज हुने चुनावबाट पनि नयाँ प्रधानमन्त्रीको चयन नभए अर्को चुनाव साउन २० मा हुने भएको छ। सभामुख सुवाषचन्द्र नेम्वाङले मुख्य दलका प्रमुख सचेतकसँगको छलफल गरी यस्तो निर्णय गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
हिरोइनलाई पढाइको चिन्ता
पोखरा, साउनमा सप्रिएको सिरु, हरियो जंगल, नजिकै गर्जिरहेको सार्दीखोला। पारीपट्टीको कालो चट्टाने पहाडलाई पृष्ठभूमि बनाएर एक जोडी नाचिरहेका छन्। बैजनी रङका यी प्रेम जोडी एकान्त पहाडको डिलमा कहिले अँगालोमा कसिन्छन्, कहिले एकअर्काको हात समाउँदै लहसिन्छन्। लोभलाग्दो जोडीको यो क्रम दोहोरिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
बस चालकको हात काटियो
यात्रुबाहक बस रोकेर सोमबार कोसी राजमार्गअन्तर्गत सुनसरी हाँसपोसा क्षेत्रको पानीपियामा दुई युवाले चालकको हात काटिदिएका छन्। को १ ख २१४१ नम्बर बसका चालक धरानका राजेश श्रेष्ठको दाहिने हात काटिदिएको इटहरी प्रहरीले जनाएको छ।
को ६ प २८१ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा मोटरसाइकलको छेउबाटै गाडी कुदाएको भन्दै युवाले गाडी रोकेर श्रेष्ठको हात काटेका थिए। हात काटेपछि मोटरसाइकलमै ती युवा इटहरी हुँदै पूर्वतर्फ भागेको जनाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
बन्दुकको नोकमा बलात्कार
सप्तरीको हर्दिया गाविस-२ की रञ्जना २२, ले कल्पनै नगरेको नियति भोग्नुपर्यो । सिराहाको नरगी गाविस-२ मा पर्ने माइती गएका बेला उनीमाथि बज्रपात भयो । जन्मेहुर्केको थलोमै उनी बलात्कृत भइन् । गत फागुन १ गते बेलुका ८ बजे माइतीघरको आँगनमा पुगेका दुई हतियारधारीले फायर गर्दै धावा बोले, घरमा भागाभाग भयो । अनि उनीहरूले रञ्जनाको कञ्चटमा बन्दुक तेस्र्याएर चाहेजस्तो गरे । बलात्कारीहरू मध्ये एक जना माइती गाउँकै युवक श्याम सुन्दर यादव थियो भने अर्को अपरिचित । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
शोभराज पत्नी निकिता र उनकी आमालाई पकड्न सर्वोच्चको आदेश
‘म त डुब्छु–डुब्छु, तिमीलाई पनि लिएर डुब्छु’ सुन्नु भएकै थियो होला नि यो उखान । चाल्र्स शोभराजसँग यो उखान ठ्याक्कै मिलेको छ । उनी त हत्याको अभियोगमा अब १४ बर्ष जेलमा थन्किने नै छन् । उनको सजायसँगै उनका श्रीमती र सासु तथा वकिल पनि अदालतमा तानिएका छन् ।
शोभराजकी पत्नी निकिता विश्वास तथा निकिताकी आमा शकुन्तला थापाले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चले तिन दिन भित्र अदालतमा उपस्थित हुन चिठ्ठी काटेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार