Daily Archives: 01/08/2010

प्रधानमन्त्री विवाद तत्काल टुंग्याऊ – महासंघ


नेपाल उद्योग वाणिज्य महासंघले तत्काल प्रधानमन्त्री चयन गरी राजनीतिक संकटको निकास खोज्न राजनीतिक दलहरूसँग आग्रह गरेको छ । महासंघले प्रधानमन्त्री चयन प्रक्रियाले मूर्तरूप पाउन नसक्दा मुलुक अनिर्णयको बन्दी बनेको ठहर गर्दै आज हुने प्रधानमन्त्रीको निर्वाचनबाट मुलुकले नयाँ प्रधानमन्त्री पाउनुपर्ने माग गरेको छ । “आज पनि प्रधानमन्त्री चयन हुन नसके मुलुकको परिस्थिति अझ बिग्रेर जाने हो कि भन्नेमा निजी क्षेत्र अत्यन्त चिन्तित भएको छ,” महासंघद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारीका लागि नयाँ देशमा कामदार गएनन्


काठमाडौं, सरकारले वैदेशिक रोजगारीका लागि नयाँ अवसर सिर्जना गर्न गत आर्थिक वर्षमा आधा दर्जनभन्दा बढी मुलुकलाई खुला गरे पनि त्यसअनुसार कामदार जान सकेका छैनन्।   सरकारले प्रवर्द्धनात्मक कार्यहरु नगरेको र म्यान पावर व्यवसायीहरु पनि सजिलै जान हिचकिचाएका कारण नयाँ गन्तव्यमा जाने कामदार नबढेका हुन्। यसले गत वर्ष पनि पुरानै गन्तव्य मलेसिया र खाडि मुलुकमा जाने कामदार बढेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

तनाब कम गर्ने कपडा


अहिलेको व्यस्त र आधुनिक जीवनको दौडमा मानिस तनाबमा हुनु सामान्य भइसकेको छ । तर, यस्तो तनाबबाट बच्न विशेषखालको ‘स्मार्ट कपडा’ बजारमा आउने भएको छ । यसका लागि अनुसन्धानकर्ताहरूले कपडाको तयारी गरिरहेका छन् ।

मानिसको भावनात्मक स्थितिका ’boutमा ख्याल राख्ने उक्त कपडाले मुटुको धड्कन र शरीरको तापक्रमसित सम्बन्ध राख्छ । सो कपडामा वेबमा आधारित एक विशेष डाटाबेस जोडिएको हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

महिलाका लागि पनि भियग्रा


पुरुषका लागि मात्रै उपलब्ध रहँदै आएको भियग्रा अब महिलाका लागि पनि आउने भएको छ । यदि पुरुषका लागि यो उपलब्ध छ भने महिलाका लागि किन नहुने ? यो प्रश्न लाखौँ महिलाले विभिन्न फोरममा सोध्ने गरेका छन् र अब उनीहरूका लागि खुसीको खबर आएको छ । हालै मात्र वैज्ञानिकहरूले महिलाका लागि पनि भियग्राको निर्माण गरेका छन् । वैज्ञानिकहरूले झन्डै ४० प्रतिशतभन्दा बढी महिलाले आफ्नो यौन जीवनमा पूर्ण सन्तुष्ट लिन नसकेकाले उनीहरूका लागि चरम यौन आनन्द प्रदान गर्न यो औषधिको उत्पादन गर्न लागेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बहराइन पुगेको भोलिपल्ट मृत्यु


काठमाडौ, श्रावण १५ – वैदेशिक रोजगारीका लागि बहराइन पुगेको भोलिपल्ट एक नेपाली कामदारको ज्यान गएको छ । बहराइनको अल अडिया कन्ट्रयाक्टिङ इस्टाबिल्सहीमेन्टमा लेबरको रूपमा काम गर्न गएका महेन्द्रनगरका ४१ वर्षीय फिरान महराको ज्यान गएको हो । गएको शनिबार बहराइन पुगेका उनको शव प्रहरीले गत बुधबार सडक छेउमा भेटेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नवलपरासीमा जीप पल्टिदा ९ को मृत्यु


नारायण शर्मा, नवलपरासी

श्रावण १५ -नबलपरासीको पहाडि बुलिङटार दल्दले सडक खण्डको सुक्खा खोलामा शनिबार विहान जीप दुर्घटना हुदा ९  जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । बुलिङटार वाट दल्दलेतर्फ आउदै गरेको लु १ ज १८८० नम्बरको जीप कच्चि सडकबाट करिब २ सय फिट तल खसेर दुर्घटना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्