Monthly Archives: अगस्ट 2010

फरक फरक हेराइ… (लघु कथा)


– राजु गुरुङ
एक दिन, शहरका एक धनी मान्छेले आफ्नो छोरालाई गाउघर तिरका मान्छे कस्ता हुन्छन, उनीहरुको रहन-सहन र दिन चर्याहरु कस्तो हुन्छ भनेर देखाउन, बुझाउन भनेर गाउतिर लिएर गएछ र उनिहरुले २ दिन २ रात एउटा गरीब किसानको घरमा बिताए छन । उनिहरु फर्किने क्रममा बुवाले छोरालाई सोधेछन, छोरा कस्तो लाग्यो त गाउघर? अनी तिम्रो यात्रा कस्तो भयो त?
 छोरा: “एकदमै राम्रो बुवा।” बुबा: “तिमीले देख्यौ गरीब मान्छेहरु कसरी बस्दो रहेछन?”  छोरा: “अ बुवा”। “तेसो भए तिमीले यो यात्रा बाट के सिकेउ त”? बुवाले छोरालाई भन्यो, छोरा: “मैले देखे हामीसँग २ वटा कुकुर छ तर उनिहरु सँग ४ वटा थियो”। हामी सँग भएको पुल बगैचाको बिचसम्म मात्र जान्छ तर उनिहरुसँग भएको पुलको अन्तको कुन सिमानै थिएन। हामीसँग कृतिम चिजहरु छन भने उनिहरुसँग रातमा तारा देखिने ठाउँ छ। हामीसँग बस्नको लागि सानो जमिन को टुक्रा छ भने उनिहरुसँग आँखाले नभ्याउने खेत छ। हामी खाना किनेर खान्छौ भने उनिहरु खाना उब्जाएर अरुलाई खुवाउछन। हामीले आफुलाई बाचाउन दिवाल लगाएकोछौ भने उनिहरुलाई प्रकृतिले सुरक्षा गरेको छ।     यतिकैमा बुवा शब्द बिहिन भयो…….। फेरी छोराले अरु थप्यो, “धन्यवाद बुवा हामी कती गरीब छौ भनेर मलाई देखाइदिएकोमा।“

Posted by: Raju Gurung

तमू बचत तथा ऋण सहकारी संस्था कतारको प्रारम्भीक साधारण सभा सम्पन्न


बुधबल गुरुङ, दोहा

अगष्ट ३० । तमू बचत तथा ऋण सहकारी संस्था लि. कतारको प्रथम साधारण सभा अगष्ट २७ को दिन टपफर्म रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ । संस्थाको विनियम २०६६ अनुसार तदर्थ समिति गठन भएको ३ महिना भित्र साधारण सभा गर्नु पर्ने प्रावधान भए अनुसार यो प्रथम साधारण सभा गरिएको जनाईएको छ । तदर्थ संचालक समितिका अध्यक्ष बुधबल तमूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत हेम तमूले संचालन गर्नु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

खेल मिलेमतोका अभियुक्त रिहा


लन्डन,  क्रिकेटलाई तहसनहस पार्ने घटनाको छानबिन गर्न प्रहरी, सरकार र क्रिकेट अधिकारीहरू लागिरहेको अवस्थामा पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीमाथि लागेको खेलमिलेमतोको मुख्य केन्द्रबिन्दु मानिएका एक अभियुक्तलाई धरौटीबिना तारेखमा रिहा गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अविरल वर्षाले घर भत्किँदा सात जनाको मृत्यु


१५ भाद्र, सुर्खेत । कालीकोटको भर्ता गाविस-१ मा अविरल वर्षाले घर भत्किदा एकै परिवारका चार सदस्य सहित सात जनाको मृत्यु भएको छ । अन्य तीन जना बाँच्न सफल भएका छन् । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति साढे ११ बजे पर्व दमाईको घर भत्किदा उहाँका १० वर्षीय छोरा रज दमाई, ७ वर्षीय छोरा अलि दमाई र चार वर्षीया छोरी काली दमाईको मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व युवराज्ञी हिमानीको कार्यक्रम रद्द गर्न माओवादी दबाब


काठमाडौं, भदौ १५  माओवादी कार्यकर्ताको दबाबका कारण पूर्व युवराज्ञी हिमानी शाहको खानेपानी ट्यांकी र पाइप हस्तान्तरण कार्यक्रम रद्द भएको छ। सदरमुकामबाट ३५ किलोमिटर पश्चिमको नाम्दु गाविसमा खानेपानीको पाइप हस्तान्तरण गर्न हिमानी सोमबार अपराह्न स्थलमार्गबाट चरिकोट आएकी थिइन्। दोलखाका डिएसपी धीरजप्रताप सिंहले पूर्व युवराज्ञीको नाम्दु जाने कार्यक्रम सोमबार राति १० बजेमात्र रद्द भएको नागरिकलाई जानकारी दिए।
पढ्नेक्रम जारी राख्नुहोस्

शिवलिंगको पनि पूजा नगर्नु -कोमल ओली


बत्तीमा तेल थपेर, धेरै गरें पूजाआज तिम्रै नाउँ जपेर, आखिरीमा बनायौ निराश, धत्तेरिका शिवजी रै’छौ बदमास…

काठमाडौ, भाद्र १५, पछिल्लो एल्बम ‘बदमास’ मा समेटिएको यही गीतका कारण लोकगायिका कोमल ओलीले सोमबार तनावमा गुजार्नुपर्‍यो । आइतबार ‘गीतको पंक्तिले भगवान् शिवको अपमान गरेको’ भन्दै नेपाल टेलिभिजनबाट प्रोमो रोकिएपछि उनी टेलिभिजन कार्यालय पुगेका थिए, कामु नायव कार्यकारी निर्देशक प्रकाशजंग कार्कीले उनलाई ‘धार्मिक आस्थामा आँच पुग्ने भएकाले प्रोमो रोकाएको’ बताए ।

गायिका ओलीले भने आफूले नकारात्मक भावबाट नभई प्रतीकात्मक रूपमा शिवजीप्रति प्रेम व्यक्त गर्न त्यस्तो गाएको बताइन् । साहित्यमा प्रतीक र विम्ब हुन्छ नि, उनले भनिन्, मैले पनि प्रतीकात्मक रूपमा शिवको पुकारा गरेकी हुँ । पढ्नेक्रम जारी राख्नुहोस्

‘अनमिनको भूमिकाले निरन्तरता नपाए शान्ति प्रकृया भंग हुने खतरा’


 काठमाडौ,  एमाले अध्यक्ष झलनाथ खनालले अनमिनको निरन्तरतामा अवरोध आए शान्ति प्रकृया भंग हुने खतरा आउने बताएका छन् ।  अनमिनको कमिकमजोरी भए त्यसलाई उपयुक्त र तरिका पुर्‍याएर आलोचना गर्नुपर्ने बताउदै अनमिनलाई निरन्तरता दिनुपर्ने पनि उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

बाढीले कोशी ब्यारेज उच्च जोखिममा


– राजन निरौला, धनबहादुर पुरी
कोशी ब्यारेज .केही दिनदेखि लगातार परेको वर्षाका कारण कोशी नदीमा आएको बाढीले ब्यारेज उच्च जोखिममा परेको छ । सोमबारदेखि नै ब्यारेजका तीन स्थानमा रातो झण्डा गाडेर रातो बत्ती बालिएको छ । नदीमा बेलुका ५ बजॆतिर पानीको बहाव ३ लाख ३६ हजार ३ सय १६ क्युसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको छ । दुई वर्षअघि कोशीको पूर्वी तटबन्ध भत्किँदा पानीको बहाव १ लाख ६८ हजार क्युसेक प्रतिसेकेण्ड मात्र थियो । कोशीमा प्रत्येक घण्टा पानीको बहाव मापन गर्ने कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार पहाडी क्षेत्रमा परेको वर्षाले ब्यारेजको सतहसम्म पानीको उँचाइ बढेकोले ब्यारेजमा खतरा पुग्नसक्छ । खतरा बढेपछि यातायात सेवा पनि एकतर्फी बनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्