काठमाडौ, लामो समयको सुस्तता, त्यसपछि बाँकी रहने अवधिको व्यस्तता । प्रत्येक अन्तर्राष्ट्रिय प्रतियोगिता मुखैमा आइपुगेपछि हतारिने नेपाली खेलकुदको परम्परागत विशेषता देखिन्छ । जिम्मेवार संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) पदाधिकारी पर्याप्त समय रहेसम्म कानमा तेल हालेर बस्ने गर्छन् । तीन महिनापछि चिनियाँ सहर गोन्जाउमा कात्तिक २६ देखि ११ मंसिरसम्म हुने १६ औं एसियाली खेलकुदको तयारीमा नेपाली परम्परा फेरि दोहोरिएको छ ।
सधैं खेलाडीलाई मात्र हतार हुने गर्छ । न्यून बजेटसँगै सीमित सुविधामा खेलाडीको प्रयास सधैं प्रशंसनीय हुने गर्छ । यस्तोमा कुनै प्रतिद्वन्द्वीलाई पराजित गरे पनि त्यो जित नेपाली खेलाडीका लागि पदकभन्दा कम हुने छैन । छनोट दिनदिनै रोकिने गरी भएको कराँते विवादले पक्कै पनि नेपालको गोन्जाउ यात्राको सुखद् संकेत गर्दैन । दशकौंपछि पनि खेलकुदमा अन्योलपूर्ण नेपाली राजनीतिको रङ हटेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्