केही समययता नेपालीमाझ गिनिज बुकमा नाम लेखाउने लहडै चलेको छ। दुई साताअघि साप्ताहिकको आवरण पृष्ठमा गिनिज बुकमा कीर्तिमान राख्ने दीपक बजगाइरंको कथा प्रकाशित भएको थियो । त्यो एउटा उदाहरण मात्र थियो । सबैभन्दा सानी गायिका, सबैभन्दा धेरै समयसम्म पढ्ने व्यक्ति, सबैभन्दा होचो युवकजस्ता धेरै कीर्तिमान नेपालीको खातामा आउन थालेको छ । यही लहरमा नेपालका तर्फबाट सबैभन्दा बढी कीर्तिमान राख्ने धाउन्नमा अर्का युवक रोहित तिमल्सिना पनि देखापरेका छन् ।
अहिलेसम्म गिनिज बुकमा चारवटा कीर्तिमान राखिसकेका रोहितले आफूसँग करिब ५० वटा रेकर्ड राख्ने क्षमता भएको दाबी गरेका छन्। उनले अहिलेसम्म लङ टेनिसका २१ वटा बल एउटै हातमा झन्डै १५ सेकेन्ड राख्ने, विश्व एड्स दिवसका दिन १ मिनेटमा १ सय २६ व्यक्तिलाई चुम्बन गर्ने, सबैभन्दा छोटो समयमा २४ वटा गल्फ बल हातमा राखेर करिब ४ मिनेटसम्म अड्याउने एवं १९ घण्टा ३५ सेकेन्डसम्म लगातार हात मिलाउने कीर्तिमान राखेका छन्। आफ्नो जन्म नै नयाँ काम गर्नका लागि भएको विश्वास गर्ने रोहित गिनिज इन्टरनेसनल एजुकेसन फाउन्डेसनमार्फत आफूजस्तै प्रतिभाको खोजीमा लागेका छन्।
आजभोलि जताततै गिनिज बुकमा नाम लेखाउनेहरू भेटिन्छन्, यो के चक्कर हो ?
यसलाई भर्खरै नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचान हुन थाल्यो भनेर बुझ्नुपर्छ । हिजोसम्म नेपालीहरूमा हिमाल चढ्ने मात्र खुबी छ भन्ने थियो । ’cause जबसम्म मानिस अरूजस्तै हुन्छ, उसका ’boutमा कसैले चासो राख्दैन । अहिले धमाधम नयाँ रेकर्ड राख्न थाल्नु नेपालीहरूले पनि विश्वमा नयाँ पहिचान बनाउन थाल्नु हो । कति हामी गरिब देशका गरिब जनता भनेर मात्र चिनिने ? केही फरक त हुनुपर्यो नि ।
हात मिलाउने, बल अड्याउने, चुम्बन खानेजस्ता कीर्तिमानले के अर्थ राख्छ र ?
आज संसारमा जति पनि विद्वेष, ईष्र्या अनि अशान्ति आदि किन बढेको छ ? हात नमिलाएर । लगातार हात मिलाउनुको अर्थ संसारमा शान्तिको सन्देश छर्नु हो । मैले विश्व एड्स दिवसका अवसरमा १ मिनेटमा १ सय २६ जना व्यक्तिलाई चुम्बन गरें । तीमध्ये २० प्रतिशत एचआईभी पीडित थिए । यसले विश्वमा एक दिन भए पनि एड्सविरुद्ध सन्देश प्रवाहित भयो । जन्मियो, आमा-बुबालाई दङ्ग्याउँदै जवान भयो, लभसब गरेर विवाह गर्यो, दुइर् -चार सन्तान जन्मायो र मर्यो । के यही हो जीवनको उद्देश्य ? जीवनमा केही त गर्नुपर्यो नि, होइन र ?
भनेपछि तपाईं गिनिज बुकमा कीर्तिमान राख्न मात्र जन्मनुभएको हो ?
मलाई त्यस्तै लाग्छ । ममा यति धेरै प्रतिभा केका लागि आए ? मलाई अरूले गरेभन्दा फरक काम गर्न मन लाग्छ, किन ? म जब कुनै व्यक्तिलाई दे ख्छु मेरो मनमा यो मानिसमा भएको खुबी खोतल्न मन लाग्छ । राम्रो लाग्यो भने कपी गर्न मन लाग्छ । यसको अर्थ मभित्र केही छ । यो मेरो घमन्ड होइन, आत्मविश्वास हो ।
अरू के गर्न सक्नुहुन्छ ?
यदि मसँग पैसा हुने हो भने तीन महिनाभित्र २० वटा फरक कुरामा कीर्तिमान राख्न सक्छु, तर यो २० वटा कीर्तिमान राख्न करिब ६० लाख रुपैयाँ खर्च हुन्छ । म २६ वर्षे ठिटोसँग त्यति धेरै पैसा हुने कुरा पनि भएन । मेरा लागि अरूले यति ठूलो खर्च गरिदिने कुरा पनि आएन ।
आफ्नो पैसा खर्च गरी-गरी कीर्तिमान राखेर के फाइदा ?
पैसा खर्च गरी-गरी किन पर्यटकहरू नेपाल घुम्न आउँछन् ? पैसा खर्च गरी-गरी तपाईं किन सिनेमा हेर्न जानुहुन्छ, पुस्तक पढ्नुहुन्छ ? यो त्यस्तै प्रश्न भएन र ? ठीक हो, गिनिज बुकले कीर्तिमान बनाएको एउटा सर्टिफिकेट मात्र दिन्छ, पैसा दिँदैन । रेकर्ड दाबी गर्न सञ्चारमाध्यम, देशका विशिष्ट व्यक्ति, भिडियो, त्यसको प्रोसेसिङ आदिका लागि ठूलो खर्च लाग्छ । त्यसो भन्दैमा आफ्नो खुबी संसारलाई प्रस्तुत नगर्नु ? हिमाल चढ्दा ज्यानै जाने डर हुन्छ, सरकारलाई रोयल्टी तिर्नुपर्छ । तैपनि मानिसहरू हिमाल चढेका चढयै छन्, किन ?
तपाईंले तीन महिनामै बीस्ाौं कीर्तिमान राख्न सक्छु भन्नुभयो, के-के कीर्तिमान राख्न सक्नुहुन्छ ?
कीर्तिमान त जे पनि राख्न सकिन्छ । जस्तो एउटा व्यक्तिले एक मिनेटमा सय पटक हाप्fmपेन्ट खोल्दै लगाउँदै एउटा नयाँ कीर्तिमान राखेको छ । यस्ता जुनसुकै कीर्तिमान पनि तोड्न सकिन्छ, तर जस्तो पायो त्यस्तै कीर्तिमान राखेर आफूलाई हलुका बनाउनु हुँदैन, कुनै पनि कीर्तिमानको सन्देश विश्वभरि जानुपर्छ । त्यसले नेपाललाई फाइदा हुनुपर्छ । म खेलकुद, नृत्य एवं मानवीय साहसका विषयमा बीसौं कीर्तिमान राख्न सक्छु । विशेष गरी लोकगीतको संसारभरि विभिन्न कीर्तिमान छन् । ती सबैलाई नेपाली लोकगीतले उछिन्न सक्छ । म राम्रो डान्सर पनि हुँ । म लोकनृत्यमा धेरैभन्दा धेरै कीर्तिमान राखेर चिनिन चाहन्छु ।
नयाँ-नयाँ काम गर्ने सोख कहिलेदेखि पलाउन थाल्यो ?
बाल्यावस्थामा सबै चकचके हुन्छन् । उनीहरूलाई त्यही काम गर्न मन लाग्छ, जुन ठूलाले गर्नु हुँदैन भन्छन् । म पनि त्यस्तै थिएँ, तर अरू र ममा के फरक भयो भने सबै जना उमेर बढ्दै जाँदा समाजको नियमभित्र बाँधिए, म बाँधिन सकिनँ अनि मैले सधैं नयाँ काम गरिरहें । अहिले पनि गरिरहेको छु ।
त्यस्ता नयाँ काम गर्दा कति दुःख पाउनुभयो ?
एकपटक टाउकाले नाच्ने अभ्यास गर्दा मुन्टै दोबि्रयो । अहिले पनि बेला बेलामा मुन्टो दुख्छ । हात खुट्टा मर्किने, जीउमा चोट लाग्ने कथा त दिनहुँजसो हुन्थ्यो । एकपटक बाटामा एउटा गाडी चाबीसहित राखेको रहेछ । मैले मन थाम्नै सकिनँ । ड्राइभर सिटमा बसेर त्यसलाई चलाइदिएँ । अर्को गाडीमा ठोक्किएपछि जरिवाना तिर्नुपर्यो । त्यसबेला गाउँलेहरूले मलाई हावा भन्थे, अहिले चारवटा कीर्तिमान राखेपछि गाउँको हस्ती भन्न थालेका छन् ।
गिनिज बुक कहिले देख्नुभयो ?
द्वारिका होटलका जनरल म्यानेजर धावा जिम्मा मेरो अभिभावकजस्तै हुनुहुन्छ । अरूले मेरो शैलीलाई मन नपराए पनि उहाँ सधैं नयाँ काम गर्न उक्साउनुहुन्थ्यो । उहाँको संगतले म विदेशीहरूसँग घुममिल गर्न थालें । विदेशीहरूलाई विभिन्न प्रतिभा देखाएर मनोरञ्जन गर्ने क्रममा सन् १९९७ मा एक जना बेलायती नागरिकले मलाई गिनिज बुक उपहार दिएका थिए । त्यसबेला उनले तेरो लक्ष्य यो पुस्तक हुनुपर्छ भन्यो । त्यो मेरो पहिलो गिनिज बुक देख्ने मात्र होइन, प्रेरणा दिने उपहार पनि बन्यो ।
पहिलो पटक कुन विधामा कीर्तिमान राख्ने योजना बनाउनुभएको थियो ?
गिनिज बुक हात पर्नेबित्तिकै मैले आगोमा हिडेर कीर्तिमान राख्ने योजना बनाएको थिएँ । कुनै विदेशीले १ सय मिटर आगोमा हिँडेको कीर्तिमान त्यसमा प्रकाशित भएको थियो । म त्यसैलाई तोड्न हौसिएको थिए, तर मेरा सबैजसो शुभचिन्तकले पहिलो पटकमै शरीरलाई हानी हुने कीर्तिमान नराख्न अनुरोध गरेपछि मेरो त्यो योजना त्यत्तिकै तुहियो । त्यसपछि म उल्टो हिँड्न थाले, ’cause एउटाले १२ हजार किलोमिटर उल्टो हिँडेर कीर्तिमान बनाएको थियो, म उक्त कीर्तिमान तोड्न चाहन्थें ।
त्यो कीर्तिमान त राख्नुभएन नि ?
पहिले सुरु गरे पनि यस्तो कीर्तिमान राख्न लामो समय लाग्थ्यो । म छोटो समयमा धेरै कीर्तिमान राख्न चाहन्थें । त्यसैले त्यसलाई छोडेर चोरी औंलाले अन्डा र ट्युबलाइट फुटाउन थालें ।
तपाईंले ट्युबलाइट र अन्डा फुटाएको कीर्तिमान पनि दर्ता भएको छैन नि ?
मैले १ मिनेटमा ९९ वटा अन्डा फुटाएँ । १ मिनेटमै १ सय ७० सेन्टिमिटर ट्युबलाइट फुटाए, तर गिनिज बुकले मेरो कीतिमानलाई मान्यता दिएन । उसले भरपर्दो प्रमाण पुगेन भनेर अस्वीकार गरिदियो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालजस्तो अविकसित मुलुकका मानिसलाई सकेसम्म हतोत्साहित गरिँदो रहेछ । गिनिज बुकमा दर्ता हुन उसको नियम पालना गर्नुपर्छ । अलिकति पनि शंका लाग्यो भने पनि उसले अस्वीकार गर्दो रहेछ । गिनिज बुकले मान्यता नदिए पनि मैले १ मिनेटमा ९९ वटा अन्डा र १ सय ७० सेन्टिमिटर ट्युबलाइट फुटाएकै हो । यसमा म सन्तुष्ट छु ।
घरमा श्रीमती र शिशु भएको मानिस यस्तै काम गर्दै हिँड्दा परिवार कसले पालिदिन्छ ?
सुरुमा गाह्रो थियो, तर गिनिज बुकमा नाम लेखिएपछि त्यही कुरा मानिसलाई विशेष लाग्न थाल्यो । पहिले मेरो बुबा छोरा बिग्रने भयो भनेर चिन्तित हुनुहुन्थ्यो, अहिले यसैले केही गर्छ भन्न थाल्नुभएको छ । यही काम गरेबापत गिनिज इन्टरनेसनल एजुकेसन फाउन्डेसनले मलाई जागिर दिएको छ, त्यो पनि मेरै रुचिको । मैले विभिन्न प्रतिभाहरू खोजेर उनीहरूलाई गिनिज रेकर्डका लागि तयार पार्न सक्छु । मेरा पछिल्ला कीर्तिमानहरूको खर्च पनि उहाँहरूले नै बेहोरिरहनुभएको छ । हिजो यो मेरो सोख थियो, आज यही आम्दानीको स्रोत बन्न थालेको छ । भोलि मैले नृत्यमा दुई-चार कीतिमान राख्नेबित्तिकै म अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छु । यसबाट थाहा हुन्छ, पढेर जागिर पाइँदैन, जागिर त प्रतिभा मात्र पाउँछ । म अहिले स्नातकोत्तर पढ ्दैछु, तर मेरो आम्दानी क्याम्पस पढाउनेहरूको भन्दा बढी छ ।
तपाईंको विचारमा मानिसको जीवन के हो ?
हरेक व्यक्तिलाई ईश्वरले विशेष प्रतिभा दिएको हुन्छ, त्यसलाई पहिचान गर्नुपर्छ । जसले आफ्नो प्रतिभालाई चिनेर सदुपयोग गर्छ, त्यही मानिस ठूलो हुन्छ । मानिसले जागिर खान होइन, आफ्नो प्रतिभा चिन्न क्याम्पस पढ्नुपर्छ । मेरो विचारमा हरेक व्यक्तिसँग गिनिज बुकमा नाम लेखाउने प्रतिभा छ । ऊ जहाँ जे गर्दैछ, त्यहीबाट उसले आफूलाई अन्तर्राष्ट्रियकरण गर्न सक्छ ।
तपाईंको विचारमा म पनि गिनिजबुकमा नाम लेखाउन सक्छु ?
किन सक्नुहुन्न ? तपाईंले यो पत्रिकामा लगातार विभिन्न क्षेत्रका मानिसहरूको अन्तर्वार्ता लिइरहनुभएको छ । अब यसलाई अलिकति दिमाग लगाएर एकै दिनमा १२ जनाको १-१ घण्टा लगाएर १२ घण्टा अन्तर्वार्ता लिनुभयो भने त्यो त झन् विशेष कीर्तिम्ाान भयो । कीतिमान त हरेकले राख्न सक्छन्, यति हो, त्यसलाई म्यानेज गर्न जान्नुपर्छ ।
अश्विनी कोइराला