केही समययता नेपालीमाझ गिनिज बुकमा नाम लेखाउने लहडै चलेको छ। दुई साताअघि साप्ताहिकको आवरण पृष्ठमा गिनिज बुकमा कीर्तिमान राख्ने दीपक बजगाइरंको कथा प्रकाशित भएको थियो । त्यो एउटा उदाहरण मात्र थियो । सबैभन्दा सानी गायिका, सबैभन्दा धेरै समयसम्म पढ्ने व्यक्ति, सबैभन्दा होचो युवकजस्ता धेरै कीर्तिमान नेपालीको खातामा आउन थालेको छ । यही लहरमा नेपालका तर्फबाट सबैभन्दा बढी कीर्तिमान राख्ने धाउन्नमा अर्का युवक रोहित तिमल्सिना पनि देखापरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 31/07/2010
तीन महिनाभित्र बीसवटा कीर्तिमान राख्न सक्छु
Posted in अन्तर्वार्ता
प्रधानमन्त्रीलाई नेपाल घुमाउँछुः बेलायती रक्षामन्त्री
कान्तिपुर संवाददाता,
लन्डन , श्रावण १५ – बेलायती रक्षामन्त्री एन्ड्रयु रोवाथनले आफ्ना प्रधानमन्त्रीलाई छिट्टै नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । यतिखेर बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित विभिन्न मन्त्री र उद्योगी सम्मिलित जम्बो टोली छिमेकी मुलुक भारत भ्रमणमा छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
च्यमोलोङमा प्रतिष्ठान नेपालको पहिलो गिती संग्रह “अंकुरण” को बिमोचन
पेम्बा गेलु शेर्पा/भूपाल राना
साउन १४/काठमाडौँ (सोलु अनलाईन) – च्यमोलोङमा प्रतिष्ठान नेपालको पहिलो गिती संग्रह “अंकुरण” को आज एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा बरिष्ठ संगितकार प्राज्ञ बुलु मुकारुङले उक्त गीति संग्रहको बिमोचन गर्नुभएको थियो । बिशेष गरि साहित्य कला संगीत क्षेत्रमा प्रखर अभिरुचि राख्ने सोलुखुम्बुका स्रष्टाहरुको संस्थाको रुपमा स्थापना भएको च्यमोलोङमा राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष पविधन खालिङको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ संगीतकार बुलु मुकारुङ रहनुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सन्तुलित छ नेपाली क्रिकेट टिम
विश्व क्रिकेट लिग डिभिजन फोरमा खेल्न अर्को हप्ता नेपाली क्रिकेट टिम इटाली जाँदैछ । जहाँ नेपालले बिल्कुल नयाँ प्रतिद्वन्द्वदीहरूअमेरिका, क्यामी आइल्यान्ड, अर्जेन्टिना, तान्जानिया र आयोजक इटालीको चुनौतीको सामना गर्नेछ । इतिहास साक्षी छ नेपालमा क्रिकेट मात्र एउटा टिम हो जसले देशबाहिर सँधै उत्कृष्ट प्रदर्शन गरेको छ । यसपटक पनि नेपाल क्रिकेट टिमबाट उपाधि जितभन्दा कम अपेक्षा गरिएको छैन । यद्यपि सिनियर टिमका लागि अहिलेसम्मकै सबभन्दा ठूलो प्रतियोगिता भएकोले डिभिजन फोर नेपालको लागि सहज भने हुने छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
वैकल्पिक पेशातिर खेलाडी
नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दास काठमाडौँका २ वटा निजी कलेजका क्रिकेट प्रशिक्षक हुन्। काठमाडौँको जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीलाई क्रिकेट सिकाउँदै आएका उनी अहिले काठमाडौँकै ह्वाइट हाउस कलेजमा पनि क्रिकेट सिकाउँछन्। कराँते खेल जीवनबाट संन्यास लिएका चर्चित कराँते खेलाडी दिपक श्रेष्ठले ललितपुरको लिट्टिल एन्जल्स स्कूलका विद्यार्थीलाई कराँते सिकाउन थालेको १० वर्ष नाघिसक्यो। पढ्नेक्रम जारी राख्नुहोस्
हनिमुनमा गएका मनिषा र सम्राटको नेपाल निम्तो
फिनल्यान्ड – फिनल्यान्डको उत्तरी भागमा हनिमुन मनाएर राजधानी हेलसिन्की फर्किँदा बलिउड नायिका मनिषा कोइरालामा नेपालीपन प्रष्टै देखियो। हनिमुनका लागि फिनल्यान्ड पुगेका मनिषा कोइराला र साम्राट दाहाल नेपालको पर्यटन वर्ष २०११ सफल पार्ने कार्यक्रममा समेत जुटे।
मनिषा र व्यवसायी दाहालले एक महिना अघिमात्रै नेपाली परम्परा अनुसार बिहे गरेका थिए। गैर-आवसिय संघ (एनआरएन) फिनल्यान्डले आयोजना गरेको नेपाल पर्यटन वर्ष २०११ को प्रवर्दन कार्यक्रममा बलिउड अभिनेत्री मनिषा कोइरालाको नेपलीपना झल्किएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन