कृष्ण आचार्य
गोरखा, श्रावण १४ – जेलमै जन्मेका सविन मझकोटीले साढे चार वर्षपछि बुधबार पहिलोपटक बाहिरी संसार देखे । मध्याह्न १२ बजे कारागारबाहिर निस्केका सविन गाडी देख्नेबित्तिकै निकै कहालिए । सरिताको कोखबाट जेलमा जन्मेका उनी पहिलोपटक कारागारबाहिर निस्कन पाउँदा निकै खुसी पनि भए ।
सविनले बाहिर भेटेका अधिकांश पुरुषलाई मामाको साइनो लगाए । उनीसँगै रहेका कारागारका कर्मचारी कृष्णहरि ढकालका अनुसार सुरक्षाका लागि खटिएका प्रहरीलाई मामा भन्ने गरेकाले उनले यस्तो न्यानो साइनो लगाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्