कोलम्बो, सचिन तेन्दुलकरले ४८औं सतक बनाएपछि भारतले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा पुनरागमन गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमानी तेन्दुलकरले अविजित १ सय ८ रन बनाएपछि भारतले तेस्रो दिन खेलको समाप्तिमा ४ विकेट गुमाई ३ सय ८२ रन बनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/07/2010
म्याराडोनाको ठाउँ बाटिस्टाले लिने
अर्जेन्टिनी फुटबल प्रशिक्षकबाट हटाइएका म्याराडोनाको स्थान कसले लिने भनेर निश्चित भएको छैन, तर अगस्ट ११ मा डब्लिनमा गणतन्त्र आयरल्यान्डविरुद्ध हुने मैत्री खेलमा अर्जेन्टिनाको जिम्मेवारी सर्जियो बाटिस्टाले लिनेछन्। आगामी अर्जेन्टिनी प्रशिक्षकको सूचीमा बाटिस्टाको पनि नाम छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
सेमिफाइनलमा जुम्ल्याहा दिदी-बहिनी
काठमाडौँ, रुपिज इन्टरनेसनल स्कुलका जुम्ल्याहा दिदी-बहिनी मायाङ्का राणा र माहिका राणा बुधबार दोस्रो केसा ग्रुप/जुनियर टेनिस इनिसिएटिभ -जेटीआई) खुला टेनिस प्रतियोगिताअन्तर्गत यू-१० गल्र्स एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
मनाङ मस्र्याङ्दीमा एघार नयाँ खेलाडी, साहुखल सर्वाधिक महँगा फुटबलर
काठमाडौँ, स्ट्राइकर सन्तोष साहुखल बुधबार नेपाली फुटबलको सर्वाधिक महँगा खेलाडी बनेका छन् । मनाङ मस्र्याङ्दी क्लबले साहुखलसँग मासिक ५० हजार रुपियाँको सम्झौता गरेको छ । यसैगरी मस्र्याङ्दीले आफ्नो पुरानो साख फर्काउने उद्देश्य लिएर एघार नयाँसहित १७ खेलाडीलाई सार्वजनिक गर्यो । छ पटक लिग उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी गतवर्ष छैटौँ स्थानमा रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
मेट्रो एफएम लथालिंग
काठमाडौं, काठमाडौं महानगरपालिकाद्वारा साचालित मेट्रो एफएममा कार्यरत पत्रकार र कर्मचारी कार्यालय आउन छाडेपछि त्यहाँबाट प्रशारित हुने दैनिक समाचार कार्यक्रमसमेत पूर्ण प्रभावित बन्न पुगेको छ। बिहान पौने ९ बजेदेखि पौने ६ बजेसम्म दैनिक समाचार प्रसारण गर्नुपर्ने सो एफएममा हाल दुई पटकसम्म मात्र समाचार प्रशारण हुने गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
बहुमतीय सरकारमा समर्थन नगर्न आग्रह गर्दै खनालले मधेसवादी दललाई पत्र पठाए
काठमाडौं, प्रधानमन्त्रीका लागि बहुमत जुटाउन माओवादी र कांग्रेसले प्रयास गरिरहेका बेला एमाले अध्यक्ष झलनाथ खनालले भने बहुमतीय सरकारमा मतदान नगर्न मधेसवादी दलहरुलाई आग्रह गरेका छन् । खनालले बुधबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध चार वटै मधेसवादी दलहरुलाई पत्र लेखेर बहुमतीय सरकारका लागि कुनै पनि उम्मेदवारलाई मतदान नगर्न आग्रह गरेका हुन् । अध्यक्ष खनालको पत्र मधेसवादी दललाई बुझाउन पोलिटव्युरो सदस्यद्वय रामचन्द्र झा र प्रकास ज्वाला गएका थिए । ‘अध्यक्षज्यूको पत्रप्रति उहाँहरु -मधेसवादी दल) को प्रतिक्रिया पनि सकारात्मक छ,’ ज्वालाले भने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार