नेपाल-चीनबीचको सुरक्षा व्यवस्था मजबुत बनाउन छलफल


काठमाडौँ, प्रधानमन्त्री माधवकुमार नेपालसँग चिनियाँ सार्वजनिक सुरक्षा उपमन्त्री चेन जिमिनको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ । सो भेटका अवसरमा दुई देशबीचको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सूचना आदानप्रदान गर्ने र अवाञ्छित गतिविधि नियन्त्रण गर्ने’bout कुराकानी भएको थियो ।

सुरक्षाका क्षेत्रमा उत्पन्न हुनसक्ने पछिल्ला चुनौतीका विषयमा हरेक दुई वर्षमा एकअर्को मुलुकको उच्चस्तरीय भ्रमण गरी छलफल गर्न सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी, हङकङ प्रवेश गर्न चाहने नेपालीले भिसा लिनेक्रममा धेरै कठिनाइ भोग्नुपरेको भन्दै प्रधानमन्त्री नेपालले चिनियाँ उपमन्त्री जिमिनको ध्यानाकर्षण गराउनुभएको सल्लाहकार भट्टराईले उल्लेख गर्नुभयो ।

दुई देशबीचको सम्बन्धलाई बहुआयामिक ढङ्गले हेर्नुपर्नेमा पनि सो अवसरमा छलफल भएको बताइएको छ ।

यसैगरी, गृहमन्त्री भीमबहादुर रावलसँग मङ्गलबार जनवादी गणतन्त्र चीनको सार्वजनिक सुरक्षा उपमन्त्री चेन जिमिनको नेतृत्वमा नेपाल भ्रमणमा आएको ११ सदस्यीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्‍यो ।

गृह मन्त्रालयमा भएको सो भेटका अवसरमा चीन र नेपालको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुनुका साथै गत फेब्रुअरीमा गृहमन्त्री रावलले चीन भ्रमण गर्दा सम्पन्न दुई देशबीचको समझदारीको कार्यान्वयन स्थितिका विषयमा विचार-विमर्श भएको गृह मन्त्रालयले जनाएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलका नेता चेन जिमिनले नेपाल भ्रमणको मुख्य उद्देश्य चीन र नेपालबीचको द्विपक्षीय सम्बन्ध अझ मजबुत बनाउनेतर्फ लक्षित रहेको बताउनुभयो ।

भेटका अवसरमा गृह मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद कुसुम र गृह तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको उपस्थिति थियो ।

यसैगरी, गृह मन्त्रालय र जनवादी गणतन्त्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालयबीच सीमासम्बन्धी कानुन कार्यान्वयन सहयोगसम्बन्धी पहिलो बैठक बस्यो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद कुसुम र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका चीनको सार्वजनिक सुरक्षा उपमन्त्री चेन जिमिनले गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा गृह, कानुन, अर्थ, परराष्ट्र मन्त्रालय तथा सुरक्षा निकायका उच्च अधिकृतको सहभागिता थियो ।

उक्त बैठकमा द्विपक्षीय सुरक्षा चासोका ’boutमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि चिनियाँ उपमन्त्रीले गृह मन्त्रालयलाई सहयोगस्वरूप २० लाख चिनियाँ युयान बराबरका विभिन्न उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

Source:Gorkhapatra
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.