Daily Archives: 28/07/2010

कुवेतबाट १४ जना महिला कामदार दूतावासको सहयोगमा नेपाल फिर्ता


जय आले, कुवेत

विविध कारणवश आफुले काम गर्ने घरबाट भाग्दै नेपाली राजदूतावास कुवेतमा बिगत २ महिना देखी शरण लिई बसेका नेपाली महिला कामदारहरुमध्ये १४ जनालाई आज बिहान गल्फ एयरको उडानबाट नेपाली राजदूतावास कुवेतले नेपाल फिर्ता पठाएको छ ।

गत चैत्र महिनादेखी नेपाली दूतावासले आधिकारिक तवरमा कार्य संचालन गरेपश्चात यसरी भाग्दै शरण लिन आएकामध्ये ११९ जनालाई दूतावासको सहयोगमा नेपाल फर्काई सकिएको दूतावासले आज जारी गरेको प्रेस बिज्ञप्तीमा जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विमान दुर्घटनामा १ सय ५२ वेपत्ता


Air Blue Flightइस्लामावाद, श्रावण १२ – कराचीबाट इस्लामावादतर्फ जादै गरेको एयर ब्लू कम्पनीको विमान बुधबार दुर्घटना हुदा चालक दलका ६ सदस्य सहित १ सय ५२ जना वेपत्ता भएका छन् ।

उक्त विमान मारगाला पहाडमा दुर्घटनाग्रस्त भएको हो । खराब मौसमका कारण विमान पहाडमा ठोक्किएको एजेन्सीहरुले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दृष्टिविहीन खेलाडीलाई राष्ट्रिय खेलाडीको मान्यता


नेपाल नेत्रहीन क्रिकेट सङ्घले नेपालका १२ जना दृष्टिविहीन क्रिकेट खेलाडीलाई आज राष्ट्रिय खेलाडीको मान्यता दिइएको जनाएको छ । सङ्घका अध्यक्ष पवन घिमिरेले दृष्टिविहीन क्रिकेट खेलाडीले उक्त मान्यता क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेबापत राष्ट्रिय खेलकुद परिषद्को पहलमा भएको बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

इराकमा प्रतिबन्ध फुकुवाको तयारी


श्रम मन्त्रालयले इराकमा वैदेशिक रोजगारीमा जान लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयलाई ३० हजार नेपाली रोजगारीका लागि अवैध बाटोबाट इराक गएको जानकारी पठाएपछि ती कामदारको समेत हितलाई ध्यानमा राखेर प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

जापानका कुख्यात अपराधी नेपालमा पक्राउ


काठमाडौं, नेपाललाई लागू औषध तस्करहरुले सुनौलो भूमिका रुपमा प्रयोग गरिरहेको भन्ने समाचार बाहिर आइरहेकै बेला जापान सरकारले खोजीको सूचीमा राखेको जापानी नागरिक हिरोकाजु तामुरालाई लागू औषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ कार्यालयले लागूऔषध चरेशसहित विमानस्थलबाट पक्राउ गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल-चीनबीचको सुरक्षा व्यवस्था मजबुत बनाउन छलफल


काठमाडौँ, प्रधानमन्त्री माधवकुमार नेपालसँग चिनियाँ सार्वजनिक सुरक्षा उपमन्त्री चेन जिमिनको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ । सो भेटका अवसरमा दुई देशबीचको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सूचना आदानप्रदान गर्ने र अवाञ्छित गतिविधि नियन्त्रण गर्ने’bout कुराकानी भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्रीका दबाब छल्न सचिवहरू भाग्दै


काठमाडौ,  विकासे कार्यक्रम र बजेट धेरै भएका मन्त्रालयका सचिवहरू ‘हिँड्ने बेलामा’ निर्णय गराउन दबाब देलान् भन्ने डरले कामचलाउ सरकारका मन्त्रीहरूलाई छल्ने, बिदामा बस्ने, विदेश जाने तथा हाजिर गरेर हिँड्ने गरेका छन् ।

दोस्रो पटक प्रधानमन्त्रीको निर्वाचन सफल हुन नसकेपछि ऊर्जा सचिव शंकरप्रसाद कोइराला व्यक्तिगत कारण देखाउँदै आइतबारदेखि बिदामा बसे । स्रोतका अनुसार कोइराला सिँचाइ मन्त्रालयका सहसचिव महेन्द्र गुरुङसहितका कविहरूको टोलीलाई लिएर हङकङ, दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय कवि सम्मेलनमा गएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

खनालको उम्मेदवारी कायम गर्न सर्वोच्चमा रिट


काठमाडौं, नेकपा एमाले का अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिसकेर प्रधानमन्त्री माधवकुमार नेपालले पछि फिर्ता लिएको कार्य नियमावलीविपरीत भएको दाबी गरी कानुनव्यवसायीहरुले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्