श्रीलङ्कामा भारतको कमजोर प्रदर्शन जारी


कोलम्बो, थारङ्गा पारवितना र कुमार सङ्गकाराले लगातार दोस्रो टेस्टमा शतकीय पाली खेलेपछि श्रीलङ्काले सोमबार दोस्रो टेस्टको पहिलो दिन भारतलाई दबाबमा राखेको छ ।

पहिलो टेस्टमा शतक बनाउने यी बायाँहाते ब्याट्सम्यानद्वयले आज पनि भारतीय बलिङ आक्रमणलाई निरीह तुल्याउँदै दोस्रो विकेटका लागि १७४ रनको साझेदारी गरे । यी दुईको शानदार ब्याटिङको मद्दतले श्रीलङ्काले पहिलो दिनसम्ममा दुई विकेटको क्षतिमा ३१२ रन बनाएको छ ।

१२औँ टेस्ट खेलिरहेका २८ वषर्ीय पारवितनाले आप\mनो स्थानीय मैदानमा शतक प्रहार गरेपछि मात्र पभेलियन फर्के । कप्तान सङ्गकारा १३० रनमा अविजित छन् । उनको यो २३औँ शतकीय पाली हो । पारवितनाले स्पिनर प्रज्ञान ओझाको बलिङमा तीन रन लिई शतक छोएपछि अर्को ओभरमा वीरेन्द्र सहवागको बलिङमा चौका प्रहार गरी सङ्गकाराले आप\mनो

शतक पूरा गरे ।

यद्यपि पारवितना दस चौका प्रहार गरेपछि अर्को ओभरमा इशान्त शर्माको बलिङमा आउट भए । सङ्गकारासँग भोलि सुरुमा पूर्वकप्तान माहेला जयवर्धने क्रिजमा आउनेछन् । जयवर्धने १३ रनमा अविजित छन् । सङ्गकाराले टस जितेपछि ब्याटिङ गर्ने निर्णय लिएका थिए । भारतीय कप्तान महेन्द्रसिंह धोनीले टस हारेको यो लगातार सातौँपटक हो ।

श्रीलङ्काले पहिलो विकेटका लागि १८ ओभरमा ९९ रनको साझेदारी गरेपछि नै पहिलो टेस्टमा हार बेहोरेर पछाडि परेको भारतको मनोबल कम भएको थियो । प्रारम्भिक ब्याट्सम्यान डिल्सनले ४२ बलमा ५४ रनको विस्फोटक पाली खेले । उनी ओझाको बलिङमा वेङ्कटसाई लक्ष्मणद्वारा एक्स्ट्रा कभरमा क्याचआउट भए ।

डिल्सनले तेजबलर इशान्त शर्माको एक ओभरमा लगातार चार चौका र त्यसपछि अर्का तेजबलर अभिमन्यु मिथुनको एक ओभरमा तीन चौका प्रहार गरेका थिए । मिथुन र अफस्पिनर हरभजन सिंहले विकेट हासिल गर्न सकेनन् ।

तीन टेस्टको शृङ्खलामा श्रीलङ्का १-० ले अगाडि छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.